मेरो माइक्रोफाइनान्सको साधारणसभा २६ माघमा, के-के छन् एजेण्डा ?
नेपालबहस संवाददाता
माघ ३, २०८० बुधबार १०:५३:१८
३ माघ, काठमाडौं । मेरो माइक्रोफाइनान्सको ११ औं वार्षिक साधारणसभा माघ २६ गते बस्ने भएको छ। सभामा कम्पनीले लाभांश वितरणसम्बन्धी कुनै प्रस्ताव पेश नगर्ने जनाएको छ।
कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट लाभांश वितरण नगरी गत आर्थिक वर्षको नाफालाई सञ्चित गर्ने निर्णय गरेको हो। सभामा शेयर स्वामित्व परिवर्तन गर्ने एजेन्डा छ। हाल कम्पनीमा संस्थापक समूहको ६९.४० प्रतिशत र सर्वसाधारण समूहको ३०.४० प्रतिशत हिस्सा कायम रहेको छ।
यसलाई अब परिवर्तन गरेर संस्थापक समूहकको ५९.४० प्रतिशत र सर्वसाधारण समूहको ४०.४० प्रतिशत कायम बनाउने एजेन्डा छ। कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ।
आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ साथै आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ। सभा प्रयोजनका लागि कम्पनीले माघ ५ गते बुक क्लोज गर्ने जनाएको छ।
यसर्थ माघ ४ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन्। सभा, सिद्धार्थ होटल वाटर टावर, विदुर–४, बट्टार, नुवाकोटको सभा हलमा बिहान साढे ११ बजे सुरु हुनेछ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतेस्रो त्रैमाससम्म आइपुग्दा मेरो माइक्रोफाइनान्सको खुद नाफा बढ्यो
बैशाख २०, २०८१ बिहिबार
गोर्खाज फाइनान्सको साधारणसभा २ चैतमा, मुख्य एजेण्डा के हो ?
फागुन २८, २०८० सोमबार
गोर्खाज फाइनान्सको चैत २ गते बस्दैछ साधारणसभा
फागुन २२, २०८० मंगलबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
नेपाली हाते कागज उद्योगबाट गाउँमै मनग्य आम्दानी
जेठ ८, २०८१ मंगलबार
हलो र गोरुको सहायताले मकै छर्दै किसान
जेठ ८, २०८१ मंगलबार
अरनिको राजमार्गमा जोखिमपूर्ण यात्रा गर्न बाध्य
जेठ ८, २०८१ मंगलबार
अल्पसङ्ख्यक छन्त्याल समुदायको बसोबास रहेको ठाडाखानी गाउँ
जेठ ८, २०८१ मंगलबार
शुक्लाफाँटामा बाह्रसिंङ्गेको बथान
जेठ ८, २०८१ मंगलबार