कर्णालीमा परम्परागत बालीको बजारीकरण गरिँदै
नेपालबहस संवाददाता
पुस १९, २०८० बिहिबार २३:४:३५
१९ पुस, जुम्ला । सदरमुकाम खलङ्गा बजारमा मुख्य कार्यालय रहेको चन्दनाथ सहकारीद्धारा सञ्चालित चन्दनाथ अर्गानिक मिनिमार्केटले कर्णालीमा उत्पादन हुने परम्परागत बालीको बजारीकरण गर्दै आएको छ ।
जुम्लासहित मुगु, डोल्पा, हुम्ला, कालिकोटमा उत्पादन हुने परम्परागत बाली सिमि, फापर, मार्सी चामल, चिनो, कागुनो, स्याउको अर्गानिक मिनिमार्केट मार्फत बजारीकरण गरी बिक्री गरिँदै आएको चन्दननाथ अर्गानिक मिनिमार्केटका सञ्चालक ऋषिराम पाण्डेले जानकारी दिए । कर्णाली प्रदेशको सुर्खेतमा मिनिमार्केट सञ्चालन गरेर परम्परागत बालीको बजारीकरण गरिँदै आएको छ ।
सञ्चालक पाण्डेले भने, “कृषकको अर्गानिक उत्पादन खरिदसहित हरियो मल कम्पनीकै मुल्यमा बिक्री गरिँदै आएको छ, बजारमा प्रतिकिलो रु एक सयमा बिक्री हुने हरियो मल सहकारीले रु ६५ मा कम्पनीकै मुल्यमा बिक्री गरिँदै आएको छ ।” यो यायमा स्याउ काँटछाट, मलजल बगैँचा व्यवस्थापन गर्न सुरु भएकाले चितवनबाट ल्याएर हरियो मल बिक्री गरिँदै आएको मिनिमार्केटका सञ्चालक पाण्डेको भनाइ छ ।
सहकारीले कम्पनीकै मूल्यमा बिक्री गर्ने गरी १८ टन मल जुम्ला ल्याएको छ । जुम्लाका १४ सेवा केन्द्रमार्फत बिक्रीवितरण गर्दै आएको चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्थाले जनाएको छ । सहकारीले रु १५ लाख ६७ हजार सात सयमा खरिद गरी १८ टन बायो अल्गा हरियो मल ल्याएको हो ।
नेपालका बजारमा ठूलो मात्रामा बिक्री वितरण हुने मार्सी धान बलाष्ट रोगले नष्ट हुने र उत्पादन निकै घट्ने भएकाले सहकारीले माघमा माटो परीक्षण शिविर सञ्चालन गर्ने भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजिल्ला अस्पताल हुम्लामा औषधि अभाव, बिरामी खाली हात फर्किन बाध्य
जेठ ७, २०८१ सोमबार
रुडु बन्चु प्रचारप्रसार र संरक्षण अभावले ओझेलमा
जेठ ६, २०८१ आइतबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
नेपालबहस संवाददाता
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
विनोद त्रिपाठी
जेठ ८, २०८१ मंगलबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
सानिमा बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदै, वितरण योग्य नाफामा पहिरो
जेठ ८, २०८१ मंगलबार
प्रधानमन्त्रीसँग बिम्स्टेकका महासचिवको शिष्टाचार भेट
जेठ ८, २०८१ मंगलबार
कैलाश सिरोहियाको रिट दर्ता गर्ने वा नगर्ने भन्नेबारे भोलि निर्णय हुने
जेठ ८, २०८१ मंगलबार
समानीकरण अनुदान कटौती हुँदैन : प्रधानमन्त्री
जेठ ८, २०८१ मंगलबार
सेनाको पेट्रोल पम्पमा काम गर्ने कर्मचारीलाई 'अग्नि सुरक्षा सम्बन्धी' तालिम
जेठ ८, २०८१ मंगलबार