प्राकृतिक सौन्दर्यतालाई बचाउन पाथीभरा क्षेत्रका ‘साइन बोर्ड’ हटाइने
नेपालबहस संवाददाता
पुस २४, २०८० मंगलबार ११:५५:४
२४ पुस, ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) क्षेत्रमा राखिएका ‘साइन बोर्ड’ र ‘ब्यानर ’ हटाइने भएको छ । वनस्पति तथा प्राकृतिक सुन्दरतामा असर पुगेको जनाउँदै पाथीभरा क्षेत्र विकास समितिले ब्यानर हटाउन आग्रह गरेको हो ।
यसका लागि समितिले आगामी माघ १५ गतेभित्र पाथीभरा जाने पदर्मागमा राखिएका विभिन्न साइन बोर्ड हटाउन सूचना समेत जारी गरेको छ । समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङद्वारा जारी सूचनामा तोकिएको समयसीमाभित्रसामग्री हटाउन सम्बन्धित सबैलाई आग्रह गरिएको छ ।
पाथीभरा पदमार्गका विभिन्न ठाउँमा अव्यवस्थितरूपमा र त्यहाँ रहेका वनस्पति तथा रुखमा फलामका काँटी ठोकेर राखिएका साइन बोर्डले प्राकृतिक सौन्दर्यतामा प्रतिकूल असर पुर्याइरहेको सूचनामा उल्लेख छ । त्यस्तै फलामजन्य धातुका काँटी प्रयोग गर्नाले लोपोन्मुख तथा संरक्षित वनस्पति र बोटबिरुवा मासिने अवस्था देखिएको जनाइएको छ ।
पाथीभरा क्षेत्रको प्राकृतिक सौन्दर्यतालाई बचाउन र स्वच्छ वातावरण कायम राख्नेगरी सुरु गरिएको अभियानलाई सहयोग गर्न समितिका कार्यकारी निर्देशक हाङ्बाङले सबै पक्षलाई अपिल समेत गरेको छ । तोकिएको समयभित्र सामग्री नहटाएमा समितिले आवश्यक कदम चाल्ने पनि सूचनामा उल्लेख छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअज्ञात समूहले माचमा आगो लगाएपछि बेलबारीका किसान आतङ्कित
जेठ ८, २०८१ मंगलबार
सङ्खुवासभाको सभापोखरीमा चट्याङ लागेर ७२ भेडाको मरे
जेठ ७, २०८१ सोमबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
नेपालबहस संवाददाता
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
विनोद त्रिपाठी
जेठ ८, २०८१ मंगलबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
गृहमन्त्री रवि लामिछानेको दोहोरो पासपोर्टको अनुसन्धान कहिले ? : सिरोहिया
जेठ ८, २०८१ मंगलबार
सेक्युरिटी प्रिन्टिङ खरिदमा भ्रष्टाचार : विकललाई २ वर्ष कैद, २५ करोड जरिवाना
जेठ ८, २०८१ मंगलबार
राहुघाटको ‘प्रेसर साफ्ट’ ‘ब्रेक थ्रु’
जेठ ८, २०८१ मंगलबार
तरकारी खेतीबाट वार्षिक रु आठ लाखको बचत
जेठ ८, २०८१ मंगलबार
सानिमा बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदै, वितरण योग्य नाफामा पहिरो
जेठ ८, २०८१ मंगलबार