डीएसपी केसीलाई छुटाउन योजनाबद्ध बयान फेर्ने साक्षी विरुद्ध मुद्धा
नेपालबहस संवाददाता
पुस १२, २०८० बिहिबार १०:५३:२१
१२ पुस, काठमाडौं । इलाका प्रहरी कार्यालय बुटवलका तत्कालीन प्रमुख डीएसपी ठगबहादुर केसीलाई जोगाउन खोज्नलाई अदालतमा मुद्धा दायर गरिएको छ । उनलाई उन्मुक्ति दिने योजना अनुसार मिसिलमा बयान फेर्ने र अर्को बयान गर्न गराएको आरोपमा सरकारी साक्षीलाई मुद्धा दायर गरिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उल्टो बकपत्र गराएको आरोपमा बुटवल उपमहानरपालिका–४ लक्ष्मीपुरका खिलेन्द्र सिंह जिसीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको हो । डीएसपी केसीको भ्रष्टाचार प्रकरणमा सरकारी साक्षीको रुपमा पेस गरिएका जिसीले ठगबहादुरलाई उन्मुक्ति दिने गरी उल्टो बकपत्र दिइएकाले मुद्दा चलाइएको अख्तियारका
प्रवक्ता नरहरि घिमिरेले बताएका छन् ।
जिसीले अनुसन्धान अधिकृत समक्ष गरेको कागज प्रतिकूल हुने गरी बकपत्र गरेको भन्ने उजुरी परेपछि अनुसन्धान अघि बढाइएको थियो । जसक्रममा विशेष अदालतमा बकपत्र गर्ने बेला जिसीले डीएसपी केसीकै पक्षमा बकपत्र गरेको पाइएको थियो । त्यसपछि उनी विरुद्ध मुद्दा चलाइएको अख्तियारले जनाएको छ । उनलाई डीएसपी केसीकै १८ लाख घुस प्रकरणमा प्रतिवादी बनाउँदै मुद्दा दायर गरिएको छ ।
घुस प्रकरणमा विशेष अदालतमा मुद्दा दायर भएका डीएसपीलाई भने सेवाबाट बर्खास्त गरिसकिएको छ । इलाका प्रहरी कार्यालय बुटवलका तत्कालीन प्रमुख, केसीलाई ३५ तोला सुन, नगद र चेक गरी २५ लाख रुपैयाँसहित पक्राउ परेका निलम्बन गरिएको थियो । व्यवसायीको सुन नै कब्जा गरेपछि केसीलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले पक्राउ गरेको थियो ।
केसीले बुटवलका सुन व्यवसायीबाट ३५ तोला सुन फिर्ता गर्ने सर्तमा ८ लाख ५० हजार रुपैयाँ घुस लिएको र सुनसमेत फिर्ता नगरेको प्रहरी प्रधान कार्यालयको छानबिन टोलीले ठहर गरेको थियो । उनको छानबिनका लागि प्रहरी वरिष्ठ उपरीक्षक चन्द्रकुवेर खापुङको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको थियो । शक्तिको आडमा बुटवलमा गलत धन्दा चलाइरहेको आरोप लाग्दै आएका केसी बुटवलबाट कास्की सरुवा भएका थिए । रमाना लिएर कास्की जानुभन्दा एक दिनअघि उनी सुन र नगद रकमसहित पक्राउ परेका हुन् । पक्राउ परेलगत्तै उनी निलम्बनमा परेका थिए ।
बुटवलका सुन व्यवसायी किसन विकबाट मंसिर २५ गते बरामद गरेको सुन उनले अनुसन्धान प्रक्रिया अघि नबढाई र माथिल्लो निकायलाई समेत जानकारी नदिई पुस ११ गतेसम्म निवासमै राखेर व्यवसायीसँग बार्गेनिङ गरेका थिए । डीएसपी केसी तनहुँबाट बुटवल आएदेखि नै व्यवसायीलाई तर्साउने र रकम असुली गर्ने धन्दामा लागेको व्यवसायीहरूले गुनासो गर्ने गरेका थिए । उनले पूर्वगृहमन्त्री बालकृष्ण खाणको नाममा व्यवसायीलाई धम्क्याउने र रकम असुली गर्ने गरेको पनि आरोप थियो ।
उनले घुमुवा बाबुराम घिमिरे र विजय शाहीलाई प्रयोग गरेर रकम असुल्ने गरेको भन्दै सार्वजनिक रुपमै आलोचना हुने गरेको थियो । केसीलाई भैरहवाको बुद्ध कुरियर एण्ड कार्गो सर्भिसबाट ३ लाख रकम असुलीको आरोप पनि लागेको थियो । तिलोत्तमा नगरपालिका–२ जानकीनगरस्थित अवैध कलसेन्टरमा छापा मारेर १ सय ५० भन्दा बढी कर्मचारी पक्राउ गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआफूखुसी गैर हाजिर भएका १९ प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह
जेठ ११, २०८१ शुक्रबार
नेत्रज्योति संघद्वारा ट्राफिक प्रहरीलाई ‘सन ग्लास’ हस्तान्तरण
जेठ ९, २०८१ बुधबार
सिरोहियालाई समाउन कान्तिपुर पब्लिकेसन्समा पुग्यो प्रहरी
जेठ ८, २०८१ मंगलबार
भारतीय मूलका विनोद चौधरीका कर्तुत खोजिँदै, कसरी छिरे नेपाल ?
नेपालबहस संवाददाता
जेठ ११, २०८१ शुक्रबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार
भारतीय कारखानामा विस्फोट : मृत्यु हुनेको संख्या ११ पुग्यो
नेपालबहस संवाददाता
जेठ ११, २०८१ शुक्रबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
जेठ १३, २०८१ आइतबार
अस्पतालमा आगलागी हुँदा सात नवजात शिशुको मृत्यु
जेठ १३, २०८१ आइतबार
नारायणगढ–मुग्लिन सडकमा पहिरो खस्दा डोजर चालकको मृत्यु
जेठ १३, २०८१ आइतबार
नारायणगढ–मुग्लिन सडक : चार सवारी साधन एकापसमा ठोक्किदा १ जनाको मृत्यु, २२ घाइते
जेठ १४, २०८१ सोमबार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
जेठ १४, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १४, २०८१ सोमबार
कोलकाताले जित्यो आईपीएलको उपाधि
जेठ १४, २०८१ सोमबार
सुक्खा पहिरोले आरुघाट–लार्के सडक अवरुद्ध
जेठ १३, २०८१ आइतबार
अत्यधिक गर्मी बढेपछि तीन दिन विद्यालय बन्द
जेठ १३, २०८१ आइतबार