खर्चको स्टमेटबिनै लिमिटेडलाई २० प्रकारका औषधि तत्काल उत्पादन गर्न प्रधानमन्त्रीको निर्देशन
नेपालबहस संवाददाता
पुस २९, २०८० आइतबार १६:१५:२
२९ पुस , काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल औषधि लिमिटेडलाई तत्काल २० प्रकारका औषधि उत्पादन थाल्न निर्देशन दिएका छन् । तर, औषधी उत्पादन गर्न औषधी लिमिटेडसँग पैसा छैन् । अर्थ मन्त्रालयले २० प्रकारका औषधि उत्पादन गर्न लाग्ने खर्चे दिने सहमति नै गरेको छैन । प्रधानमन्त्रीले भने काम तत्काल थाल्न निर्देशन दिएका छन् ।
आइतबार दिउँसो नेपाल औषधि लिमिटेडका अध्यक्ष यज्ञ न्यौपानेसहितको टोलीलाई सिंहदरबार बोलाएर प्रधानमन्त्रीले सो निर्देशन दिएका हुन् । छलफलमा प्रधानमन्त्रीले विगतमा नेपाल औषधि लिमिटेडले औषधि उत्पादनका क्षेत्रमा राम्रो काम गरेको र पछिल्लोसमय त्यसमा गत्यावरोध देखिएको भन्दै नयाँ ढंगले काम अगाडि बढाउन निर्देशन दिए ।
प्रधानमन्त्री प्रचण्डले भने, ‘विगतमा नेपाल औषधि लिमिटेडले औषधि उत्पादनका क्षेत्रमा राम्रो काम गरेको थियो, बीचमा चाहिँ अपडाउन भएको मैले बुझें । औषधि उत्पादनको कामलाई नयाँ ढंगले गति दिनुपर्छ भनेर नै मैले यो बैठक बोलाएको हुँ । तपाईहरूले काम सुरू गर्नुस् । सरकारको तर्फबाट सहयोग आउछ ।
प्रधानमन्त्रीले अहिले २० वटा औषधि उत्पादनबाट काम सुरू गरेर भविष्यमा त्यसको गुण र मात्रा दुबै बढाउनुपर्ने बताए । देश आत्मनिर्भर बन्ने एउटा राम्रो क्षेत्र यो पनि हो । सबै कुरा एकैपटक नहोला । तपाईहरू काम सुरू गर्नुस् । मैले पनि अर्थ मन्त्रालय र उद्योग मन्त्रालयसँग थप छलफल गर्छु । यस क्षेत्रमा देखिने गरी काम गरौ, उनले भने ।
छलफलमा लिमिटेडका अध्यक्ष न्यौपानेले लिमिटेडले १० प्रकारका औषधिहरू उत्पादन गरिरहेको र तत्काल २० प्रकारका औषधि उत्पादनका लागि आवश्यक गृहकार्य भइरहेको जानकारी गराएका थिए । न्यौपानेले लिमिटेडले भुक्तानी गर्नुपर्ने पूर्ववत दायित्वका कारण काम प्रभावकारी हुन नसकेको बताउँदै केही प्राविधिक जनशक्तिको व्यवस्था, मेसिनहरूको गुणस्तर बृद्धि र केही नयाँ मेसिनहरूको खरिद गरी उत्पादनको कामलाई व्यवस्थित तुल्याइने बताए ।
प्रधानमन्त्रीले सवैले सुन्ने गरी औषधी उत्पादन गर्न भने पनि यसका लागि रकम दिने अर्थ मन्त्रालयलाई केहि निर्देशन दिएका छैनन् । अर्थ मन्त्रालयसामू औषधी लिमिटेडले प्स्ताव लगे पनि स्वीकृत भएको छैन । अर्थ पैसा छैन भनेर अनाकानी गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपश्रमिक दिवसका दिन श्रम मन्त्रालयले घोषणा गर्यो श्रमदान अभियान
बैशाख १९, २०८१ बुधबार
इन्डोनेसियाको पिटी पिएलएन नुसन्तराले नेपालमा ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
बैशाख १८, २०८१ मंगलबार
काठमाडौं–त्रिशुली भएर चल्ने ईभी माईक्रो बसको भाडा घट्याे
बैशाख १८, २०८१ मंगलबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकबाट चोरिएको रकमसहित भारतको मोतीहारीबाट ३ जना पक्राउ
बैशाख २०, २०८१ बिहिबार
वेस्ट इन्डिज ए सँग नेपालको लगातार तेस्रो हार
बैशाख २०, २०८१ बिहिबार
मटिहानीका खरानीका घर, बौरिने प्रतीक्षामा पीडित
बैशाख २०, २०८१ बिहिबार
न्युरोडको आरबी कम्प्लेक्स र पिपुल्स प्लाजालाई कर भुक्तानी र कर विवरण बुझाउन महानगरको पत्र
बैशाख २१, २०८१ शुक्रबार
सुदूरपश्चिममा मुख्यमन्त्रीलाई सत्ता पक्षकै असहयोग, विपक्षमा मतदान गर्न रेशम पक्षधरको ह्विप
बैशाख २१, २०८१ शुक्रबार
राप्रपाको केन्द्रीय समिति बैठक जेठमा बस्ने
बैशाख २१, २०८१ शुक्रबार
टर्कीले तोड्यो इजरायलसँगको व्यापार सम्बन्ध
बैशाख २१, २०८१ शुक्रबार
डढेलो बस्तीमा पस्दा एक जनाको मृत्यु
बैशाख २१, २०८१ शुक्रबार
खडेरीले बाराको दक्षिणी भागमा रोपाइँ भएन
बैशाख २१, २०८१ शुक्रबार