बागलुङका दुई विद्यालयमा पशु विज्ञान पढाइने
इन्द्र रिजाल
बैशाख ७, २०७६ शनिबार १४:७:४५
गलकोट । बागलुङको दुई विद्यालयलाई सरकारले पशु विज्ञान अध्यापनका लागि अनुमति प्रदान गरेको छ । जिल्लाको ताराखोला गाउँपालिका–४ तारागाउँस्थित नेपाल माध्यमिक विद्यालय र निसीखोला गाउँपालिका–५ निसीगाउँस्थित ज्ञानेन्द्र माविमा पुश विज्ञान अध्यापनका लागि अनुमति पाएको हो ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्र, शैक्षिक प्रविधि शाखा, सानोठिमी भक्तपुरले कक्षा ११ र १२ सम्म पशु विज्ञान अध्ययनका लागि हालै मात्र अनुमति दिएको हो ।
शिक्षालाई व्यावहारिक तथा प्रयोगात्मक बनाउने अभियानमा नेपाल सरकारले प्राविधिक शिक्षालाई प्राथमिकता दिने अभियानअन्तर्गत अनुमति प्रदान गरेको मन्त्रालयले जनाएको छ । “हामीले पटक पटकको प्रयासपछि पशु विज्ञान अध्यापन गराउने अनुमति प्राप्त गरेका छौँ,” नेपाल मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिवस खत्रीले भने, “गाउँमै विपन्न परिवारका छोराछोरीलाई प्राविधिक शिक्षाको पहुँच पुग्नेछ ।”
नेपाल माविले गत फागुनमा स्वर्ण महोत्सवका अवसरमा प्राविधिक सञ्चालनका लागि सञ्चालन गरेको आर्थिक सहयोग अभियानमा डेढ करोड रुपैयाँ सङ्कलन गरेको विद्यालयले जनाएको छ ।जिल्लाकै विकट विद्यालयमा प्राविधिक पशुविज्ञान सञ्चालन गर्न पाउँदा खुशी लागेको ज्ञानेन्द्र माविका व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर घर्ती मगरले प्रतिक्रिया दिए ।
“दूरदराजका विद्यालयमा प्राविधिक शिक्षाको पहुँच पुग्दा दक्ष जनशक्ति उत्पादन हुनेछन्,” मगरले भने । सामुदायिक विद्यालयप्रतिको आकर्षण घटिरहेको सन्दर्भमा कक्षा १ देखि १२ सम्म अध्यापन गराउँदै आएका उक्त दुई विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दो छ ।
नेपाल माविमा ४९१ र ज्ञानेन्द्र माविमा ७१५ विद्यार्थी अध्यनरत छन् । प्राविधिक शिक्षा सञ्चालनका आवश्यक तयारी भईरहेको नेपाल माविका प्रधानाध्यापक थमप्रसाद रोकाले बताए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थप‘चित्रकला’ र ‘मूर्तिकला’ बाट सीपसँगै जीवनको रङ्ग पहिचान गर्दै विद्यार्थी
बैशाख ३१, २०८१ सोमबार
विद्यालय कर्मचारीलाई दरबन्दीमा कायम गराउन माग
बैशाख २९, २०८१ शनिबार
भवन अभावले एउटै कोठामा दुई फरक-फरक कक्षा सञ्चालन गर्नुपर्ने बाध्यता
बैशाख २५, २०८१ मंगलबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
जेठ २, २०८१ बुधबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार
हृदयाघातबाट दैनिक १० हजार युरोपेलीको मृत्यु
जेठ २, २०८१ बुधबार
लाङटाङ हिमाल पदमार्गमा सरसफाइ गरिने
जेठ २, २०८१ बुधबार
टेबल टेनिस खेलाडी स्यान्टु पेरिस ओलम्पिकमा छनोट
जेठ २, २०८१ बुधबार
दुबई र कुवेतमा कार्यालय खोलेर नेपालबाट मानव तस्करी
जेठ २, २०८१ बुधबार
ट्राफिकको यान्त्रिक चेकिङमा ५३ जना चालकमाथि कारबाही
जेठ २, २०८१ बुधबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार