विराटनगर भन्सारले जाँचपासको पुनः परिक्षण थालेपछि व्यवसायीमा त्रास, बक्यौता मात्रै ४२ करोड
नेपालबहस संवाददाता
माघ १, २०८० सोमबार २०:५१:४८
१ पुुष, विराटनगर । विराटनगर भन्सार कार्यालयले भन्सार जाँचपासको पुनः परिक्षण गर्न थालेपछि केहि व्यवसायी र तस्करहरुमा त्रास फैलिएको छ । यसअघिको परीक्षणमा शंकास्पद देखिएका करिव दुुई सयभन्दा बढी फर्म तथा कम्पनीको पुनः परिक्षण गरिने भएकाले त्यस्ता व्यापारी र तस्करहरु त्रसित हुन थालेको हुन । यी फर्म तथा कम्पनीबाट बक्यौता असुल्न पनि बाँकी छ ।
२०७० सालदेखी नै बक्यौता नबुुझाएका ब्यवसायीक फर्ममाथि विराटनगर भन्सार कार्यालयले निगरानी बढाएको भन्सार प्रमुुख ज्ञानेन्द्रराज ढकालले जानकारी दिए । उनले कुनै पनि हालतमा पुनः परिषण गरेर पुरानो बक्यौता पनि असुल गर्ने बतानए । पहिलो चरणमा गत आर्थिक वर्ष २०७९/०८० र चालु आर्थिक वर्ष २०८०/०८१ को ४ महिनामा जारी भएका प्रज्ञापनपत्रमध्ये शंकास्पद देखीएका भन्सार जाँचपासको पुनः परीक्षण सुुरु गरिएको हो ।
विराटनगर भन्सारबाट त्यसरी असुुल गर्नुुपर्ने करिव ४२ करोडभन्दा बढी नै बक्यौता रहेको भन्सार प्रमुख ढकालले बताए । दुुई सयभन्दा बढी प्रज्ञापनपत्र जारी भएकोमा पहिलो चरणमा करिव एक सय वटा प्रज्ञापनपत्रको भन्सार जाँचपास परीक्षण भन्सार कार्यालयले सुरु गरेको छ । कार्यालयका अनुसार भन्सार जाँचपास परीक्षण र शंकास्पद आयात निर्यातकर्ता फर्म तथा कम्पनी छनोट गर्ने काम सुुरु भइसकेको छ ।
विराटनगर भन्सार जाँचपास स्रोतका अनुुसार दुुइ सयमध्ये एक सय वटा छनोट गरिसकेको र बाँकी एक सय वटा छनोट हुने क्रममा रहेको छ । अहिले छनोट गरेका सबै आयात तथा निर्यातकर्ता र्फम एवम् कम्पनीको अडिट रिपोर्ट पनि हेर्ने काम विराटनगर भन्सारले धमाधम गरि रहेको छ । अर्को तीर भन्सार विभाग र भन्सार जाँचपास परीक्षण कार्यालयले पनि कुल ३६० वटा आयात तथा निर्यातकर्ता फर्मको अनुसन्धानबाट १९ करोड राजस्व संकलनको लक्ष्य लिएको बताएको छ ।
आर्थिक वर्ष २०७९/०८० र चालु आर्थिक वर्ष २०८०/०८१ को ४ महिनामा जारी भएका प्रज्ञापनपत्रमध्ये शंकास्पद देखिएका ३६० वटा फर्म तथा कम्पनीबाट करिब साढे ९ करोड राजस्व हिनामिना भएको आशंका गरिएको छ । जरिवानासहित १९ करोड राजस्व संकलनको लक्ष्य राखिएको बताइएको छ । अनुसन्धान तथा अडिटमा परेका सबै फर्म तथा कम्पनीहरुबाट गलत काम भएको छ भन्ने होइन तर विभाग र जाँचपास कार्यालयले शंकास्पद लागेका ३६० वटा कम्पनी छनोट गर्दा १९ करोड राजस्व संकलन गर्ने वा थप हुने अनुमान गरिएको हो ।
भन्सार जाँचपास गर्दा भन्सार तथा राजस्व छली गरेको पाइएमा छली गरेको राजस्व अशुल गरिनेछ भने सोही बराबर जरिवानासमेत लाग्नेछ । भन्सार विभाग र भन्सार जाँचपास परीक्षण कार्यालयले आधा आधा शंकास्पद प्रज्ञापनपत्रको छनोट गर्ने भए पनि अनुसन्धान भने सबै जाँचपास परीक्षण कार्यालयले गर्ने भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहिला उद्योगी व्यवसायी बढ्दै, १० महिनामा दुई करोड ६३ लाख राजस्व संकलन
जेठ ७, २०८१ सोमबार
बारामा दश महिनामा रु दुई करोड ४३ लाख राजस्व संकलन
जेठ ७, २०८१ सोमबार
मेची भन्सारद्वारा रु एघार अर्ब ५९ करोड राजस्व संकलन
जेठ ६, २०८१ आइतबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
प्रधानमन्त्रीसँग बिम्स्टेकका महासचिवको शिष्टाचार भेट
जेठ ८, २०८१ मंगलबार
कैलाश सिरोहियाको रिट दर्ता गर्ने वा नगर्ने भन्नेबारे भोलि निर्णय हुने
जेठ ८, २०८१ मंगलबार
समानीकरण अनुदान कटौती हुँदैन : प्रधानमन्त्री
जेठ ८, २०८१ मंगलबार
सेनाको पेट्रोल पम्पमा काम गर्ने कर्मचारीलाई 'अग्नि सुरक्षा सम्बन्धी' तालिम
जेठ ८, २०८१ मंगलबार
बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम जेठ १४ गते प्रस्तुत हुने
जेठ ८, २०८१ मंगलबार