गर्भावस्थाका तीन चरणमा ध्यान दिनुपर्ने कुराहरु
नेपालबहस संवाददाता
पुस २२, २०८० आइतबार १५:३९:५५
२२ पुस, काठमाडाैं । गर्भावस्था एक विशेष अवस्था हो । अझै भन्नु पर्दा गर्भावस्था जटिल अवस्था पनि हो । यो अवस्थामा आमाले आफ्नो स्वास्थ्यको पूर्ण सावधानी अपनाउन जरुरी हुन्छ । खानपान र आरामका साथै आफ्नो शरीरमा आउने विभिन्न परिवर्तनवारे पनि उत्तिकै ख्याल राख्नुपर्छ ।
पहिलो अवधि :
गर्भावस्थालाई खासगरी तीन चरणमा विभाजन गरिन्छ । गर्भ बसेको दिनदेखि १२ हप्तासम्मको अवधिलाई पहिलो चारणको अवस्था हो गर्भवती आमालाई यो अवधिमा निकै खतरा हुने गर्छ । यो अवधिमा गर्भ तुहिने सबैभन्दा बढी सम्भवाना हुन्छ । खासगरि भ्रुणमा समस्या भएमा, पोषण नपुगेको अवस्थामा, एनिमिया भएमा गर्भ तुहिने अत्याधिक खतर हुन्छ ।
यो अवधिमा बेलाबखत ‘स्पोट ब्लीडिङ’ हुन सक्छ । यो भनेको एक दुई थोपा रगत देखिनु हो । यो सामान्य रुपमा लिनुपर्छ । तर, तर, अलि बढी नै ब्लीडिङ हुन थाल्यो भने स्वास्थ्य परिक्षण गराइहाल्नुपर्छ । अर्को थाहा पाउनु पर्ने कुरा सामान्यतया गर्भ बसेको १० हप्तापछि वाकवाकी लाग्न शुरु हुन्छ । कसैलाई आवश्यकभन्दा बढी पनि वाकवाकी लाग्न सक्छ । यस्तो कि त पोषण तत्वको सन्तुलन नमिलेर हुन्छ की बढी हर्मोनको कारणले ।
यो समयमा भुल्न नहुने अर्को कुरा गर्भवती आमाले टिजी खोप र फोलिक एसिड लिनुपर्छ । कहिलेकाँही ‘हाइडाटिड मोल’ पनि हुन सक्छ । यो भनेको गर्भ नबस्ने, तर गर्भवतिको जस्तो लक्षण देखिनु हो । यस्तो अवस्थामा चिकित्सकको परामर्श लिनुपर्छ ।
दोस्रो अवधि :
यो अवधिमा आमाको शरिरमा रगतको मात्रा बढी हुने गर्छ । यो अवधिमा खासगरि प्लाज्मको मात्रा बढी हुने गर्छ । यो चरणमा एनिमियाको पनि डर हुन्छ । त्यसैले रगतको मात्रा जाँच गरिराख्नुपर्छ । यो अवधिमा अधिकलाई रक्तचाप बढ्ने समस्या हुन्छ । जुन आमा र बच्चा दुवैको लागि खतरा हो । उच्च रक्तचाप कतिसम्म खतरनाक छ भने कुल गर्भवती आमाको मृत्युमध्ये २१ प्रतिशतको ज्यान यसकै कारण जाने गरेको छ । त्यसैले समय–समयमा रक्तचाप जाँच गरी आवश्यक सजकता अपनाउनुपर्छ ।
१६ देखि २० हप्ताको अवधिबाट आमाले पेटमा बच्चा चलेको अनुभूति गर्न थाल्छ । यस्तो अवस्थामा पनि विशेष ख्याल राख्नुपर्छ । बच्चा कम वा बढी चल्यो भने जाँच गर्न जरुरी हुन्छ । यो अवधिमा दुई पटक अनिवार्य स्वास्थ्य जाँच गर्नुपर्छ । त्यस्तै, आइरन, क्याल्सीयम, जुको आषधी पनि लिनुपर्छ ।
तेस्रो अवधि :
गर्भावस्थाको तेस्रो चरणमा प्रवेश गर्दा शिशुको तौल अत्याधिक बढ्ने गर्छ । यो अवधिमा शिशु कुन पोजिशनमा छ जानकारी लिनुपर्छ ।
यो अवधिमा राती १० र दिउसो दुई घण्टा अनिवार्य आरामको जरुरी हुन्छ । गर्भवती भएको आठौ र नवौं महिनामा खोप लिनुपर्छ । यो अवधिमा साल र नालको पनि विकास हुन्छ । यसको विकासक्रमबारे पनि राम्रोसँग जानकारी हुनुपर्छ ।
यो अवस्थामा पेट दुख्ने समस्या हुन्छ । बढी पेट दुखेमा आमा र बच्चा दुवैको लागि खतरा हुन सक्छ । त्यस्तै, कतिपय गर्भवती महिलामा पानीको फोका फुटेर बग्न पनि सक्छ । गर्भवती भएको अन्तिम महिनामा जन्मको तयारी गर्नुपर्छ । यस्तो अवस्थामा कहाँ लगेर डेलिभरी गर्ने, रकम, सम्भावित जटिलता समाधानको लागि पूर्व तयारी राम्रोसँग गर्नुपर्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबढेको कोलेस्ट्रोल छिट्टै नियन्त्रणमा आउनेछ, आजबाटै गर्न थाल्नुहोस् ५ काम !
जेठ २०, २०८१ आइतबार
गर्मीमा किन एक्कासी कम हुन्छ रक्तचाप, जान्नुहोस
जेठ १६, २०८१ बुधबार
यस्ता छन् अल्सरका लक्ष्यणहरु, यसबाट बच्न के गर्ने ?
जेठ १२, २०८१ शनिबार
एसएसपी बढुवामा गृहमन्त्रीको सचिवालयले बार्गेनिङ गरेको गम्भीर आरोप
नेपालबहस संवाददाता
जेठ २०, २०८१ आइतबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
नेपालबहस संवाददाता
जेठ १८, २०८१ शुक्रबार
१४ वर्षदेखि धनुषामा असुली गर्दै अघोषित घुमुवा आजाद यादव
नेपालबहस संवाददाता
जेठ २०, २०८१ आइतबार
एसएसपी बढुवामा गृहमन्त्रीको सचिवालयले बार्गेनिङ गरेको गम्भीर आरोप
जेठ २०, २०८१ आइतबार
बढेको कोलेस्ट्रोल छिट्टै नियन्त्रणमा आउनेछ, आजबाटै गर्न थाल्नुहोस् ५ काम !
जेठ २०, २०८१ आइतबार
ग्लोबल आइएमई बैंक इन्फोसिस फिनाकल प्रोसेस इनोभेसन अवार्डद्वारा सम्मानित
जेठ २१, २०८१ सोमबार
‘पूर्ण बहादुरको सारङ्गी’ मा विजय र बुद्धि आबद्ध
जेठ २१, २०८१ सोमबार
टोयोटाको मुख्यालय अनुसन्धानका लागि निरीक्षण गरिने
जेठ २१, २०८१ सोमबार
मुस्ताङको लोमान्थाङ क्षेत्र
जेठ २१, २०८१ सोमबार
विपद् खोज तथा उद्धार अभ्यास
जेठ २१, २०८१ सोमबार
करण परियार: ईश्वरको वरदान पाएर गाउनकै लागि जन्मिएको अदभुत प्रतिभा
जेठ २१, २०८१ सोमबार