नाउपाको संरक्षक रेशमलाल चौधरीले दिए अध्यक्ष पदका लागि उम्मेदवारी
नेपालबहस संवाददाता
पुस २७, २०८० शुक्रबार १४:२६:३६
२३ पुस, टीकापुर । नागरिक उन्मुक्ति पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनमा रेशमलाल चौधरीले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । कैलालीको टीकापुरमा जारी महाधिवेशनमा पार्टीको संरक्षक समेत रहेका चौधरीले आगामी नयाँ नेतृत्वका अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका हुन ।
हालसम्म अध्यक्ष पदमा संरक्षक चौधरीको मात्र उम्मेदवार परेको छ ।
बिहीबार राति १० बजेदेखि सुरु भएको बन्दशत्र सकिएलगत्तै निर्वाचन प्रक्रिया सुरु भएको थियो । शुक्रबार नै नयाँ कार्यसमिति चयनका लागि मतदान हुने निर्वाचन निर्वाचन समितिले जानकारी दिए ।
२०७२ भदाै ७ गतेकाे टीकापुर घटनाका दोषी चौधरीले जेलबाट पार्टी दर्ता गराएका थिए । २०७५ फागुन २२ गते कैलाली जिल्ला अदालतद्वारा चौधरीसहित ११ जनालाई २० वर्ष कैद सजाय फैसला, १२ जनालाई ३ वर्षको कैद तोकेका थिए ।
घटनामा नेपाल प्रहरीका एसएसपीसहित ७ प्रहरी र १ नाबालकको हत्या भएको थियो ।
गत गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आम माफी पाएपछि चौधरी कारागारबाट रिहा भएका थिए । रिहासँगै उनी राजनीतिमा सक्रिय रहँदै आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसहकारीको मुद्दा लिएर सडकमा कांग्रेसः ७ निर्णय, ७ सन्देश
जेठ १०, २०८१ बिहिबार
बुद्धका उपदेश पालना गरौं : देउवा
जेठ १०, २०८१ बिहिबार
‘बुद्धजयन्तीले राष्ट्रिय एकता मजबुत बनाउन प्रेरित गरोस्’
जेठ १०, २०८१ बिहिबार
रविको निशानामा देउवाको परिवारः आरजु र छोरा जयवीर माथि अनुसन्धानको तयारी
जेठ ९, २०८१ बुधबार
सामाजिक सञ्जालकर्ताको विद्रूप र कैलाश सिरोहिया प्रकरण
जेठ ९, २०८१ बुधबार
विश्वकप खेल्न आवेदन दिएका सन्दीपलाई अमेरिकाले दिएन भिसा
जेठ ९, २०८१ बुधबार
किराँत समुदायमा धुमधामका साथ उँभौली मनाउँदै
जेठ १०, २०८१ बिहिबार
बगरमा दुर्लभ पाटे बाघ मृत भेटियो
जेठ १०, २०८१ बिहिबार
राष्ट्रपति चुनावमा ट्रम्पलाई भोट दिन्छु : निक्की हेली
जेठ १०, २०८१ बिहिबार
श्रीलंका प्रिमियर लिगमा फिक्सिङको प्रयास : फ्रेन्चाइजी बर्खास्त, मालिक पक्राउ
जेठ १०, २०८१ बिहिबार
सहकारीको मुद्दा लिएर सडकमा कांग्रेसः ७ निर्णय, ७ सन्देश
जेठ १०, २०८१ बिहिबार
‘वेलकम टु द जंगल’ बाट बाहिरिए सञ्जय दत्त
जेठ १०, २०८१ बिहिबार