कोशीको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध, रित पुर्याएर घोषणा गर्न बाँकी
नेपालबहस संवाददाता
पुस २४, २०८० मंगलबार १२:३७:४२
२४ पुस, विराटनगर । कोशी प्रदेश सभाको सभामुखमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले उम्मेदवारी नदिने निर्णय गरेसँगै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रदेश सभा सदस्य अम्बरबहादुर विष्ट सभामुखमा निर्विरोध भएका छन्
प्रक्रिया पुर्याउन दिउँसो ३ बजेलाई निर्वाचन समय तोकिएको छ । सभामुखका लागि सत्ता गठबन्धनले विष्टलाई अघि सार्ने निर्णय गरेसँगै एमालेले उम्मेदवारी नदिने निर्णय गरेपछि विष्ट सर्वसम्मत भएका हुन् । विष्टलाई नेकपा एमालेले पनि समर्थन गर्ने निर्णय गरेको छ । मंगलबार बिहान बसेको एमाले कोशी प्रदेश संसदीय दलको बैठकले सभामुखमा विष्टलाई समर्थन गर्ने निर्णय गरेको हो ।
नेपाली कांग्रेस, नेकपा माओवादीसहितको सत्ता गठबन्धनले पनि विष्टलाई समर्थन गर्ने बताइसकेका छन् । योसँगै विष्ट कोशी प्रदेशका सभामुखमा निर्विरोध भएका हुन् । मंगलबार बिहान बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले दिउँसो ३ बजे सभामुख चयनका लागि निर्वाचन गर्ने निर्णय गरेको भएपनि प्रक्रिया पुर्याएर विष्टलाई सभामुख घोषणा गर्न बाँकी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअज्ञात समूहले माचमा आगो लगाएपछि बेलबारीका किसान आतङ्कित
जेठ ८, २०८१ मंगलबार
सङ्खुवासभाको सभापोखरीमा चट्याङ लागेर ७२ भेडाको मरे
जेठ ७, २०८१ सोमबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
नेपालबहस संवाददाता
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
विनोद त्रिपाठी
जेठ ८, २०८१ मंगलबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
राहुघाटको ‘प्रेसर साफ्ट’ ‘ब्रेक थ्रु’
जेठ ८, २०८१ मंगलबार
तरकारी खेतीबाट वार्षिक रु आठ लाखको बचत
जेठ ८, २०८१ मंगलबार
सानिमा बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदै, वितरण योग्य नाफामा पहिरो
जेठ ८, २०८१ मंगलबार
प्रधानमन्त्रीसँग बिम्स्टेकका महासचिवको शिष्टाचार भेट
जेठ ८, २०८१ मंगलबार