मृगौला स्वस्थ राख्न पर्याप्त मात्रामा पानी पिउन आवश्यक
नेपालबहस संवाददाता
पुस २८, २०८० शनिबार १४:१०:५२
२८ पुस, काठमाडौं । हाम्रो आफ्नै बदलिदो जीवनशैली तथा खानपानका कारण अहिले धेरै मानिस मृगौलासम्बन्धी समस्याले छोएको छ । तर समस्याबाट बच्न स्वस्थ जीवनशैली तथा खानपान अपनाए यसबाट सजिलै जोगिन सकिन्छ । हाम्रो शरीरलाई स्वस्थ तथा सक्रिय बनाउन मृगौलाले फिल्टरको काम गरी रगत सफा गर्छ तसर्थ यसलाई स्वस्थ राख्नु आवश्यक छ ।
पाचन क्रियाका बेला हाम्रो खानाबाट निस्कने सूक्ष्म खराब तत्व मृगौलामा जम्मा हुन्छ र पिसाबको माध्यमबाट शरीर बाहिर निस्कन्छ । मृगौलाले रातो रक्तकोशिका निर्माण गर्नुका साथै रगत सफा राख्न सहयोग गर्छ । यसले भिटामिन डी निर्माण गर्नुका अतिरिक्त हड्डी बलियो बनाउने काम पनि गर्छ ।
कसरी स्वस्थ राख्ने ?
मृगौला स्वस्थ राख्न पर्याप्त मात्रामा पानी पिउनुपर्छ । स्वस्थ मानिसले दिनभरमा ४ लिटर पानी पिउनुपर्छ । पानीले शरीरमा भएको खराब तत्त्व पिसाबको माध्यमबाट बाहिर निकाल्छ भने पाचनतन्त्रको कार्यप्रणाली पनि दुरुस्त राख्छ ।
सन्तुलित आहार
खानामा चिनी तथा नुनको मात्रा आवश्यकभन्दा बढी भए मृगौलामा क्षति पुग्छ । यी दुवै चिज बढी प्रयोग गर्दा मृगौलाको कार्यक्षमता ह्रास हुन्छ । त्यसैले मिठाई, चकलेट, केक, अचार, पापडजस्ता चीजको सेवन सीमित मात्रामा गर्नुपर्छ । धूमपान तथा मद्यपानबाट अलग रहनुपर्छ किनभने यसले कलेजोका साथै मृगौलालाई पनि नोक्सान पु¥याउँछ ।
मृगौलाका सम्बन्धमा
स्वस्थ मानिसका दुवै मृगौलाले संयुक्त रूपमा प्रतिमिनेट १ सय देखि १ सय ३० मिलिलिटरसम्म रगत छान्ने काम गर्दछ । कुनै औषधि सेवन नगरेका सामान्य स्वस्थ मानिसको पिसाब रंगहीन हुनुपर्छ र हरेक तीन घण्टाको फरकमा पिसाब बाहिर निस्कनुपर्छ । रोकिँदै, थोरै वा पटक–पटक पिसाब आउने र पोल्ने तथा खुट्टा सुन्निने भएमा मृगौला खराब भएको हुनसक्छ ।
मधुमेह तथा उच्च रक्तचापका बिरामीले चिनी तथा नुनको सेवन ठिक्क मात्रामा गर्नुपर्छ । यसका रोगी तथा अन्यले पनि वर्षमा एकपटक किड्नी फङ्सन टेस्ट गराउनुपर्छ ।
मृगौला रोगीले के खाने ?
मृगौला रोगमा खाना व्यवस्थापन गर्दा बिरामीको खाना खाने बानी, भौगोलिक अवस्था, आर्थिक अवस्था, तौल, लिंग, बिरामीले गर्ने काम, मृगौला रोग कुन अवस्थाको छ (जस्तो कि मृगौलाको पत्थरी, मृगौलामा पानीका फोकाहरू हुनु, पिसाबको संक्रमण भइरहने, युरिक एसिड आदि) लाई ध्यानमा राखेर खानाको व्यवस्थापन गर्नुपर्छ ।
मृगौला रोगमा खानाको साथै औषधी पनि एउटै समयमा तोकिएको मात्रामा व्यवस्थापन गर्नुपर्छ । यसले गर्दा मृगौलाको कार्यक्षमतामा कमी हुन पाउँदैन । पोषणको स्थितिलाई सन्तुलनमा राखी कुपोषण हुनबाट जोगाउन सकिन्छ । सही तरिकाले खाना खाएन भने बिस्तारै शरीरका तन्तुहरू टुक्रन थाल्छन् । यसको नियन्त्रणका लागि निश्चित मात्रामा सन्तुलित भोजनको जरुरत पर्छ ।
शरीरलाई आवश्यक तत्त्वहरूको ठीक मात्रामा भएको खानालाई वा शरीरको आवश्यकता पूरा गर्न सक्ने विभिन्न किसिमका खानेकुराहरूको मिश्रणलाई सन्तुलित भोजन भनिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगर्मीमा युरिक एसिड बढी भएका बिरामीले कुन फलफूल खाने ?
बैशाख २९, २०८१ शनिबार
यी मन्त्रले अफिसको तनावपूर्ण अवस्थाबाट तत्काल राहत दिन्छ
बैशाख २५, २०८१ मंगलबार
अभिभावकत्वका लागि यी ७ कुरा महत्वपूर्ण
बैशाख २४, २०८१ सोमबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै
बैशाख ३१, २०८१ सोमबार
दिल्लीमाथि रोयल च्यालेन्जर्स बैंगलुरु ४७ रनले विजयी
बैशाख ३१, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख ३१, २०८१ सोमबार
चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना
बैशाख ३१, २०८१ सोमबार
मधेशमा नयाँ सरकार गठनका लागि आज ४ दलले एमालेको नेतृत्वमा दाबी पेश गर्दै
बैशाख ३१, २०८१ सोमबार