नेकपा एसमा निराशा छैन, आशा र उत्साह मात्र छः नेपाल
नेपालबहस संवाददाता
पुस २७, २०८० शुक्रबार १४:६:१७
२७ पुष, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफ्नो पार्टीका नेता कार्यकर्तामा निराशा नभएको बताएका छन् । नेकपा एसनिकट भूपू सैनिक तथा प्रहरीको कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी निर्माणको क्रममा आफूहरू लागिरहेको बताए । उनले पार्टीको विधान बनाउनको लागि तल्लो तहबाट सुझाव लिन लागेको बताए ।
पार्टीलाई तल्लो तहसम्म जनतासँग जोड्न लाग्नुपर्नेमा जोड दिँदै नेपालले भने, ‘हाम्रो मित्र र शत्रु को हुन् भन्ने छुट्याउन सक्नुपर्छ । आज प्रतिगामी शक्तिहरू टाउको उठाइरहेका छन् । यो व्यवस्थामाथि धावा बोल्दैछन् तर ती व्यवस्थाको रक्षाका लागि लड्नेहरू कहीँ शत्रु हुन्छन् । उनीहरू विरुद्ध लड्ने हो भने प्रतिगामी शक्तिहरूलाई फाइदा हुन्छ ।’
उनले आफ्नो पार्टी नेकपा एसले आफ्नो ढंगले गति लिइरहेको बताए । निराशा छैन, आशा र उत्साह छ । त्यसैले मैले भन्ने गर्छु फूलको आँखामा फूलै संसार काँडाको आँखामा काँडै संसार, उनले भने, हामीले २०६२÷६३ को आन्दोलन गर्दा खेरी राजतन्त्रलाई फाल्न खोज्दा मान्छे केही निराश थिए फाल्न सकिँदैन भनेर । तर, केही मान्छेहरू फाल्न सकिँन्छ उत्साहित थिए । दुनियाँ बदल्ने उत्साह भएका हामीहरू निरन्तर लागिरहेका थियौं ।
उनले आफ्नो पार्टीलाई र आफूहरूलाई केहीले सिध्याउन खोजेको आरोप पनि लगाए । ‘हामीलाई सिध्याउन खोजिरहेका छन् गठबन्धनलाई ध्वस्त बनाउन खोज्दैछन् अनि तिनीहरूको षड्यन्त्रलाई सफल बनाउने कुरा क्रान्तिकारी हुन सक्दैन । सजिलो छैन । आफ्नो शक्ति बनाउने हो । शक्तिको आधारमा संगठन विस्तार गरेर चुनावमा एक्लै लड्ने आँट गर्ने हो । अरूलाई हामीले होइन हामीलाई चाहिँ अरूले माग्ने स्थिति बनाउनुपर्छ, उनले भने ।’
उनले पार्टीमा चुनौती रहेको बताए । त्यसैले गठबन्धनमा निर्भर नरहेर आफ्नो शक्ति बलियो बनाउनुपर्ने पनि बताए । गठबन्धनमाथि भरोसा गरेर उनीहरूले चुनावमा जिताइदेलान् भन्ने ठानेर चल्ने होइन । आफ्नो शक्ति बनाउने हो, नेपालले भने ।
साथै, उनले प्रतिगामी शक्तिले धावा बोलिरहेको बताए । व्यवस्थाको पक्षमा उभिने शक्तिहरू शत्रु हुन नसक्ने उनको भनाइ छ । आज प्रतिगामी तत्वहरुबारे टाउको उठाइरहेका छन् । फागुन महिनाको डेट अघि सारेर धावा बोलिरहेका छन् । यो व्यवस्था जोगाउने शक्तिहरू कहीँ शत्रु हुन्छन,उनको प्रश्न छ, व्यवस्थाको पक्षमा उभिनेलाई शत्रु बनाइदिने हो भने प्रतिगामी तत्वहरूलाई फाइदा हुन्छ , उनले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसडक आन्दोलनबारे निर्णय गर्न कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
जेठ ७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
जिल्ला अस्पताल हुम्लामा औषधि अभाव, बिरामी खाली हात फर्किन बाध्य
जेठ ७, २०८१ सोमबार
सिंहदरबार र नेताको घरको फोहोर उठ्दैन, को-को जुध्न आउने हो, आए हुन्छ : बालेन
जेठ ७, २०८१ सोमबार
अवैध बिनान्स एपमार्फत लगानी गर्ने चार जना पक्राउ
जेठ ७, २०८१ सोमबार
इरानमा पाँच दिनको राष्ट्रिय शोक घोषणा
जेठ ७, २०८१ सोमबार
१० महिनाको व्यापार, आयात र निर्यात दुबै ऋणात्मक
जेठ ७, २०८१ सोमबार
सुर्खेतमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, २१ घाइते
जेठ ७, २०८१ सोमबार