उत्पादन गरेको दूध बिक्री नहुँदा समस्यामा परेको किसानको गुनासो
नेपालबहस संवाददाता
पुस २५, २०८० बुधबार ११:५२:२२
२५ पुस, इलाम । इलामको माईजोगमाई गाउँपालिकाका किसानले उत्पादन गरेको दूध बिक्री नहुँदा समस्यामा परेको गुनासो गरेका छन् । गाउँपालिकाले आयोजना गरेको ‘किसानका समस्या र समाधानका उपाय’ विषयक छलफलमा किसानले पछिल्लो समय जटिलरूपमा देखिएको दूध बिक्री नहुने समस्या समाधान गरिदिन पालिकासँग माग गरेका छन् ।
किसानले भारी लगानीमा पशुपालन गरे पनि पछिल्लो समय दूधको बजार शून्यझैँ हुँदा आफूहरू निरास हुने अवस्था आएको किसान पारस न्यौपानले बताए । “किसान दूध नबिकेर गम्भीर समस्यामा परेका छन्, यस्तो अवस्थामा स्थानीय सरकारले चासो देखाउनुपर्छ”, उनले भने ।
अर्का किसान सुमन बेघाले किसानको दूधको मूल्य घटेको मात्र नभई डेरी र चिज उद्योगले दूधको पैसा नै दिन छाडेकाले किसान थप मर्कामा परेको बताए । उनले उत्पादित घीउ, छुर्पी र चिज बिक्री नभएको भन्दै उद्योग सञ्चालकले दूधको भुक्तानी नदिएको बताए ।
किसानमात्र नभई उद्योगी र व्यवसायीसमेत मर्कामा परेका छन् । किसानले उत्पादन गरेको दूध नजिकैको डेरी उद्योगले किन्ने गरेको छ । डेरीले उत्पादित घीउ र छुर्पी बिक्री नभएपछि किसानलाई भुक्तानी दिन सकिरहेका छैनन् । उत्पादित दुग्धजन्य पदार्थ बिक्री नभएपछि आफूहरुसमेत मारमा परेको व्यवसायी राजेन्द्र लिम्बूले बताए ।
“हामीले उत्पादन गरेको दुग्धजन्य पदार्थसमेत बिक्री नभएकाले किसानलाई दूधको रकम दिन सकेका छैनौँ”, उनले भने, “दुग्धजन्य पदार्थ बिक्री नहुँदा व्यवसायीसँगै हजारौँ किसानलाई मार परिरहेको छ, यसले कृषि उद्यम गर्नसमेत व्यवसायीलाई चुनौती भइरहेको छ ।”
गाउँपालिका अध्यक्ष कुशबहादुर थेबेले किसानका समस्या पालिकाले गम्भीर रूपमा लिएको जनाउँदै आफूहरूले गर्नसक्ने समाधानमा सधैँ प्रतिबद्ध रहेको बताए । “किसानका सयौं समस्या छन्, पहिलो कुरा कृषि उत्पादनमै समस्या छ, त्यसपछि उत्पादित वस्तुको बजार समस्या झन् जटिल छ”, अध्यक्ष थेवेले भने, “स्थानीय सरकारले गर्नसक्ने काममा हामी सधैँ तत्पर छौँ, प्रदेश र सङ्घीय सरकारसँग लैजानुपर्ने किसानका समस्यालाई पनि सहजीकरण गरिरहेका छौँ, किसानका तर्फबाट हामीले माग राखिरहेका छौँ ।”
इलाममा निजी क्षेत्रले दैनिक ५३ हजार लिटरको हाराहारीमा दुग्ध खपत गर्दै आएको छ । निजी डेरीमा मात्रै एक हजारभन्दा बढी किसानले दुग्ध बिक्री गर्दै आएका छन् । इलामका १८ चिज कारखाना, एक सय ५० छुर्पी बनाउने उद्योग र १३ दुग्ध मिठाई बनाउने उद्योग रहेको तथ्याङ्क छ । इलाममा वार्षिक एक लाख १६ हजार ८६ मेट्रिकटन दुग्ध उत्पादन हुने गरेको छ । होलिस्टिन, जर्सी गरी इलाममा ३३ हजार तीन सय ७१ उन्नत जातका गाई पालिएको जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबारामा १० हजार मेट्रिकटन दलहन उत्पादन
बैशाख २४, २०८१ सोमबार
मकैबालीमा कीराको प्रकोप बढ्दै, किसान चिन्तित
बैशाख २४, २०८१ सोमबार
समयमा पानी नपरेपछि अदुवा उत्पादक कृषक मारमा
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
नेपालबहस संवाददाता
बैशाख २२, २०८१ शनिबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
जसपापछि नेकपा एसलाई फूटाउने कोसिस
बैशाख २३, २०८१ आइतबार
दही र मोहीलाई प्रोत्साहन गर्न इच्छाकामनामा ‘कोल्डड्रिङ्स’ निषेध
बैशाख २४, २०८१ सोमबार
पार्टी विभाजनको हल्ला चलेपछि तीन कमिटीको बैठक सारेर दलको बैठकमा छलफल गर्दै नेकपा एस
बैशाख २४, २०८१ सोमबार
कुवेत पुर्याई मानवबेचबिखन गरेको अभियोगमा पक्राउ
बैशाख २४, २०८१ सोमबार
करदाता सेवा कार्यालयको राजश्वमा वृद्धि
बैशाख २४, २०८१ सोमबार
जनकपुरमा दिउँसै लुटियो सहकारीको ८० लाख
बैशाख २४, २०८१ सोमबार
फ्लाईओभर निर्माण लापरबाहीले सर्वसाधारणलाई सास्ती [ फोटोफिचर ]
बैशाख २४, २०८१ सोमबार