कालिमाटीमा कुन तरकारीको भाउ कति छ ?
नेपालबहस संवाददाता
पुस २२, २०८० आइतबार १०:५९:३३
२२ पुस, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबार लागि तरकारी तथा फलफुलको मूल्य सार्वजनिक गरेको छ ।
जसअनुसार हरियो अंगुरको न्यूनतम् मूल्य प्रतिकेजी २२० रूपैयाँ र कालो अंगुर ३२० रूपैयाँ, अनार र किवी ३०० रूपैयाँ, आभोकाडो २५० रूपैयाँ पर्दछ भने अमला ८० र अम्बा १०० रूपैयाँमा खरिदबिक्री भइरहेको छ ।
समितिका अनुसार नेपाली ठूलो गोलभेँडा ५० रूपैयाँ, लोकल सानो गोलभेँडा १० रूपैयाँ, अदुवा १५० रूपैयाँ, रातो आलु ३४ रूपैयाँ, रातो भारतीय आलु ३० रूपैयाँ रहेको छ भने स्थानीय काउली १५ रूपैयाँ, कागती १२० रूपैयाँ, सुकेको खुर्सानी ४८० रूपैयाँ, हरियो खुर्सानी ६० रूपैयाँ, अकबरे हरियो खुर्सानी ५०० रूपैयाँ प्रतिकेजी कायम भएको छ ।
यसैगरी, आइतबार लोकल गाजरको न्यूनतम् मूल्य प्रतिकेजी ४० रूपैयाँ, लोकल बन्दा ३० रूपैयाँ, लोकल सेतो मूला र रातो मूला १० रूपैयाँ रहेको छ भने लोकल घिउ सिमी ४० रूपैयाँ, राजमा घिउ सिमी ९० रूपैयाँ र हरियो फर्सी लाम्चो २० रूपैयाँ, डल्लो हरियो फर्सी ३० रूपैयाँमा खरिदबिक्री भइरहेको छ ।
यता, तोरीको साग ४० रूपैयाँ र रायो साग ३० रूपैयाँ छ भने चमसूर, पालूगो मेथीको साग ९० रूपैयाँमा खरिदबिक्री भइरहेको छ ।
तराई परवर ८० रूपैयाँ, गुन्द्रुक २५० रूपैयाँ, भारतीय सुकेको प्याज ८५ रूपैयाँ, चाइनिज प्याज ६० रूपैयाँ, हरियो प्याज ९० रूपैयाँ, पुदीना २२० रूपैयाँ केजी कायम गरिएको छ । ब्रोकाउली ४० रूपैयाँ, चाइनिज सुकेको लसुन २५० रूपैयाँ छ भने हरियो लसुन १०० र नेपाली सुकेको लसुन २६० रूपैयाँ पर्दछ ।
डल्ले भान्टा ४० रुपैयाँ र हरियो धनिया ११० रुपैयाँ पाइने समितले जनाएको छ ।
यसैगरी, ताजा छडी माछा २४० रुपैयाँ र बचुवा माछा २६० रुपैयाँ प्रतिकेजी पाइन्छ भने रहु माछा ३६० रुपैयाँ र मंगुरी माछा ३०० रुपैयाँमा किनबेच भइरहेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज कुन तरकारी तथा फलफूलको मूल्य कति ?
चैत २८, २०८० बुधबार
नयाँ बर्षको योजनामा बेनेली बाइक शून्य प्रतिशत ब्याजदरमा पाइने, १ लाख सम्मको छुट
चैत ८, २०८० बिहिबार
सेरेसको नयाँ स्टेट द अफ आर्ट शोरुम नक्सालमा खुल्यो
फागुन २७, २०८० आइतबार
एसपीको ड्राइभर कि घुमुवा ?
नेपालबहस संवाददाता
बैशाख १७, २०८१ सोमबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंक वीरगञ्ज शाखाबाट रकम चोरी गरेको आरोपमा चार जना पक्राउ
बैशाख १८, २०८१ मंगलबार
रौतहटमा अत्यधिक गर्मीले खोला नाला सुके, पानी नपाएर मर्न थाले जनावर !
बैशाख १९, २०८१ बुधबार
मनीषा कोइराला, भन्छिन् 'एउटा असल जीवनसाथीको चाहाना छ’
बैशाख १९, २०८१ बुधबार
आज सेयर बजार सँगै बैंक–वित्तीय संस्था पनि बन्द
बैशाख १९, २०८१ बुधबार
कालिमाटी तरकारी तथा फलफुल, गुन्द्रुक प्रतिकेजी २५० रुपैयाँ
बैशाख १९, २०८१ बुधबार
ललितपुरमा डढेलो निभाउँदा घाइते भएका थप एक जनाको मृत्यु, आगो अझै नियन्त्रणबाहिर
बैशाख १९, २०८१ बुधबार