चालु खाता डेढ खर्ब नजिक पुग्दा विदेशी मुद्रा सञ्चिति १७ खर्ब ६७ अर्ब नाघ्यो
नेपालबहस संवाददाता
पुस २६, २०८० बिहिबार १९:२०:२६
२६ पुस, काठमाडौं । चालु आर्थिक वर्ष (आव) को ५ महिनामै शोधनान्तर बचत २ खर्ब नाघेको छ । नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले चालु आर्थिक वर्षको मंसिर मसान्तसममको तथ्यांककको आधारमा मुलुकको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन सार्वजनिक गर्दै शोधनान्तर बचत २ खर्ब १० खर्ब १० अर्ब ५९ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ ।
गत मंसिर महिनामा मुलुकको कुल विदेशी विनिमय (मुद्रा) सञ्चिति १७ खर्ब ६७ अर्ब ४ करोड रुपैयाँ पुगेको छ । गत असारको तुलनामा यो १४.८ प्रतिशतले बढेको हो । गत असारमा कुल विदेशी मुद्रा सञ्चिति १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ थियो । ‘अमेरिकी डलरमा यस्तो सञ्चिति ०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा ०८० मंसिर मसान्तमा १३.६ प्रतिशतले वृद्धि भई १३ अर्ब ३१ करोड पुगेको छ,’ राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।
कुल विदेशी मुद्रा सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति ०८० असार मसान्तमा १३ खर्ब ४५ अर्ब ७८ करोड रुपैयाँ थियो । गत मंसिरसम्ममा यो १५.६ प्रतिशतले बढेर १५ खर्ब ५६ अर्ब २५ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति ०८० असार मसान्तमा १ खर्ब ९३ अर्ब ५९ करोड रहेकोमा गत मंसिर मसान्तमा ८.९ प्रतिशतले बढेर २ खर्ब १० अर्ब ७९ करोड कायम भएको छ ।
आर्थिक वर्ष २०७८÷७९ मा आयातमा अत्यधिक वृद्धि भएर शोधनान्तर घाटा चुलिएर बाह्य क्षेत्रमा दबाब बढ्दा सरकारसँगै राष्ट्र बैंक पनि आयात नियन्त्रण गर्ने निर्णयमा पुगेका थिए । २०७९ वैशाखदेखि पुससम्म सरकारले विभिन्न वस्तुको आयातमा प्रतिबन्ध नै लगायो । आव २०७८÷७९ मा शोधनान्तर घाटा २ खर्ब ५५ अर्ब पुगेको थियो ।
आव २०७९÷८० को भदौसम्म पनि घाटामा रहेको शोधनान्तर स्थिति असोजदेखि बचतमा गएको थियो । गत आवमा २ खर्ब ९० अर्ब बचतमा भएको शोधनान्तर स्थिति चालु आवको पहिलो छ महिनामै २ खर्ब १० अर्ब बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ । कात्तिक मसान्तमा १ खर्ब ४७ अर्ब ११ करोड बचतमा रहेको शोधनान्तर बचत १ महिनामै ५७ अर्बले बढेको हो । गत आवको मंसिर मसान्तमा शोधनान्तर स्थिति ४५ अर्ब ८६ करोडले बचतमा थियो ।
चालु खाता बचत पनि डेढ खर्ब नजिक पुगेको राष्ट्र बैंकले जनाएको छ । चालु आवको मंसिर मसान्तमा अवधिमा चालु खाता १ खर्ब ४० अर्ब २३ करोडले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ । कात्तिक मसान्तमा ९६ अर्ब ३८ करोडले बचतमा रहेको चालु खाता उक महिनामै उल्लेख्य रुपमा वृद्धि भएको छ ।
गत आवको मंसिर मसान्तमा ४१ अर्ब २१ करोडले घाटामा रहेको चालु खाता चालु आवमो राम्रो सुधार देखिएको हो । यस्तै चालु आवको पाँच महिनामा पूँजीगत ट्रान्सफर १७.२ प्रतिशतले कमी आई २ अर्ब ८७ करोड कायम भएको छ । खुद प्रत्यक्ष वैदेशिक लगानी ३ अर्ब ९२ करोड रहेको राष्ट्र बैंकले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप१० महिनाको व्यापार, आयात र निर्यात दुबै ऋणात्मक
जेठ ७, २०८१ सोमबार
सरकारको प्राथमिकताः गोलीगठ्ठा उत्पादनमा स्वदेशमै आत्मनिर्भर
जेठ १, २०८१ मंगलबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार