बजेट विनियोजन नहुँदा शहीद हिरालाल रंगशाला निर्माण ठप्प
नेपालबहस संवाददाता
पुस २४, २०८० मंगलबार १२:१:२७
♦ इन्दीप कोइराला
२४ पुस, बारा । नियमित रूपमा खेलकुद गतिविधि भइरहने शहीद हिरालाल रंगशालामा लामो समय बजेट विनियोजन नहुँदा निर्माण हुन सकेको छैन ।
जिल्लामा सानादेखि ठूला प्रतियोगिता हुने मैदान निकै कम भएका कारण तत्कालीन युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले निजगढमा निर्माण हुने भनिएको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल र काठमाडौंलाई तराईसँग जोड्ने फास्ट ट्रयाकको निर्माणपछि निजगढमा खेल मैदान आवश्यक हुने भन्दै २०७२ सालमा शहीद हिरालाल रंगशालाको निर्माणको घोषणा गरेका थिए ।
सोही अनुरूप निजगढ नगरपालिका ९ मा रहेको यस रंगशालाको निर्माण थालनी भएको थियो । जस अन्तर्गत चार किल्ला छुट्याउने, तरबार गर्न, खेल मैदान बनाउने कार्य भएको थियो र यस रंगशालाको डीपीआर समेत तयार गरिएको थियो तर मन्त्री पौडेलले २०७२ मा मन्त्रालय छाडे पच्यात हालसम्ममा आठ मन्त्री दुई राज्यमन्त्री र एक सहायकमन्त्री भईसकेका छन तर यस रंगशालामा युवा तथा खेलकुद मन्त्रालयबाट बजेट आउन सकेको छैन जसका कारण निर्माण कार्य रोकिएको छ ।
ठूला प्रतियोगिता हुन सक्ने रंगशालाको अवस्था दिन प्रतिदिन बिग्रँदो अवस्थामा छ । रंगशालाको मर्मत सम्भार हुँदै गयो भने अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता यहाँ नियमित गर्न सकिन्छ । फुटबल विकासका लागि सम्बन्धित निकायले ध्यान नदिएकाले रंगशाला मैदान खेल्न अयोग्य हुँदै गएको छ । यहीँ मैदानमा खेल खेलेर अन्डर १९ को नेपाली फुटबल टोलीमा समावेश भएको नेपाली टिमका फरवार्ड समीर तामाङले बताए ।
सानादेखि ठूला प्रतियोगिता हुने मैदानमा दुबोसमेत उप्किएर खाल्डाखुल्डी बनेको छ । अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता हुने भनेर निर्माण गर्ने भनिएको रंगशालाको अवस्था बिग्रिँदै गए पनि सम्बन्धित निकायको ध्यान भने पुग्न सकेको छैन । खेल पर्यटनको सम्भावना बढ्दै गएको मधेश प्रदेशकै केन्द्र मानिने भनिएको रंगशालाको अवस्था भने खस्कँदै गएको छ ।
रंगशालाको बिजोग भएपछि स्थानियहरुको पहलमा वृक्षारोपण देखी थोपा सिँचाई गरी हरित रंगशाला बनाउने प्रयास गरी रहेका छन । उनीहरूलाई स्थानीय उघोग संचालकहरुले समेत साथ दिँदै आएको स्थानीय उघोग संचालक सुदर्शन दर्गालले बताए ।
रंगशालामा नियमित स्थानीय प्रतियोगिता र फुटबल लगायतको खेलको प्रशिक्षणका लागि मैदान प्रयोग हुँदै आएका छन् । नियमित प्रतियोगिता हुने फुटबल मैदान अहिले कुनै पनि ठूला प्रतियोगिता आयोजना हुने अवस्थामा छैन, रंगशालाको यो अवस्थाले खेलप्रेमीलाई समेत चिन्तित बनाएको छ ।
स्थानीय, क्षेत्रीय स्तर र राष्ट्रिय प्रतियोगिताका निम्ति खेल मैदान अभाव भइरहेको बेलामा निजगढ उपयुक्त स्थान हो । काठमाडौंलाई तराईसँग जोड्ने फास्ट ट्रयाकको निर्माण पछि यो राजधानीसँग एक घण्टाको दुरीमा सहजै पुग्न समेत सकिने यस रंगशालको निर्माणमा अहिलेसम्म राष्ट्रिय खेलकुद परिषदले कुनै रकम छुट्टाएको छैन ।
बेलाबेलामा हामीले आन्तरिक र स्थानीय सरकारको सहयोगबाट नै रंगशालाको मर्मत सम्भार गर्दै आएका छौँ तर रंगशालाका लागि भनेर राखेपले त अहिलेसम्म कुनै रकम पठाएको छैन । उनले मैदानको तारबार र लेबलिङको काम आन्तरिक स्रोत जुटाएर गरिएको शहीद हिरालाल रंगशालाका अध्यक्ष तथा पूर्व जनप्रतिनिधि जगत बहादुर न्यौपाने गोकुलले बताए ।
सम्बन्धित निकायको बेवास्ताका कारण रंगशाला दिन प्रतिदिन बिग्रँदै गएको हो । अहिले मूल आवश्यकता भने रंगशालाको डीपीआर अनुसार निर्माण गर्ने भए पनि त्यसतर्फ भने कुनै रकम छुट्याइएको छैन । अहिले रंगशालाको मैदानसँगै प्यारापिट निर्माण नहुँदा मैदान दिन प्रतिदिन जीर्ण बन्दै गएको छ ।
झन्डै ३५ बिगाहमा फैलिएको रंगशाला अहिले धुलाम्मे र दुबो केही नहुँदा नियमित परीक्षण गर्ने खेलाडीलाई समेत सकस बनिरहेको छ । खेलकुद विकासका निम्ति रंगशाला निर्माण हुन सके यस क्षेत्रमा समेत पचुर सम्भावना भएका खेलाडी उत्पादन गर्न सकिने देखिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफल्चा शैलीमा निर्माण गरिएको बस बिसौनी आजदेखि सञ्चालनमा
जेठ १, २०८१ मंगलबार
स्थानीयको एजेण्डा बन्यो पाथीभरामा केबलकार
बैशाख ३०, २०८१ आइतबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
जेठ २, २०८१ बुधबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार
राजस्थानमाथि पञ्जाव ५ विकेटले विजयी
जेठ ३, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ३, २०८१ बिहिबार
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिने
जेठ ३, २०८१ बिहिबार
प्रतिनिधिसभाको बैठक आज बस्दै, कांग्रेसको अवरोधले चल्छ त संसद ?
जेठ ३, २०८१ बिहिबार
१० महिनामा एक लाख ७७ हजार पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण
जेठ ३, २०८१ बिहिबार
कस्तो छ आजको मौसम ?
जेठ ३, २०८१ बिहिबार