सिमकोट गाउँपालिकाले जाजरकोट भूकम्पका पीडितलाई सहयोग गर्ने
नेपालबहस संवाददाता
माघ ४, २०८० बिहिबार १५:२८:३७
४ माघ, सिमकोट । जाजरकोट र रुकुमपश्चिमका भूकम्पपीडितलाई हुम्लाको सिमकोट गाउँपालिकाले रु एक–एक लाख प्रदान गरेको छ । भूकम्पमा ज्यान गुमाएका र पीडित परिवारलाई आर्थिक सहयोगस्वरुप सिमकोट गाउँपालिकाले आज जिल्ला प्रशासन कार्यालय हुम्लामार्फत उक्त रकमको चेक हस्तान्तरण गरेको हो ।
प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेललाई रु एक–एक लाखको चेक सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारी, प्रमुख प्रशासकीय अधिकृत सुवास आले, गाउँपालिका लेखा प्रमुख विशाल बोहराले संयुक्तरूपमा हस्तान्तरण गरेको हो ।
विपद्का बेला सहयोग गर्नु मानवीय धर्म भएको र थोरै भए पनि पीडितलाई सहयोग गरिएको गाउँपालिका अध्यक्ष भण्डारीले बताए । सिमकोट गाउँपालिकाले जिल्ला र जिल्ला बाहिरका भूकम्प, आगलागी, बाढीपहिरोलगायत विपद्मा परेकालाई सहयोग गर्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजिल्ला अस्पताल हुम्लामा औषधि अभाव, बिरामी खाली हात फर्किन बाध्य
जेठ ७, २०८१ सोमबार
रुडु बन्चु प्रचारप्रसार र संरक्षण अभावले ओझेलमा
जेठ ६, २०८१ आइतबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
नेपालबहस संवाददाता
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
विनोद त्रिपाठी
जेठ ८, २०८१ मंगलबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
गृहमन्त्री रवि लामिछानेको दोहोरो पासपोर्टको अनुसन्धान कहिले ? : सिरोहिया
जेठ ८, २०८१ मंगलबार
सेक्युरिटी प्रिन्टिङ खरिदमा भ्रष्टाचार : विकललाई २ वर्ष कैद, २५ करोड जरिवाना
जेठ ८, २०८१ मंगलबार
राहुघाटको ‘प्रेसर साफ्ट’ ‘ब्रेक थ्रु’
जेठ ८, २०८१ मंगलबार
तरकारी खेतीबाट वार्षिक रु आठ लाखको बचत
जेठ ८, २०८१ मंगलबार
सानिमा बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदै, वितरण योग्य नाफामा पहिरो
जेठ ८, २०८१ मंगलबार