२७ पुसमा पर्खि बसें तिमीलाई, पत्रकार सम्मेलनमा कसले के भने ?
नेपालबहस संवाददाता
पुस २२, २०८० आइतबार १२:४:२५
२२ पुस, काठमाडौं । निर्देशक दीपक श्रेष्ठले आफ्नो २७ औँ निर्देशकीय फिल्म ‘पर्खि बसें तिमीलाई’ यही आउँदो पुस २७ गते प्रदर्शन हुँदै छ । माघेसंक्रान्ति लक्षित गर्दै प्रदर्शन गरिने फिल्ममार्फत अभिनेता किरण श्रेष्ठ र अभिनेत्री रक्षा बुढाथोकीले पहिलोपटक मुख्य भूमिका निर्वाह गर्दैछन् । शनिबार साँझ आयोजित पत्रकारसम्मेलनमा निर्देशक श्रेष्ठ, अभिनेता श्रेष्ठ र अभिनेत्री बुढाथोकीसँगै निर्माता राजाराम बुढाथोकी, सङ्गीतकार महेश खड्का, गीतकार डाक्टर कृष्णहरी बराल, गायक प्रमोद खरेल, वितरक करण श्रेष्ठ लगायत उपस्थित थिए ।
उक्त अवसरमा फिल्मको विषयमा जानकारी गराउनुका साथै निर्देशक श्रेष्ठले २७ औँ फिल्म निर्देशन गर्दासम्मको अनुभव सुनाएका थिए । अभिनेता श्रेष्ठ पनि मण्डला नाटकघर हुँदै फिल्मसम्मको यात्राको अनुभव साटे । उनले सातवर्षमा तेह्र नाटकमा अभिनय गरिसकेका छन् ।
यसै फिल्ममार्फत मुख्य अभिनेत्रीको रुपमा देखा पर्दै गरेकी अभिनेत्री बुढाथोकीले पनि फिल्म यात्राको अनुभव साटिन् । बाल्यकालदेखि नै फिल्मप्रतिको लगावलाई उनले मूर्तरुप दिएकोमा खुसी व्यक्त गरिन् । निर्माता बुढाथोकीले फिल्म निर्माणमा आउनुको कारण बताए । उनले व्यावसायिक रुपमै अगाडि बढ्ने योजना साट्दै निर्माणलाई निरन्तरता दिने जनाए ।
रोमन फिल्म र तपश्री फिल्म्स (सिक्किम) को संयुक्त ब्यानरमा निर्माण गरिएको फिल्ममा शिव श्रेष्ठ, विल्सन विक्रम राई, सुनिता श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन् । यसमा राजाराम बुढाथोकीको निर्माण, कोमल गुरुङको सह निर्माण, परिच्छेद सेन, मौनता श्रेष्ठ र पुरुषोत्तम ढुंगेलको लेखन, संकल्प भुजेलको छायांकन, शम्भुजित बाँस्कोटा, दीपक शर्मा, महेश खड्का र बाबुल गिरीको सङ्गीत, भुपेन्द्र अधिकारीको सम्पादन, मनोरञ्जन श्रेष्ठको कलर करेक्सन, रामजी लामिछाने र निशा रसाइलीको नृत्य निर्देशन रहेको छ ।
यसको छायांकन नेपालसँगै सिक्किमको रमणीय दृश्यमा गरिएको छ । फिल्म काठमाडौँ उपत्यकामा करण श्रेष्ठले रीच इन्टरटेनमेन्ट मार्फत र मोफसलमा एफडी कम्पनिले प्रदर्शनका लागि वितरण गर्नेछ । यसमा लोकप्रिय गीत ‘कालो चस्मा लाउ है मैया’ रीमेक गरिएको छ । फिल्म ‘बादलपारी’ मा समावेश लोकप्रिय गीतको रीमेकमा सुरेन्द्र राणाकै शब्द र शम्भुजित बाँस्कोटाको सङ्गीत रहेको छ । गीतलाई गायक प्रमोद खरेल र गायिका मिलन नेवारले गाएका छन् ।
दीपक श्रेष्ठ, निर्देशक : मैले अघिल्ला फिल्ममा झैँ नयाँलाई अवसर दिएको छु । उहाँहरू नाममा नयाँ भएता पनि काम पुरानाले झैँ गर्नुभएको छ । तीन दशकको फिल्म यात्राको अनुभवले पनि म किरण र रक्षाको भविष्य उज्वल छ भन्न सक्छु । तर, यहाँ काम नहेरी नै निर्णय सुनाइन्छ । जो पनि नयाँ बाटै पुरानो हुन्छन् । तर, नयाँलाई लिएर फिल्म बनाउँदा बटुलेको अनुभव सुखद् छैन ।
हलमा फिल्म चल्ने वा नचल्ने टुङ्गो नहुने, मिडियाले पनि उचित स्थान नदिने लगायतका धेरै समस्याको सामना गर्दै यहाँसम्म आएका छौँ । नयाँलाई अवसर दिँदैनन् भनिन्छ, अवसर दिँदा चलचित्र भवनदेखि विभिन्न स्थानमा सङ्घर्ष गर्नुपर्ने हुन्छ । यही शैलीले नयाँलाई यस क्षेत्रमा आउन निकै गाह्रो हुने महसुस गरेको छु ।
