पीएम कप : गण्डकीमाथि सुदूरपश्चिम प्रदेशको फराकिलो जित
नेपालबहस संवाददाता
माघ ४, २०८० बिहिबार १६:२३:१६
४ माघ, काठमाडौं । सुदूरपश्चिम प्रदेशले जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित हासिल गरेको छ ।
बिहिबार भैरहवामा सम्पन्न खेलमा सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई १०८ रनको फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगितामा तेस्रो जित हासिल गरेको हो ।
सुदूरपश्चिमले दिएको २०२ रनको लक्ष्य पछाएको गण्डकी प्रदेश ३०.२ ओभरमा ९३ रन बनाएर अल आउट भएको थियो ।
गण्डकीका लागि अस्वानी रानाले २५ तथा कमल परियारले २२ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेका थिएनन् । गण्डकीलाई कम रनमा आउट गर्नेक्रममा सुदूरपश्चिमका बलर शेर मल्लले ५ विकेट लिएका थिए ।
यस अघि पहिला ब्याटिंग गर्दै सुदूरपश्चिम प्रदेशले ५० ओभरमा अल आउट हुदै २०१ रन बनाएको थियो । सुदूरपश्चिमका लागि किरण ठगुन्नाले सर्वाधिक ६० रन बनाएका थिए भने नारायण जोशीले ४६ रन बनाएका थिए । त्यस्तै गण्डकीका बलर विपिन खत्री र अंकित न्यौपानेले ३-३ विकेट लिएका थिए ।
जारी प्रधानमन्त्री कपमा यो सुदूरपश्चिमको लगातार तेस्रो जित हो । यो जितपछि सुदूरपश्चिमको ३ खेलमा ६ अंक भएको छ । त्यसैगरी गण्डकी प्रदेशको भने यो लगातार तेस्रो हर हो ।
अब सुदूरपश्चिमले अर्को खेल आगामी सोमबार टियु मैदानमा मधेश प्रदेशविरुद्ध खेल्ने छ भन गण्डकी प्रदेशले आइतबार मुलपानी मैदानमा कोशी प्रदेशविरुद्ध खेल्ने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्डेयालाई एक खेलको प्रतिबन्ध
जेठ ५, २०८१ शनिबार
भारतको राष्ट्रिय क्रिकेट टिमको नयाँ प्रशिक्षकमा गौतम गम्भीरको सम्भावना कति ?
जेठ ५, २०८१ शनिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार