जेट एयरवेजका उडान स्थगित, नेपालबाट दिल्ली हवाई भाडा झण्डै तीनगुणा महङ्गो !
इन्द्र रिजाल
बैशाख ६, २०७६ शुक्रबार २३:३:२१
काठमाडौं । भारतीय विमानसेवा कम्पनी जेट एअरवेजले आफ्ना सम्पूर्ण उडान अनिश्चितकालका लागि स्थगित गरेसँगै नेपालबाट भारतका विभिन्न गन्तव्यको हवाई भाडा अकासिएको छ।
काठमाडौंदेखि नयाँ दिल्लीसम्मको भाडा तीन गुणासम्म बढेको पर्यटन व्यवसायीहरूले बताएका छन् । जेट एअरवेज सञ्चालनमा रहँदासम्म सालाखाला १८-१९ हजार नेपाली रूपैँयामा पाइने काठमाडौं-दिल्लीको दुईतर्फी टिकटको मूल्य अहिले ६५ हजारको हाराहारीमा पुगेको व्यावसायीहरूले बताएका हुन्।
झण्डै १।२ अर्ब अमेरिकी डलर ऋणको भार बोकेको जेट एअरवेजले हवाई इन्धन तथा अन्य संवेदनशील सेवाको खर्च उठाउन नसकेपछि बुधवार राति अन्तिमपटक उडान गरेको थियो।
एक सय २३ वटा विमान रहेको जेट एयरवेज भारतमा निजी क्षेत्रले सञ्चालन गरेको सबैभन्दा ठूलो विमान कम्पनी हो।’भोलिको लागि दिल्लीको टिकट नै छैन। हवाईजहाजबाटै जान चाहनेहरू काठमाडौंबाट क्वालालम्पुर हुँदै दिल्ली जानुपर्ने अवस्था छ,’नाम नखुलाउने सर्तमा एकजना हवाई टिकट बिक्रेताले बताएका छन् ।
उडान स्थगित गर्नुअघि उक्त विमान कम्पनीले नेपालबाट हप्ताको ३५ वटा उडान गर्दै आएको थियो। भारतको राजधानी नयाँ दिल्लीसम्म दिनको चारवटा उडान सञ्चालन गर्ने जेटले हरेक दिन काठमाडौं मुम्बाई तर्फ पनि उडान गर्थ्यो।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सह-सचिव सुरेश आचार्यले यात्रुहरूको सास्ती घटाउनका लागि मन्त्रालयले नेपाल वायुसेवा निगमसँग छलफल गरेको जानकारी दिए।
उक्त विषयमा हामीले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्षसँग छलफल गरेका छौँ। उहाँहरूसँग चाँडो भन्दा चाँडो उडान सङ्ख्या थप्ने विषयमा छलफल भएको छ,’आचार्यले भने।
हाल सरकारको पहल राष्ट्रिय ध्वजावाहकको उडान सङ्ख्या थप्नुमै सिमित रहेको सरकारी अधिकारीहरूको भनाइ छ। निजी क्षेत्रबाट सञ्चालित हिमालय एअरलाइन्ससँग १५० भन्दा बढी यात्रुलाई सेवा दिन सक्ने तीन वटा विमान छ।हिमालय एअरलाइन्समा नेपाल र चिनिया लगानीकर्ताको साझेदारी रहेको छ।
आफ्नो बजार हिस्सा बढाउने प्रयास गरिरहेको नेपाल वायुसेवा निगमले हालको अवस्थालाई मौकाको रूपमा लिएर काम गर्नुपर्ने मन्त्रालयका अधिकारीहरू बताउँछन्। काठमाडौं र नयाँ दिल्लीको दुरी कम रहेकाले त्यस्तो गन्तव्यमा धेरै भन्दा धेरै उडान गर्न सके निगमलाई फाइदा हुने अन्तर्राष्ट्रिय विमान कम्पनीमा लामो समय व्यवस्थापकको रूपमा काम गरेका पर्यटन व्यावसायी शिव केसी बताउँछन्।
काठमाडौं दिल्ली नेपालका लागि निकै महत्त्वपूर्ण हवाईमार्ग हो। विद्यार्थीदेखि लिएर व्यावसायिक र बिरामी सबैको आवतजावत निकै धेरै हुने हुँदा यो मार्गको विशेष महत्त्व छ।
जेट एअरवेजका उडान स्थगित भएपछि काठमाण्डूबाट एअर इन्डिया, इन्डिगो र नेपाल वायुसेवा निगमका विमानले मात्रै भारततर्फ उडान गरिरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी तेज बहादुर पौडेलले बीबीसी नेपाली सेवालाई जानकारी दिए।
जेट एअरवेजको उडान स्थगित भएपछि अन्य विमानसेवामा यात्रुको चाप बढेको छ। अरू विमानको अधिकांश टिकट बिक्री भइसकेको हुनाले जेट एअरवेजको टिकट किनिसकेका यात्रु र अन्य नयाँ यात्रुलाई दिल्ली र मुम्बईको टिकट पाउन गाह्रो भएको छ।
पौडेलका अनुसार एअर इन्डियाले काठमाडौंबाट नयाँ दिल्लीतर्फ दिनको दुईवटा उडान र काठमाण्डूबाट कोलकाता हप्तामा तीनदेखि चार वटा उडान सञ्चालन गर्ने गरेको छ।
त्यस्तै इन्डिगोले नयाँ दिल्लीतर्फ दैनिक एउटा उडान गर्दै आएको छ भने नेपाल वायुसेवा निगमले दैनिक दुईवटा उडान गर्दै आएको छ।नेपाल वायुसेवा निगमले एक दिन मुम्बई र एक दिन बङ्गलुरु गरेर प्रत्येक दिन एउटा उडान गर्दै आएको छ।
सिधा र नियमित उडान नभए पनि भुटानको रोयल भुटान एअरलाइन्स र ड्रुक एअरको विमानहरूले पनि काठमाडौंबाट विभिन्न भारतीय सहरलाई जोड्ने गरेका छन्।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपदेउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
उपप्रधानमन्त्री रघुवीर महासेठको सम्पत्ति दुई वटा घरसहित २ करोड नगद, ४३ तोला सुन
जेठ ८, २०८१ मंगलबार
मन्त्रिपरिषदका कुन सदस्यको कति सम्पति ?
जेठ ८, २०८१ मंगलबार
काठमाडौंका एक लाख २५ हजार बालबालिकालाई ‘आईपीभी’ खोप लगाइने
जेठ ८, २०८१ मंगलबार
गण्डकीको सरुवा रोग अस्पताल भवन निर्माण सुस्त
जेठ ८, २०८१ मंगलबार
राष्ट्रपति रायसीको अन्त्येष्टि समारोह सुरु
जेठ ८, २०८१ मंगलबार
नारायणकाजीको सम्पत्ति एक लाख २२ हजार बैंकमा, गाडी प्रचण्डले दिएको
जेठ ८, २०८१ मंगलबार