टेरामक्स खरिदका सवै प्रक्रिया यथास्थितिमा राख्न समितिको निर्देशन
नेपालबहस संवाददाता
पुस ११, २०८० बुधबार १५:४१:४५
११ पुस, काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) सम्बन्धी सम्पूर्ण प्रकृया हाललाई यथास्थितिमा राख्न निर्देशन दिएको छ । साथै समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई यसको छानविन गर्न निर्देशन दिएको छ ।
बुधबार बसेको लेखा समितिको बैठकले अध्ययन प्रस्तावका लागि नीतिगत निर्णय गरेको नदेखिएको र मूल सम्झौता समितिलाई प्राप्त नभएको निश्कर्ष निकाल्दै यस्तो निर्देशन दिएको हो । लेखा समितिका सभापति ऋषिकेश पोखरेलले नेपाल दूरसञ्चार प्राधिकरणलाई टेरामक्सको सम्पूर्ण प्रकृया हाललाई यथास्थितिमा राख्न निर्देशन दिइएको बताए ।
समितिले टेरामक्स प्रणाली खरिद प्रक्रियाबारे अनुसन्धान गर्न अख्तियार निर्देशन दिदै यसमा भएको प्रगतिबारे हरेक ३० दिनमा समितिलाई जानकारी गराउन भनेको छ । प्रणाली खरिदमा हालसम्म भएका कामको सुक्ष्म विश्लेषण गरी अनुसन्धान गर्न अख्तियारलाई निर्देशन दिएको हो ।
हरेक ३० दिनमा प्रगति विवरण बुझाउन र अधिकारको दुरुपयोग भएको देखिएमा सम्बन्धितलाई कानुन बमोजिम अभियोजन प्रक्रियामा लैजान अख्तियारलाई निर्देशन दिएको सभापति ऋषिकेश पोखरेलले जानकारी दिए ।
छलफलमा सांसदहरुले टेरामक्सबाट मुलुकलाई के फाइदा पुग्छ भन्ने प्रश्न गरेका थिए । सांसद राजेन्द्र केसीले टेरामक्स खरिदका लागि लेबलानको कम्पनीसँग सम्झौता किन भयो र त्यसका लागि रातारात अर्बौंका कागजात कसरी बने भनेर प्रश्न गरेका हुन् ।
१५÷१६ अर्बमा किन्न सकिने टेरामक्स किन महँगो भयो ? यो खरिद अपारदर्शी छ । कति सामान आयो ? राष्ट्र बैंकले पैसा गएको छैन भनेको छ ? कहाँबाट गयो ? फ्याक्टमा कुरा गरौँ । के के सामान आयो, कहाँ छ त्यो सामान ?,” लेखा समितिको बैठकमा उनले भने, “५० लाखको ल्यापटप आयो भनिएको छ, एक पटक हेर्न पाउँ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रपति पौडेलद्वारा इरानका राष्ट्रपति रायसीको निधनप्रति दुख व्यक्त
जेठ ७, २०८१ सोमबार
सडक आन्दोलनबारे निर्णय गर्न कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
जेठ ७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
देशभर १४ प्रतिशत स्वास्थ्य उपकरण जडान भएनन्
जेठ ७, २०८१ सोमबार
भारतको छत्तीसगढमा सडक दुर्घटना हुँदा १८ जनाको मृत्यु
जेठ ७, २०८१ सोमबार
मनास्लु क्षेत्रमा दुई करोड ५० लाख राजस्व सङ्कलन
जेठ ७, २०८१ सोमबार
बागमती प्रदेश सभा बैठक : विनियोजित बजेटको सिद्धान्तमाथि छलफल
जेठ ७, २०८१ सोमबार
राष्ट्रपति पौडेलद्वारा इरानका राष्ट्रपति रायसीको निधनप्रति दुख व्यक्त
जेठ ७, २०८१ सोमबार