रामजानकी शान्ति बृद्धाश्रम सुनसरीको २५ औँ स्थापना दिवस सम्पन्न
नेपालबहस संवाददाता
पुस १५, २०८० आइतबार ११:३६:२२
१५ पुस, इटहरी । रामजानकी शान्ति बृद्धाश्रम पकली सुनसरी को २५ औँ स्थापना दिवस सम्पन्न भएको छ । संस्थाको २५ औ स्थापना दिवसका अवसरमा आश्रमलाई नेपाली राजनीतिका शिखर पुरुष गिरिजाप्रसाद कोइरालाको १३ स्मृती दिवस गत बर्ष २०७९ साल चैत्र ७ गते र यसवर्ष २०८० साल असार १८ गते १०० औ जन्मजयन्तीका अवसरमा खाद्यान्न तथा नगद सहित सहयोग गरिएको गिरिजाप्रसाद कोइराला फाउन्डेसन सुनसरीका जिल्ला संयोजक समेत रहेका नेपाली कांग्रेस कोशी प्रदेश समिति सदस्य केशव भट्टराईले नेपालवहशलाई बताएका छन् ।
उक्त अवसरमा नेपाली राजनीतिका शिखर पुरुष गिरिजाप्रसाद कोइरालाको शतबार्षिकी मनाउने क्रममा जीपी फाउन्डेसनले सुनसरीको पकली स्थित शान्ति बृद्धाश्रममा पुगेर स्वास्थ सिबिर सञ्चालन गर्नुका साथै बृक्षारोपण कार्यक्रम समेत गरेको भट्टराईले बताएका छन् ।
गिरिजाप्रसाद कोइराला फाउन्डेसनले आश्रममै आएर गरेको यसप्रकारको सहयोगले हामीलाई थप हौसला र जिम्मेवार बन्न हौसला प्रदान गरेको रामजानकी शान्ति बृद्ध आस्रमका अध्यक्ष श्री ठगेन्द्र प्रसाद आचार्यले बताएका छन् । आचार्यले देशले गिरिजाबाबुको त्याग, संघर्ष र समर्पणबाट धेरै कुरा सिक्न बाँकी रहेको समेत बताएका छन् ।
उक्त अवसरमा आश्रमका संरक्षक श्री बिद्या प्रसाद आचार्यज्युको हातबाट गिरिजाप्रसाद कोइराला फाउन्डेसन सुनसरी जिल्ला शाखालाई प्रसंशापत्र समेत प्रदान गरिएको फाउन्डेसनका सुनसरी जिल्ला संयोजक केशव भट्टराईले नेपालवहशलाई बताएका हुन ।
कार्यक्रममा प्रतिष्ठानको सह्रानिय कार्यप्रति फाउन्डेसनका सुनसरी जिल्ला संयोजक केशव भट्टराईले शान्ति बृद्धाश्रम पकली सुनसरीलाई धन्यवाद प्रदान गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउदयपुरको रौतामा आगलागी हुँदा ५० लाख बराबरको क्षति
बैशाख १४, २०८१ शुक्रबार
आज प्रचार प्रसारको अन्तिम दिन, इलाममा कांग्रेसको ४२ वटै वडामा घरदैलो
बैशाख १२, २०८१ बुधबार
बझाङको मतगणना १ बजेदेखि जिल्ला अदालत चैनपुरमा शुरु हुने
बैशाख १६, २०८१ आइतबार
इलाम: कांग्रेस, १६४३, एमाले १६०१, स्वतन्त्र ४३७ र रास्वपाः ३०५ मत
बैशाख १६, २०८१ आइतबार
ग्लोबल आइएमई बैंकको ग्लोबल ग्रीन आवास कर्जा, ८.९९ प्रतिशत स्थिर ब्याज दर
बैशाख १७, २०८१ सोमबार
पिपुल्स पावरको साधारणसभा आज, मुख्य एजेण्डा के हो ?
बैशाख १७, २०८१ सोमबार
नेपाल-चीन आर्थिक तथा व्यापार मेला सुरु (फोटोफिचर)
बैशाख १७, २०८१ सोमबार
सुनको मूल्य चार सयले घट्यो, प्रतितोला कति ?
बैशाख १७, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से १० अंकले बढ्यो
बैशाख १७, २०८१ सोमबार
सेनाको प्राविधिक सहयोगमा किन्ताङफेदीमा बेली ब्रिज निर्माण
बैशाख १७, २०८१ सोमबार