पीएम कप : एपीएफमाथि मधेश प्रदेश ५ विकेटले विजयी
नेपालबहस संवाददाता
माघ ४, २०८० बिहिबार १६:२०:३०
४ माघ, काठमाडौं । मधेश प्रदेशले विभागीय क्लब एपीएफलाई ५ विकेटले पराजित गरेको छ । जारी प्रधानमन्त्री कप अन्तर्गत विहिबार टियु मैदानमा सम्पन्न खेलमा एपीएफले दिएको २४७ रनको लक्ष्य पछाएको मधेश प्रदेशले ४८ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको हो ।
मधेश प्रदेशको जितमा रुपेश सिंहले सर्वाधिक ७२ रन बनाए भने पवन सराफले ६४ तथा निरज यादवले ५२ रन बनाएका थिए । यस अघि पहिला ब्याटिङ गरेको एपीएफले ५० ओभरमा ९ विकेट गुमाउँदै २४६ रन बनाएको थियो ।
एपीएफका लागि आसिफ सेखले ५९ र कप्तान रोहित पौडेलले ५८ रन बनाएका थिए । त्यस्तै अमर राउटेलाले अविजित ४९ रन बनाएका थिए । त्यसैगरी मधेशका बलर रुपेश सिंह र प्रदिप पासवानले ३(३ विकेट लिएका थिए ।
जारी पीएम कपमा मधेशको चौथो खेलमा दोस्रो जित हो । यो जितपछि मधेश प्रदेश अंक तालिकामा सातौ स्थानमा रहेको छ ।
त्यस्तै एपीएफले भने आफ्नो तेस्रो खेलमा पहिलो हार बेहोरेको छ । एपीएफको ३ खेलमा ४ अंक छ र अंकतालिकामा चौथो स्थानमा झरेको छ ।
अब एपीएफले अर्को खेल आगामी सोमबार भैरहवामा नेपाल पुलिस क्लबसँग खेल्ने छ भने मधेश प्रदेशले शनिबार टियु मैदानमा कर्णाली प्रदेशको सामना गर्ने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्डेयालाई एक खेलको प्रतिबन्ध
जेठ ५, २०८१ शनिबार
भारतको राष्ट्रिय क्रिकेट टिमको नयाँ प्रशिक्षकमा गौतम गम्भीरको सम्भावना कति ?
जेठ ५, २०८१ शनिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
आइपिएलको प्लेअफको समीकरण पुरा, पहिलो क्वालिफायरमा कोलकोता र सनराइजर्स खेल्ने
जेठ ७, २०८१ सोमबार
प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची
जेठ ७, २०८१ सोमबार
मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल
जेठ ७, २०८१ सोमबार
म्यानचेस्टर सिटीले जित्यो प्रिमियर लिगको उपाधि
जेठ ७, २०८१ सोमबार
दमौलीको मुख्यचोकका सटरमा भीषण आगलागी
जेठ ७, २०८१ सोमबार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
जेठ ७, २०८१ सोमबार