चिसोबाट प्रभावित विपन्न समुदायको पहिचान गर्न निर्देशन
नेपालबहस संवाददाता
पुस २३, २०८० सोमबार १३:१६:१३
चिसोबाट प्रभावित विपन्न समुदायको पहिचान गर्न निर्देशन
२३ पुस, काभ्रेपलाञ्चोक । दैनिक चिसो बढ्दै गएपछि जिल्ला विपद् व्यवस्थापन समिति काभ्रेपलाञ्चोकले चिसो 'शीतलहर तथा हिमपात'बाट प्रभावित हुनसक्ने समुदाय एवं बस्तीको पहिचान गर्न स्थानीय तहलाई निर्देशन दिएको छ ।
पहिचान भएका समुदाय एवं बस्तीमा रहेका व्यक्ति एवं परिवारमध्ये अति विपन्न, सङ्कटापन्न र चिसोबाट जोखिममा पर्नसक्ने परिवारको सदस्य सङ्ख्या तथा घरमूली भए नामसमेत यकिन गरी सात दिनभित्र समितिमा पठाउन स्थानीय तहमा अनुरोध गर्ने आइतबार धुलिखेलको बैठकले निर्णय गरेको हो ।
बैठकले स्थानीय आपत्कालीन कार्य सञ्चालन केन्द्र स्थापना गरी जिल्लास्थित आपत्कालीन कार्य सञ्चालन केन्द्रसँग सूचना–समन्वय गर्न स्थानीय तहमा अनुरोध गर्ने, सबै स्थानीय तहमा न्यूनतम राहत सामग्री तयारी अवस्थामा राख्ने, स्थानीय विपद् व्यवस्थापन कोषमा रहेको रकम मापदण्ड कार्यविधि तयार गरी व्यवस्थापन गर्ने र वितरित राहत विवरण जिल्ला विपद् व्यवस्थापन समितिमा जानकारी गराउने, विपद् व्यवस्थापनमा काम गर्ने सङ्घ–संस्थाले स्थानीय तहसँग समन्वय गरी कार्य गर्ने, गरेको कामको प्रगति विवरण जिल्ला विपद् व्यवस्थापन समितिमा पठाउने तथा २०८० साल माघ २ गते राष्ट्रिय भूकम्प दिवस विविध कार्यक्रम गरी मनाउन सबै स्थानीय तहहरुलाई अनुरोध गर्ने तथा जिल्लास्तरमा विपद् व्यवस्थापन समितिका सदस्य सम्मिलित विविध कार्यक्रम गरी मनाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिए ।
उनका अनुसार चिसोबाट प्रभावित हुनसक्ने समुदाय एवं बस्तीलाई आवश्यक पर्ने लत्ताकपडा तथा खाद्यान्नको व्यवस्थापनका लागि स्थानीय तहमा तत्तत्को पहिचान गर्न निर्देशन दिइएको हो । “चिसो बढिरहेको छ, ती समुदायमा कोषबाट चिसोबाट बच्न लत्ताकपडा सहयोग गर्न सकिने भएकाले सातदिन भित्रै बिवरण पठाउन आग्रह गरेका हौँ”, प्रजिअशर्माले भने । काभ्रेपलाञ्चोकमा छ नगरपालिका र सात गाउँपालिका छन् ।
जिल्ला विपद् व्यवस्थापन कोषमा मौज्दात रु एक करोड ९३ लाख ९७ हजार सात सय ५१ रहेको छ । चालु आवको पुस २१ गतेसम्म पहिरो, आगलागी, हावाहुरीलगायत विपद्का घटनाका पीडित २१ घर–परिवारलाई न्यूनतम रु पाँच हजारदेखि २० हजारसम्मको क्षतिपूर्ति र मृतक व्यक्तिका आफन्तलाई रु दुई लाखसमेत गरी रु चार लाख ६६ हजार उपलब्ध गराइएको बैठकमा जानकारी दिइयो । सो अवसरमा स्थानीय तहका प्रमुख एवं जनप्रतिनिधिले आ–आफ्ना तहमा भएका विपद्जन्य घटनाको व्यवस्थापन तथा गतिविधिबारे प्रस्तुत गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचेपाङ बस्तीमा प्राधिकरणले जब निःशुल्क मिटर बाँड्यो !!!
जेठ ६, २०८१ आइतबार
पानीका स्रोत सुक्न थालेपछि वन्यजन्तु समस्यामा
जेठ ६, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
करेन्ट लगाएर माछा मर्ने क्रममा एकको मृत्यु
जेठ ६, २०८१ आइतबार
नेप्सेमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार
जेठ ६, २०८१ आइतबार
टीओआरमा सहमति जुटेन, सकियो कार्यदलको बैठक
जेठ ६, २०८१ आइतबार
सिटिजन्स बैंकका सबै कार्डहरू अति सुरक्षित छन्, ढुक्कले चलाउनु भए हुन्छ
जेठ ६, २०८१ आइतबार
नेविसंघले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा
जेठ ६, २०८१ आइतबार