सूर्यज्योति लाईफ ईन्स्योरेन्सद्धारा दाबी भुक्तानी
नेपालबहस संवाददाता
पुस २३, २०८० सोमबार १४:४४:७
प्रकाश डोटेल
२३ पुस, स्याङ्जा । सूर्यज्योति लाईफ ईन्स्योरेन्स कम्पनी लि. पुतलीबजार शाखाले घातक रोग बिरुद्धको दाबी भुक्तानी गरेको छ ।स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नं. ११ जैसीडाँडाका कुञ्जन अर्यालको जीवन बीमा गरेको झण्डै ३ वर्षपछि उनकी आमा जमुना आचार्य अर्याललाई स्तन क्यान्सर भएपछि कम्पनीले घातक रोग विरुद्धको दाबी भुक्तानी गरेको हो ।
कम्पनीका पुलतीबजार शाखा प्रमुख सुजन पोखरेलले बीमितकी आमा जमुनालाई ९ लाख ५० हजार ५ सय ७६ रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका छन् । आमा जमुनाले छोरा कुञ्जनको १० लाख बराबरको सूर्यज्योति सुनौलो भविश्य बाल जीवन बीमा गरेकी थिईन् ।
बीमितकी आमा जमुनाले ईन्स्योरेन्स कम्पनीले दिएको रकमबाट उपचार खर्चमा सहजता ल्याएको बताइन् । रोग र आर्थिक क्षति विरुद्ध बीमा कम्पनीले पुर्याउने योगदानको कदर गर्दै बीमा अभिकर्ता भएर काम थाल्ने समेत उनले सुनाइन् ।
आमा जमुनाको स्तन क्यान्सर भएपछि उनका पिता ख्यामराज अर्यालले कम्पनीले हालसालै जारी गरेको “सूर्यज्योति सहि प्लान” अन्र्तगत १५ लाख बरारबको आजीवन बीमा गरेका छन् । उक्त बीमा पोलिसी कम्पनीका पुतलीबजार शाखा अप्रेशन विभागका कर्मचारी निशा बस्यालले हस्तान्तरण गरेकी थिइन् ।
झण्डै ३ वर्ष अघिदेखि पुतलीबजार शाखा संचालनमा ल्याएको सूर्यज्योति लाईफ ईन्स्योरेन्स कम्पनीले घातक रोग बिरुद्धको पहिलो दाबी भुक्तानी गरेको छ । कम्पनीको पुतलीबजार शाखामा झण्डै १ हजार जनाले विभिन्न योजनाका जीवन बीमा गरेको शाखाले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रभु महालक्ष्मी लाइफको ब्राण्ड एम्बेसडर मनोज गजुरेल
चैत २०, २०८० मंगलबार
नेपाल लाइफद्वारा एएमएल र सीएफटी सम्बन्धी तालिम सम्पन्न
चैत ६, २०८० मंगलबार
बोनस शेयरमा लाग्ने कर तिर्न शेयरधनीलाई आग्रह
चैत ६, २०८० मंगलबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
प्रेम प्रस्ताव अस्वीकार गर्दा छात्रामाथि गोली प्रहार, अभियुक्त पूर्वशिक्षक रहेको खुलासा
बैशाख २१, २०८१ शुक्रबार
वेस्ट इन्डिज ‘ए’ विरुद्धको खेलमा नेपालले पहिला बलिङ गर्ने
बैशाख २२, २०८१ शनिबार
चिम्टीका अग्निपीडितलाई राहत
बैशाख २२, २०८१ शनिबार
गण्डकीका मुख्यमन्त्रीले आइतबार विश्वासको मत लिने
बैशाख २२, २०८१ शनिबार
आइपिएलमा आज रोयल च्यालेन्जर्स र गुजरात भिड्दै
बैशाख २२, २०८१ शनिबार
काठमाडौं महानगरले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्दै, आवेदन आह्वान
बैशाख २२, २०८१ शनिबार
मुलुकमा सुर्ती सेवनबाट दैनिक ७३ जना मृत्युको सिकार
बैशाख २२, २०८१ शनिबार