स्रोत नखुलेको २१ लाख ५७ हजारसहित एक जना पक्राउ
नेपालबहस संवाददाता
पुस १९, २०८० बिहिबार १२:९:४७
१९ पुस, विराटनगर । सशस्त्र प्रहरीको टोलीले सुनसरीमा स्रोत नखुलेको २१ लाख ५७ हजार नगदसहित एक जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरीले नगदसहित भोक्राहानरसिंह गाउँपालिका ६ बाट एक जनालाई पक्राउ गरेको हो ।
सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट लौकहीबाट खटिएको टोलीले कोशी गाउँपलिका–३ का २७ वर्षीय वीरेन्द्रकुमार राउतलाई पक्राउ गरेको हो । राउतको साथबाट स्रोत नखुलेको उक्त रकम बरामद भएको सशस्त्र प्रहरी बल कोशी प्रदेशका प्रवक्ता एसएसपी रविनराज कर्णजीतले जानकारी दिए ।
पूर्व–पश्चिम राजमार्ग हुँदै प्रदेश १–०२–०५३ प १९५६ नम्बरको मोटरमाइकलमा इनरुवातर्फ गइरहेका बेला राउतलाई खानतलासी गर्दा अवैध रकम बरामद भएको प्रहरीले बताएको छ । साथबाट बरामद भएको रकमको स्रोत खुलाउन नसकेपछि उनलाई पक्राउ कर्णजीतले जानकारी दिए ।
सशस्त्रले बरामद भएको रकम र मोटरसाइकलसहित राउतलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएको छ । राउतको साथबाट एक हजार दरका नौ सय चार, पाँच सय दरका दुई हजार पाँच सय चार, एक सय दरका १९, पाँच, २० र १० दरका एक÷एक थान नेपाली नोट बरामद भएको प्रहरीले बताएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउदयपुरको रौतामा आगलागी हुँदा ५० लाख बराबरको क्षति
बैशाख १४, २०८१ शुक्रबार
आज प्रचार प्रसारको अन्तिम दिन, इलाममा कांग्रेसको ४२ वटै वडामा घरदैलो
बैशाख १२, २०८१ बुधबार
इलाम-२ मा मतगणनाको तयारी, सर्वदलीय बैठक बस्दै
बैशाख १६, २०८१ आइतबार
बझाङको मतगणना १ बजेदेखि जिल्ला अदालत चैनपुरमा शुरु हुने
बैशाख १६, २०८१ आइतबार
जुगल गाउँपालिका-७ का वडाध्यक्ष पक्राउ
बैशाख १६, २०८१ आइतबार
लगानी सम्मेलन : पहिलो दिन १४ सयभन्दा बढी सहभागी, दुई सम्झौता सम्पन्न
बैशाख १६, २०८१ आइतबार
बझाङमा एमालेका भण्डारी लाई ६७७ मतको अग्रता (अपडेट)
बैशाख १६, २०८१ आइतबार
रिग्मो गाउँ
बैशाख १६, २०८१ आइतबार
मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा
बैशाख १६, २०८१ आइतबार
आज राति देशका केही स्थानमा हावाहुरीको सम्भावना
बैशाख १६, २०८१ आइतबार