रुसी सेनामा १० जना नेपालीको मृत्यु भइसकेको छ, आठ वटा शवहरू शव गृहमा राखिएका छनः परराष्ट्रमन्त्री साउद
नेपालबहस संवाददाता
पुस २७, २०८० शुक्रबार ११:२०:३८
२७ पुस, डडेल्धुरा । परराष्ट्रमन्त्री एनपी साउदले रुसी सेनामा भर्ती भएका नेपालीमध्ये १० जना मारिएको बताएका छन् । उनले ८ वटा शव अहिले त्यहाँको शवगृहमा रहेको जानकारी दिएका छन् । विना अनुमति चोर बाटोबाट नेपालीहरू रुस पुगेकाले समस्या निम्तिएको उनको भनाइ छ । उनले विद्यार्थी भिसा र भिजिट भिसा लगायतमा रुस पुगेकाहरूले त्यहाँको सेनामा भर्ती भएको र जोखिममा परेको बताए ।
शुक्रबार डडेलधुरामा नेपाल प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्रीले रुसमा अहिलेसम्म १० जनाको मृत्यु भइसकेको जानकारी दिए । अरू धेरै जना जोखिममा रहेको उनको भनाइ छ । विना अनुमति र चोर बाटोबाट गएका हुनाले सरकारलाई उद्धार गर्न समस्या भइरहेको बताए । यो समस्या नेपाल सरकारको कारणले आएको नभइ उनीहरू आफ्नै कारणले निम्तिएको बताए । उनीहरू भिसा प्रयोजनलाई तोडेर त्यहाँको सेनामा भर्ना भएको मन्त्री साउदको भनाइ छ ।
परराष्ट्र मन्त्री साउदले अप्ठ्यारोमा परेका आफ्नो नागरिकको उद्धार गर्न सरकार जुनसुकै बेला पनि तयार रहेको बताए । ‘आठ वटा शवहरू अहिले त्यहाँको शव गृहमा राखिएको कुरा मसँग आएको छ । हामीले ती शव नेपाल ल्याउनका लागि कूटनीतिक पहल गरिरहेका छौँ,’ उनले भने, ‘त्यसबाहेक १३३ परिवारले हामीलाई आफ्ना परिवारका सदस्यहरू त्यहाँ पुगेको र जोखिममा परेको भनेर आग्रह गरे अनुसार हामीले उहाँहरूलाई स्वदेश फिर्ताको प्रबन्ध मिलाउन पहल गरिरहेका छौँ ।’
उनले देश छोड्ने बेला जो कसैले पनि एकपटक सोच्नुपर्ने बताए । ‘देश छोड्दा जो कसैले पनि एकपटक सोच्नुपर्छ । कहाँ जाँदै छु ? कस्तो देशमा जाँदै छु ? कुन कानुनी रुपमा ठीक छ, कुन ठीक छैन ? त्यो कुरामा सबैले ध्यान पुर्याउनु आवश्यक छ,’ उनले भने । साउदले वर्तमान सरकारले परराष्ट्र सम्बन्धलाई सुधार गरेर सही ट्रयाकमा ल्याउन सफल भएको दाबी गरे ।
प्रधानमन्त्रीले छिमेकी दुई देशहरूको भ्रमण गरेको प्रसंग उठाउँदै उनले यी भ्रमणहरू विगतका भन्दा ऐतिहासिक र निर्विवाद एवं गुणात्मक भएको बताए । त्यसकारण यो सरकारले परराष्ट्र सम्बन्धलाई सन्तुलित बनाउने र ट्रयाकमा ल्याउने काम गरेको छ,उनले भने ।
उनले छिमेकी देश भारतसँग हालैमात्र १० हजार मेगावाट बिजुली उत्पादन र निकासीका विषयमा व्यापार सम्झौता गरेको बताए । मन्त्री साउदले इजरायलमा युद्धमा परेर हमासको नियन्त्रणमा परेका विपिन जोशीको उद्धारका लागि समेत सरकारले पहल गरिरहेको बताए ।
‘विपिन जोशीसमेत १३२ जना अहिले पनि हमासको नियन्त्रणमा छन् । उनीहरू विभिन्न देशका छन् । हामीले उनको रिहाईका लागि इमान्दार प्रयास गरिरहेका छौँ । युद्धबन्दीको रुपमा विपिन जोशीको जीवन सुरक्षित छ । हामीले निरन्तर प्रयास गरिरहेका छौँ,’ उनले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेस संसदीय दलको बैठक बस्दै
जेठ ७, २०८१ सोमबार
प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची
जेठ ७, २०८१ सोमबार
प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै
जेठ ७, २०८१ सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
कांग्रेस संसदीय दलको बैठक बस्दै
जेठ ७, २०८१ सोमबार
आइपिएलको प्लेअफको समीकरण पुरा, पहिलो क्वालिफायरमा कोलकोता र सनराइजर्स खेल्ने
जेठ ७, २०८१ सोमबार
प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची
जेठ ७, २०८१ सोमबार
मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल
जेठ ७, २०८१ सोमबार
म्यानचेस्टर सिटीले जित्यो प्रिमियर लिगको उपाधि
जेठ ७, २०८१ सोमबार