डेडिकेटेड र ट्रंक लाइन विवादबारे सहमति खोज्न मुरारकाको नेतृत्वमा उद्योगीले पनि बनाए गोप्य समिति
नेपालबहस संवाददाता
पुस २६, २०८० बिहिबार १४:२८:३०
२६ पुस, विराटनगर । डेडिकेटेड र ट्रंक लाइन विवाद समाधानका लागि सरकारले न्यायिक आयोग बनाएपछि उद्योगीले पनि व्यवसायी सम्मिलित छुट्टै समिति बनाएका छन् । उद्योगीहरुले गोप्य रुपमा समिति बनाएका हुन् । सरकारले पूर्वन्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा न्यायिक आयोग गठन गरेको छ । यो आयोग गठन भएपछि उद्योगी पशुपति मुरारकाको नेतृत्वमा समिति बनाएका हुन् ।
नेपाल विद्युत प्राधिकरणले विद्युत महसुल नतिर्ने उद्योगहरूको लाइन धमाधम काटिरहेका बेला प्रचण्ड सरकारको क्याबिनेट निर्णयबाटै सबै उद्योगको विद्युत लाइन जोड्न निर्देशन दिएको थियो । अझै कतिपय उद्योगको लाइन नजोडिएको बताइएको छ । उद्योगीहरुले गठित आयोगबाट भइरहेका अनुसन्धानबारे जानकारी लिन समिति बनाएको बताइएको छ ।
सुुनसरी मोरंग औद्योगिक करिडोरका एक उद्योगीले समिति गठन भएको जानकारी दिए । ती उद्योगीले भने, बक्यौता विवादमा प्रधानमन्त्री सक्रिय भएपनि कुनै निकास नआउनुले विवादको विषयलाई थप रहस्यमय बनाएको छ । सरकारी तहबाट भएका कुराको अनुसन्धान गरी व्यवसायीले गर्नुपर्ने काम छलफलका लागि उद्योगी मुुरारकाको संयोजकत्वमा गठन गरिएको समितिले अहिले उद्योगी समूह अब कसरी अगाडि बढ्ने भन्ने बारे छलफल गरिरहेको छ ।
ती उद्योगीले भने, अब न्यायिक आयोगले छ महिना देखी एक वर्ष लगाएर आफ्नो प्रतिवेदन बुझाउने र उक्त आयोगको प्रतिवेदन थन्क्याउने काम मात्रै हुने कुराले अहिलेको समस्या समाधान हुँदैन । २०७२ देखि २०७५ सालको बीचमा विभिन्न उद्योगहरूले सर्वसाधारण जनता लोडसेडिङमा रहेको बेला डेडिकेटेड र ट्रंक लाइनको माध्यमबाट दिनमा २४ घण्टा नै विद्युत उपभोग गरेको भन्ने कुराको पनि प्राधिकरणले बिल दिन सकेको छैन । यिनै कुरा अब समितिले हेर्नेछ ।
स्रोतका अनुसार उद्योगीहरुले विगतमा कोभिड र अन्य कारण देखाएर विद्युत महसुल नतिर्ने उद्योगको विद्युत लाइन नकाटिएको तर अब भने प्राधिकरणसँग महसुल उठाउनुको विकल्प नभएको र महसुल नतिरून्जेलसम्म लाइन काटिने नै भएपछि उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्षसमेत रहेका उद्योगी पशुुपति मुुरारकाको संयोजकत्वमा गोप्य चार सदस्य समिति बनाएको रहस्य सुनसरी मोरंग औद्योगिक करिडोरका एक उद्योगीले बताए ।
उनले उक्त समितिमा उद्योगी मुरारकासहित उद्योगीहरु पवन गोल्यान, साहिल अग्रवाल र शशीकान्त अग्रवाल रहेको जानकारी दिएका छन् । अब सबै उद्योगले विद्युत महसुल तिर्नैपर्ने अवस्था देखेपछि राजनीति वृत्तलाई खुशी बनाएर उद्योगीको पहुँच विस्तार गरी भागवण्डाका आधारमा गोप्य रुपमा सेटिङ्ग गर्ने काम समितिको हुने दावी पनि गरिएको छ ।
मुरारका उद्योगी समुहले आवश्यक परेको खण्डमा राजनीतिक दलमा दुई अर्बभन्दा माथिको रकम लगाएर भए पनि यो मुद्दा मिलाउने तयारी गरिरहेका छन् । उद्योगी पशुपति मुरारका संयोजक रहेको समितिले विद्युत बक्यौता भएका सबै उद्योगीलाई लाग्ने खर्चबारे छलफल गरिरहेका छन् । विद्युत प्राधिकरणले विद्युत सब स्टेसनबाट सिधा उद्योगमा पठाएको डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउन ताकेता गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबजेट अर्थमन्त्री र माओवादीप्रति ढल्किएको ओलीको आरोप
जेठ १९, २०८१ शनिबार
लोकतान्त्रिक गणतन्त्रको राम्रो पक्ष सबैलाई बुझाउन आवश्यक छ : नेता निधि
जेठ १८, २०८१ शुक्रबार
सत्ता गठबन्धनका तीन शिर्ष नेताबीच भेटवार्ता, समसामयिक विषयवस्तुमा छलफल
जेठ १८, २०८१ शुक्रबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
जेठ १८, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १९, २०८१ शनिबार
दरबार हत्याकाण्ड: जमिम शाहले भने, ‘आज ठूलै घटना भएको छ, पत्रिका प्रेसमा नपठाउनु’
जेठ १९, २०८१ शनिबार
मुगुमा यार्सागुम्बा संकलनमा गएका तीन जनाको मृत्यु
जेठ १९, २०८१ शनिबार
चीनमा खाद्य सुरक्षा कानुन लागु
जेठ १९, २०८१ शनिबार
नेपालको पूर्वी भूभागमा मनसुन भित्रिन अझै केही दिन लाग्ने
जेठ १९, २०८१ शनिबार
माछापुच्छ्रे बैंकद्धारा सल्यानको विद्यालयमा खानेपानी ट्याङ्की निर्माण
जेठ १९, २०८१ शनिबार
काठमाडौं महानगरले करारमा २४१ नगर प्रहरी भर्ना गर्दै
जेठ १९, २०८१ शनिबार