ललितपुर परिसर प्रमुखमा आचार्य कि भट्ट ?
नेपालबहस संवाददाता
पुस १५, २०८० आइतबार २२:३५:४३
१५ पुस, काठमाडौं । ललितपुरको बालकुमारीमा भएको घटनामा ललितपुर प्रहरी प्रमुख तानिएपछि त्यहाँ दुई एसएसपीको चर्चा सुरु भएको छ । केन्द्रीय अनुसन्धान ब्यूरोमा रहेका एसएसपी दिनेश आचार्य र ट्राफिक महाशाखामा रहेका राजेन्द्र भट्ट मध्ये एकलाई पठाउने गरी चर्चा भएको हो ।
कुनै शक्तिकेन्द्रले दबाब नदिएमा प्रहरी प्रधान कार्यालयले उनीहरू मध्ये एकलाई पठाउने तयारी गरेको स्रोतको दावी छ । उता एसपी हुँदै चितवन र गोर्खा दुवै जिल्लाको काण्ड गरिसकेका र शक्तिको आडमा रमाउन चाहने ओम अधिकारीले पनि ललितपुर परिसर ताकेका छन् ।
एसएसपी भैसकेपछि कही कतै इन्चार्ज नपाएका आचार्य र भट्टको संभावना रहेको स्रोतले जनाएको छ । भट्ट अहिले ट्राफिक महाशाखामा प्रवक्ताको रुपमा रहेका छन् भने आचार्य पनि सीआईबीमा एसएसपीका रुपमा कार्यरत रहेका छन् । ‘सिनियर प्रहरी अधिकृत उहाँहरू नै भएकाले प्रहरी महानिरीक्षकको रुची पनि उहाँहरू मध्ये एकलाई परिसरको प्रमुख बनाएर पठाउने रहेको छ’, प्रहरी प्रधान कार्यालय स्रोतले भन्यो । ललितपुरको बालकुमारीमा शुक्रबार प्रहरीको ‘घातक’ बल प्रयोगबाट वैदेशिक रोजगारीमा जान चाहने दुई जना युवकले ज्यान गुमाएपछि त्यहाँका प्रमुख एसएसपी सिद्धिविक्रम शाहलाई प्रधान कार्यालय तानिएको थियो । उनी एक वर्षअघि ललितपुर परिसरको कमाण्ड गर्न पुगेका थिए ।
उनको सरुवा अवधि पनि पुगेकाले प्रधान कार्यालयले तानेको हो । ललितपुरमा सुरक्षाकर्मीले हानेको गोली अछामका वीरेन्द्र शाहको पेटमा लागेको थियो । शाहको शव अहिले पाटन अस्पतालमा छ । शाहलाई प्रहरीले प्रहार गरेको सेल्फ लोडिङ्ग राइफल (एसएलआर) को गोली लागेको पुष्टि भएको छ । दैलेख घर भएका सुजन रावतको छातीमा नीलडाम भेटिएको छ । सुजनलाई गोली नलागेको तर, भागदौडमा मृत्यु भएको हुनसक्ने सुरक्षा अधिकारीहरू बताएका छन् ।
पुस १३ मा रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरियामा काम गर्न जान खोज्नेहरू बिहान ७ बजे नै ग्वार्को स्थित ईपीएस कोरिया शाखामा जम्मा भएका थिए । पानीजहाज निर्माण गर्ने कम्पनीका लागि दिएको परीक्षामा असफल भएकाहरूले उत्पादन मूलक क्षेत्रमा पनि फारम भर्न पाउनुपर्ने माग गरेका थिए । त्यस क्रममा झडप हुँदा त्यहाँको परिस्थिति सुरक्षाकर्मीहरूको नियन्त्रणभन्दा बाहिर गएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपट्राफिकको यान्त्रिक चेकिङमा ५३ जना चालकमाथि कारबाही
जेठ २, २०८१ बुधबार
अबैध मकै, गहुँ र चिनी सहितको ट्रक नियन्त्रणमा
जेठ २, २०८१ बुधबार
अनलाइन सट्टेबाजीमा २ अर्बमाथि अवैध कारोबार गरेको आरोपमा काभ्रेका मदन ढुंगाना पक्राउ
बैशाख ३१, २०८१ सोमबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
जेठ २, २०८१ बुधबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार
हृदयाघातबाट दैनिक १० हजार युरोपेलीको मृत्यु
जेठ २, २०८१ बुधबार
लाङटाङ हिमाल पदमार्गमा सरसफाइ गरिने
जेठ २, २०८१ बुधबार
टेबल टेनिस खेलाडी स्यान्टु पेरिस ओलम्पिकमा छनोट
जेठ २, २०८१ बुधबार
दुबई र कुवेतमा कार्यालय खोलेर नेपालबाट मानव तस्करी
जेठ २, २०८१ बुधबार
ट्राफिकको यान्त्रिक चेकिङमा ५३ जना चालकमाथि कारबाही
जेठ २, २०८१ बुधबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार