वालिङ नगरपालिकाका उपप्रमुख कविता तिवारीले गरिन् १५ औं नगरसभा बहिस्कार
नेपालबहस संवाददाता
पुस २८, २०८० शनिबार १४:४६:१
२८ पुस, काठमाडौं । वालिङ नगरपालिकाका उपप्रमुख कविता तिवारीले १५ औं नगरसभा बहिष्कार गरेकी छिन् । शनिबार आयोजित नगरसभाको एजेण्डामाथि फरक मत राख्दै उनले नगरसभा बहिष्कार गरेकी हुन् ।
वालिङ नगरपालिकाको शिक्षा ऐन २०७४ को दफा १३ क, दफा १३ घ, दफा १३ २ को संशोधन विधेयक माथि फरक मत राख्दै उनले सभा बहिष्कार गरेकी हुन् । सभाले वालिङ नगर भित्रका सामुदायिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सम्बन्धित वडाका अध्यक्ष पदेन हुने प्रस्ताव पारित गरिएको छ ।
उनले आजको सभा बहिष्कार गरेको नेपालबहसलाई जानकारी दिइन् । आजको बहिष्कार बारे छिट्टै पत्रकार सम्मेलन गर्ने समेत बताइन् ।
साथै आज बसेको सभाले स्थानीय मदिरा तथा फलफूलको स्थानीय मदिरा उत्पादन ब्राण्डीङ बिक्री वितरण नियन्त्रण तथा नियमन विधेयक २०८०, वालिङ नगरपालिकाको खानेपानी विधेयक २०८०, वालिङ नगरपालिकाको खानी तथा खानीजन्य पदार्थ सम्बन्धी व्यवस्थापन गर्न बनेको विधेयक २०८० को संशोधन प्रस्ताव पारित गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसामूहिक कृषिमा महिलाको आकर्षण बढ्दो
जेठ ६, २०८१ आइतबार
म्याग्दीलाई पूूर्णखोप सुनिश्चितता दिगोपना घोषणा
जेठ १, २०८१ मंगलबार
प्लाष्टिकजन्य निषेधित वस्तु प्रयोगमा रोक लगाउने तयारी
बैशाख ३१, २०८१ सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
इरानी राष्ट्रपति चढेको हेलीकप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला
जेठ ७, २०८१ सोमबार
काठमाडौंमा सुन लुटपाट गर्ने दुई जना पक्राउ
जेठ ७, २०८१ सोमबार
सभामुख घिमिरेले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक
जेठ ७, २०८१ सोमबार
आठ खर्ब ५३ अर्ब लागतका विभिन्न आयोजना अगाडि बढाउँदै विद्युत् उत्पादन कम्पनी
जेठ ७, २०८१ सोमबार