किरण श्रेष्ठ,अभिनेता : मण्डलामा सातवर्षदेखि जोडिएको छु भने तेह्र बढी नाटकमा अभिनय गरेको छु । फिल्ममा डेब्यु गर्ने अवसर पहिले पनि नपाएको होइन, तर एउटा अनुभवी टिमसँग काम गर्ने रहर थियो । त्यहीँ अनुरुप मैले यो टिम रोजेर काम गरेको हुँ । मैले के कस्तो गरे भन्ने त फिल्म प्रदर्शन पश्चात् नै थाहा हुनेछ ।
यद्यपि नयाँलाई दिने पर्ने हौसलामा भने कमी छ, जस्तो लागेको छ । मैले पाएको भूमिकालाई जीवन्त बनाउन कुनै कसर बाँकी राखेको छैन । म यसमा पठाओ चालकको भूमिकामा छु । त्यही क्रममा एक दिन आभा अर्थात् रक्षासँग भेट हुन्छ । त्यही भेटघाटले महसुस गराउने प्रेम र त्यसमा आउने उतारचढावमा फिल्म केन्द्रित छ । सुन्दा नयाँ नलाग्न सक्छ, तर हेर्नुभयो भने एउटा फरक कथा तपाइले पाउनु हुनेछ । यो मेरो पुस्ताले प्रेम बुझ्न र अग्रजले आफ्नो सन्तान बुझ्न हेर्नु पर्ने फिल्म हो ।
रक्षा बुढाथोकी, अभिनेत्री स् मेरो अभिनयका हिसाबले दोस्रो भएता पनि मुख्य भूमिका निर्वाह गरेको पहिलो फिल्म हो । बाल्यकालदेखि नै गीतमा नृत्य गर्ने, अभिनयको अभ्यास गर्ने गर्थे । तर, स्कुल जीवन सकिएपछि यसमा नै भविष्य बनाउने निर्णय लिए । त्यहीँ अनुरूप सुरु गरेकी हुँ । मैले बाल्यकालदेखि नै फिल्म निर्देशकका रुपमा देखेको दीपक सरसँग काम गर्न पाउँदा उत्साहित छु । उहाँले कहिले नयाँ जस्तो गर्नुभएन र टिमको सहयोगले काम गर्न सहज भयो । यस क्षेत्र आफूलाई अगाडि बढाउन उहाँहरूबाट प्राप्त भएको सिकाइले मदत गर्नेछ । मैले फिल्ममा आफ्नै उमेर समूहकी युवतीको भूमिका निर्वाह गरेकी छु । सम्पन्न परिवारको सरल युवतीको भूमिका छ । जसले माया खोज्छे तर पाउदिन । आकाश अर्थात् किरणसँगको प्रेम नै फिल्मको कथासार हो । तर, त्यसमा आउने उतारचढावले हाम्रो पुस्तालाई मायाको बारेमा स्पष्ट बनाउँछ भन्नेमा विश्वस्त छु ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुजा शर्माको फिल्म दान्भी युट्युबमा रिलिज
कात्तिक १५, २०८१ बिहिबार
हरर कमेडी फिल्म 'फिरफिरे फिरिरी' को प्रदर्शन मिति हेरफेर
कात्तिक १५, २०८१ बिहिबार
अनमोल स्टारर फिल्म ‘जेरी अन टप’को बगलामुखी मन्दिरमा शुभ मुहूर्त
कात्तिक १२, २०८१ सोमबार
लामिछाने छुटाउन भित्रभित्रै हारगुहारः गृहमन्त्री लेखकसँग डीपीको भेटघाट
कुसुम सेञ्चुरी
कात्तिक १३, २०८१ मंगलबार
प्रहरीमा बढुवा सकसः आठ डीआईजीका लागि दर्जन प्रतिस्पर्धी
नेपालबहस संवाददाता
कात्तिक १३, २०८१ मंगलबार
एआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
म्याद सकिए पनि हिरासतमै वित्ने भो रविको तिहार, २० गते मात्र अदालत लगिने
कात्तिक १५, २०८१ बिहिबार
साम्बा भन्छिन्- यो हार बिर्सिन धेरै समय लाग्छ
कात्तिक १५, २०८१ बिहिबार
अर्जुन कपुर र मलाइकाकाे ब्रेकअप !
कात्तिक १५, २०८१ बिहिबार
सरकारले मुलुकमा आर्थिक समृद्धि ल्याएरै छोड्छ : प्रधानमन्त्री ओली
कात्तिक १५, २०८१ बिहिबार
ट्रम्पको चुनावी अभियानसँग सम्बन्धित मुद्दामा मस्क अदालतमा उपस्थित हुने
कात्तिक १५, २०८१ बिहिबार
जलवायुको असरबारे ध्यानाकर्षण गर्न कालापत्थरमा पत्रकार सम्मेलन
कात्तिक १५, २०८१ बिहिबार
आयल निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य
कात्तिक १५, २०८१ बिहिबार
माओवादी केन्द्र घरदैलो अभियानमा केन्द्रित छ : अध्यक्ष प्रचण्ड
कात्तिक १५, २०८१ बिहिबार
जन्मना साथ शिशुका थप चार परीक्षण गरिने
कात्तिक १५, २०८१ बिहिबार