भक्तपुरमा सम्यक महादान पर्वको तयारी अन्तिम चरणमा
नेपालबहस संवाददाता
पुस २७, २०८० शुक्रबार ११:४८:४७
२७ पुस, भक्तपुर । प्रत्येक वर्ष माघ १ गते संक्रान्तिका दिन भक्तपुर नगरपालिका वडा नं. १ मा अवस्थित जयकीर्ति महाविहार (थथुबही) परिसर भुइख्यमा हुने बौद्ध परम्परा अनुसारको सम्यक महादान पर्वको तयारी अन्तिम चरणमा पुगेको छ ।
प्रत्येक वर्ष सम्यक संघ भोजनदान पर्वको सञ्चालन चतुब्र्रम्ह महाविहार अन्तरगतको तधिछे“ खल हाल सम्यक महादान व्यवस्थापन सहयोग समितिले गर्दै आएको छ । यसवर्ष पर्व सम्पन्न गर्ने पालो परेका सप्तमान बज्राचार्य लगायत उनको परिवार जयकीर्ति महाविहारमा हप्तादिन अघिदेखि नै बसी पर्वको लागि चाहिने विशेष प्रकारको पुरी, लड्डु तयार पर्ने लगायत अन्य चाजोपाजो मिलाउने कार्यमा व्यस्त रहदै आएको छ । उनका अनुसार यसवर्ष पर्व अवलोकन गर्ने लगायत सम्यक दान लिने बौद्ध धर्मावलम्बीहरु अघिल्लो वर्षहरुमा भन्दा बढी हुने अनुमान रहेको बताए । सोही अनुसार तयारी पनि सोही अनुरुप भएको उनले बताए ।
सम्यक महादान व्यवस्थापन सहयोग समितिका सचिव राजुमान बज्राचार्यका अनुसार काठमाडौं उपत्यकाको काठमाडौं, ललितपुर र भक्तपुरमा ३५० वर्ष भन्दा पहिलेदेखि बौद्ध धर्म परम्परा अनुसार सम्यक महादान पर्व निरन्तर चल्दै आएको छ । उनका अनुसार भगवान दिपंकर बुद्धलाई अनुसरण गर्दै काठमाडौंमा प्रत्येक १२ वर्षमा एक पटक, ललितपुरमा प्रत्येक ५ वर्षमा एक पटक र भक्तपुरमा प्रत्येक वर्ष माघ १ गते संक्रान्तिका दिनमा सम्यक महादान पव मनाउदै आएको छ ।
प्रत्येक वर्ष तधिछे “खल भित्रको परिवारमा जेष्ठताक्रमले पर्व सञ्चालन गर्ने पालो जाने र पालो पर्ने खलकले सम्यक संघ भोजन दान र गुठीसंग सम्बन्धित धेरै कार्यहरु सम्पन्न गर्नु पर्ने उनले बताए । तधिछे“ खलका सम्पूर्ण परिवार सम्मिलित भई हाल सम्यक महादान व्यवस्थापन सहयोग समिति गठन गरी पर्व लगायत गुठीका गतिविधिहरु व्यवस्थित गर्दै आएको समेत उनको भनाई छ ।
समितिका अध्यक्ष गणेश बज्राचार्यका अनुसार चतुब्र्रम्ह महाविहार संघका कुल देवता श्री हेबज्र नैरात्मालाई सबभन्दा पहिले भोजन दान गरिने परम्परा रहेको र त्यस पश्चात् लहरै मूल दिपंकर, बाहाछे दिपंकर, झौरबही दिपंकर, थथुबही दिपंकर र कुथुबहि दिपंकरलाई भोजन चढाउने गरिन्छ ।
संगै क्रमवद्ध रुपमा विराजमान गराइएका चार वटा सम्यक द्यो (सुवर्ण दिपंकरको मूर्ति), सुवर्ण चैत्य, स्थवीर आजु, मुल गुरुजु, गुरुजूहरु त्यस संगै लामवद्ध भएर बसेका सयौं बज्रँचार्य, बुद्धाचार्य र शाक्य परिवारका सदस्यहरुलाई सम्यक दान दिने परम्परा रहदै आएको पनि बताए ।
भक्तपुर दरवार क्षेत्रसंगै रहेको प्रसिद्ध चतुब्र्रम्ह महाविहारका संघ सदस्य जयरत्न बज्राचार्यले नेपाल सम्वत् ७८७ मा आफ्ना दिवंगत पिता जयदेव बज्राचार्यको नाममा दिपंकर बुद्ध लगायत विभिन्न विहारका संघ सदस्यहरुल्ँई निमन्त्रणा गरेर सम्यक भोजनदान गरी यस पर्वको स्थापना गरेको प्रँमाणित इतिहास पाइन्छ । उक्त समयमा जयकीर्ति महाविहार अत्यन्तै जिर्ण अवस्थामा रहेको हु“दा जयरत्न बज्राचार्यबाटै नेपाल सम्वत ७९४ मा उक्त विहारको जिर्णोद्वार गरी सोही वर्ष राजा जय जितामित्र मल्लको उपस्थितिमा सम्यक महादान भव्य रुपमा सम्पन्न गरेको इतिहास पाइन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमती प्रदेशमा संसदीय समिति सभापतिको निर्वाचन शनिबार, आइतबार शपथ
जेठ ३, २०८१ बिहिबार
सीप मेलाको दोस्रो चरण जेठ ६ गतेदेखि सुरु
जेठ ३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
टीओआरबारे कार्यदलमा विवाद, सहमति नभएसम्म संसद बैठक रोक्न प्रतिपक्षको आग्रह
जेठ ६, २०८१ आइतबार
प्रिमियर लिगका अन्तिम खेल आज, उपाधिको दौडमा म्यानचेस्टर सिटी र आर्सनल
जेठ ६, २०८१ आइतबार
अफगानिस्तान बाढीमा परि ५० जनाको मृत्यु, दुई हजारभन्दा बढी घर ध्वस्त
जेठ ६, २०८१ आइतबार
सुनको मुल्य अहिलेसम्मकै उच्च, तोलामा १ लाख ४० हजारमा कारोबार
जेठ ६, २०८१ आइतबार
फिल्म ‘दान्भी’को पहिलो गीत ‘मायामा पूजा र कुन्साङको रोमान्स
जेठ ६, २०८१ आइतबार