सेवानिवृत्त शिक्षक दम्पतीद्वारा अक्षयकोष स्थापना
नेपालबहस संवाददाता
पुस २६, २०८० बिहिबार १६:४:२५
२६ पुस, फिक्कल 'इलाम' । इलामको माई नगरपालिका–२ का सेवानिवृत्त शिक्षक दम्पतीले आफ्नो छोराको स्मृतिमा रु पाँच लाखको अक्षयकोष स्थापना गरेका छन् । सेवानिवृत्त शिक्षक घनेन्द्र कार्की र राधिका कार्कीले छोरा इन्जिनियर सुवर्णको स्मृतिमा स्थानीय कन्काई माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरेका हुन् ।
विद्यालयको ६३औँ वार्षिकोत्सवका अवसरमा कार्की दम्पतीले कक्षा ८, १० र ११ का उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नेगरी ‘इन्जिनियर सुवर्ण कार्की स्मृति अक्षयकोष’ स्थापना गरेका प्रधानाध्यापक हरिप्रसाद पौड्यालले जानकारी दिए । कार्की दम्पतीले अक्षयकोषबापतको रकमको चेक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुमाया आचार्य र प्रधानाध्यापक पौड्याललाई हस्तान्तरण गरे ।
चेक हस्तान्तरण गर्दै कार्कीले बर्सेनि उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न अक्षयकोष स्थापना गरेको बताए । उनको छोराले सोही विद्यालयान अध्ययन गरेका थिए । कार्की पनि सोही विद्यालयमा अध्यापन गरेर सेवानिवृत्त भएका हुन् । उनका छोरा सुवर्णको २०७६ सालमा ब्रेनट्युमर रोगबाट निधन भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअज्ञात समूहले माचमा आगो लगाएपछि बेलबारीका किसान आतङ्कित
जेठ ८, २०८१ मंगलबार
सङ्खुवासभाको सभापोखरीमा चट्याङ लागेर ७२ भेडाको मरे
जेठ ७, २०८१ सोमबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
नेपालबहस संवाददाता
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
विनोद त्रिपाठी
जेठ ८, २०८१ मंगलबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
गृहमन्त्री रवि लामिछानेको दोहोरो पासपोर्टको अनुसन्धान कहिले ? : सिरोहिया
जेठ ८, २०८१ मंगलबार
कैलाश सिरोहियालाई आजै अदालतमा पेश गरिने
जेठ ९, २०८१ बुधबार
क्यानडामा पर्यटन प्रवर्द्धन कार्यक्रम
जेठ ९, २०८१ बुधबार
जोमसोम–कागबेनी सडक कालोपत्र गरिँदै
जेठ ९, २०८१ बुधबार
कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बस्दै
जेठ ९, २०८१ बुधबार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
जेठ ९, २०८१ बुधबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ९, २०८१ बुधबार