पुरस्कृत हुने बेलामा कारबाहीका लागि मुख्यालय हाजिर !
नेपालबहस संवाददाता
माघ २, २०८० मंगलबार १०:५७:२२
२ माघ, काठमाडौं । सशस्त्र प्रहरीका एक एसपी पुरस्कृत हुने बेलामा कारबाहीमा परेका छन् । सशस्त्र प्रहरीले माघ ९ गते स्थापना दिवस मनाउने क्रममा गण गुल्म लगायतमा क्रियाशील रहेका मध्यबाट पुरस्कृत गर्ने बेला ती एसपी कारबाहीमा परेका हुन् ।
गणमा भएको अधिक जनशक्ति बिदा छोडेर राशनमा आर्थिक अनियमिता गरेको आरोपमा सशस्त्र प्रहरीका एसपी कमलचन्द्र गैरे मुख्यालय तानिएका छन् । तनहुँको २३ नम्बर गणका गणपति गैरेले ७० प्रतिशत कर्मचारी विदा छोडेको आरोपमा मुख्यालय तानिएका हुन् ।
त्यसरी बिदा छोडेपछी पोखरा स्थित बाहिनिका डीआईजी कालिदास धौबजीलाइ छानबिन गर्न हेडक्वार्टरले आदेश दिएको थियो । छानबिनका क्रममा नीति भन्दा धेरै विदामा पाइएपछि तानिएको मुख्यालय स्रोतले जनाएको छ ।
उनलाई अब कमन्डमा फिर्ता पठाइने संभावना नरहेको र त्यहाँ जान आईजीपी राजु अर्याललाई सोर्स लगाउन एउटा समूह गृहमन्त्रालय समेत पुगेको छ । माघ १५ बाट गणपतिहरूको सरुवा हुने भएकाले त्यसअघि नै त्यहाँ जानका लागि गृहमन्त्रालयबाट लाइन मिलाउन एउटा टोली गृहमन्त्रीको सचिवालयमा पुगेको छ । मन्त्रालयका कोही कर्मचारीले भनेको आईजीपी अर्यालले नटेर्ने भएकाले मन्त्रीकै सोर्स प्रयोग गर्न दौडधूप चलिरहेको छ ।
स्रोतका अनुसार विदा छोड्ने मात्र होइन उनले आफू अवकाश जान लागेकाले गणमा कमसल खाना खुवाएको आरोप समेत छ । ‘गणमा कार्यरत कर्मचारी प्रती उदासीन रहने , मातहतको पिर मर्का नबुझ्ने र रासनमा मात्र गिद्धे नजर लगाउने काम भयो’, गणमा कार्यरत एक सिनियर अधिकृतले भने । उनी यही माघमा अनिवार्य अवकाश हुँदैछ । अवकाशको बेलामा उनलाई कारबाहीको लागि भन्दै तानिएको हो ।
यसैगरी प्रहरी महानिरीक्षक मातहत रहने बाघ भैरव गुल्म पति डीएसपी रजनी थापाले पनि नजानिदो पाराले विदा छाडेको गुनासो मुख्यालयमा पुगेको छ । काठमाडौंको शान्ति सुरक्षालाई सहयोग पुग्नेगरी स्थापना गरिएको र फिल्डमा खटाउने प्रयोग गरिने यो गुल्ममा करिब २५० भन्दा बढी जनशक्ति रहेको छ । दैनिक ३० देखि ३५ जना घरायसी विदा बाहेक अन्य ४० देखि ४५ जना विदा छाड्ने गरेको गुल्म स्रोतले जानकारी दिएको छ । आईजीपी अर्यालले डीएसपी थापालाई महिला कमाण्डरको रुपमा त्यहाँ पठाइएको हो ।
यता तराईमा कार्यरत केही कमान्डर समेत कारबाहीमा परेको बुझिएको छ । बिओपी गौरमा कार्यरत डीएसपी अमर लामालाई बाहिनी तानिएको छ । उता नबलपरासी , रुपन्देही र कपिलवस्तुको तस्करी रोकिएको छैन । नवलपरासी गणका गणपती धिरेन्द्र न्यौपानेले मातहत बिओपीसँगको मिलेमतोमा व्यापक तस्करी गराएको आरोप छ । खासगरी भुजहवा, हरपुरबाट दिउँसै तस्करी भएको श्रोतको दाबी छ ।
यस्तै रुपन्देहिको डन्डा, मझगवा लगाएतको बोर्डर बाट तस्करी मौलाएको भन्दै सशस्त्र प्रहरी मुख्यालयमा उजुरीका चाङ लाग्ने गरेका छन् । धेरैको उजुरी परिरहेको बेला यसपल्ट नवलपरासीका एसपी पुरस्कृतको सूचीमा रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसीमा क्षेत्रमा सशस्त्रको पैदल गस्ती सुरु
बैशाख ९, २०८१ आइतबार
२३ किलो चरेशसहित एक व्यक्ति नियन्त्रणमा
बैशाख ४, २०८१ मंगलबार
सशस्त्रको नायव महानिरीक्षकमा पदोन्नति भएका अधिकारीलाई दर्ज्यानी चिन्ह प्रदान
बैशाख ३, २०८१ सोमबार
इलाम-२ मा मतगणनाको तयारी, सर्वदलीय बैठक बस्दै
बैशाख १६, २०८१ आइतबार
बझाङको मतगणना १ बजेदेखि जिल्ला अदालत चैनपुरमा शुरु हुने
बैशाख १६, २०८१ आइतबार
जुगल गाउँपालिका-७ का वडाध्यक्ष पक्राउ
बैशाख १६, २०८१ आइतबार
लगानी सम्मेलन : पहिलो दिन १४ सयभन्दा बढी सहभागी, दुई सम्झौता सम्पन्न
बैशाख १६, २०८१ आइतबार
बझाङमा एमालेका भण्डारी लाई ६७७ मतको अग्रता (अपडेट)
बैशाख १६, २०८१ आइतबार
रिग्मो गाउँ
बैशाख १६, २०८१ आइतबार
मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा
बैशाख १६, २०८१ आइतबार
आज राति देशका केही स्थानमा हावाहुरीको सम्भावना
बैशाख १६, २०८१ आइतबार