अयोध्या राम मन्दिरमा प्राणप्रतिष्ठाको दिन मासु-मदिरा माथि प्रतिबन्ध
नेपालबहस संवाददाता
माघ ४, २०८० बिहिबार १६:४४:५५
♦ सञ्जय मिश्रा
४ माघ, रौतहट । भारतको प्रधानमन्त्री नरेन्द्र मोदीको प्रत्यक्ष निगरानीमा जनवरी २२ तारिक अर्थात् यही माघ ८ गते अयोध्यामा नवनिर्मित राममन्दिरमा प्राण प्रतिष्ठा हुँदैछ ।
राम मन्दिरमा हुन लागेको प्राण प्रतिष्ठा भारत र नेपालको लागी मात्र नभइ पुरै संसारको लागी चासोको विषय बनेको छ। राम मन्दिर निर्माण तथा प्राण प्रतिष्ठाको लागि भारतका ठूला उद्योगी व्यापारी घराना देखि बलिउडका ठूला कलाकारहरूले स्वेच्छाले करोडौं चन्दा दिएका छन्।
त्यतिमात्र नभइ भारतका ठूला ठूला सेलिब्रिटीहरु अहिले अयोध्या केन्द्रित भएकाले संसारमै चर्चा र चासोको विषय बनेको छ। अहिले भारतका अधिकांश राष्ट्रिय मिडियाहरु पनि अयोध्या केन्द्रित भएकाले सिंगो भारत राममय बनेको छ।
पछिल्लो एकसाता देखि भारतीय मीडिया र सामाजिक सञ्जाल रामको भजनले भरिभराउ छ। भारत र नेपाल बीच सदियौं देखि चलेको रोटी बेटीको सम्बन्धको प्रभाव पनि त्यतिकै परेको देखिन्छ। धार्मिक आस्था र विश्वासले मिडिया र सामाजिक सञ्जालको प्रभाव मधेश प्रदेशमा पनि उतिकै परेको छ।
अयोध्यामा हुने प्राण प्रतिष्ठाको दिन प्रदेशको गाउँ गाउँमा विभिन्न प्रकारको यज्ञको तयारी सुरु भएको छ। साधु सन्त, जनप्रतिनिधि, गाउँका अगुवा, संघ संस्था लगायतको अगुवाईमा कतै हुनुमान आराधना , हनुमान चालिसा पाठ, रामधुन लगायत उक्त दिन धार्मिक अनुष्ठानको तयारी सुरु भएको गौर नगरपालिकाका मेयर शम्भु साहले बताएका छन्।
भगवान रामको ससुराली पनि जनकपुर भएकाले हामी माता सीताको माइती पक्ष भएको कारण अयोध्यामा राम मन्दिरमा हुने प्राण प्रतिष्ठाको दिन हामीले पनि आफ्नो दायित्व पूरा गर्नुपर्ने उनीहरूको तर्क रहेको छ।
जनवरी २२ त्यही दिन अर्थात् माघ ८ गते वीरगञ्जमा पनि रामजानकी मन्दिरमा प्राणप्रतिष्ठाको तयारी गरिएको छ । मन्दिर पुनर्निर्माण भइरहेको छ । पकनवनिर्मित रामजानकी मन्दिर वीरगञ्जमा हिन्दू धर्ममा आस्था राख्नेको मात्र नभएर सबैको साझा धरोहर बनाउने काममा वीरगञ्ज महानगरको नेतृत्वमा आएका नगर प्रमुख राजेशमान सिंहले अगुवाईमा भई रहेको छ ।
उक्त दिन महानगर क्षेत्रभित्र कुनै पनि पशुपन्छी, जीवजन्तु आदिको वध, मदिरा, माछामासुको बिक्री वितरणलगायत कार्य नगर्न महानगरले अनुरोध गरेको छ । अटेर गरी त्यस्ता कार्य गरेको पाइएमा नियमानुसार कारबाही गर्ने समेत महानगरको चेतावनी छ ।
उक्त दिन वीरगञ्ज महानगरक्षेत्रभित्र कुनै पनि पशुपन्छी, जीवजन्तु आदिको वध, मदिरा, माछामासुको बिक्रीवितरणलगायतका कार्यहरु नगरिदिन सूचना मार्फत सबै सरोकारवाला लाई अनुरोध गरिएको छ।
त्यसैगरी, रौतहटको सदरमुकाम गौर, बाराको सदरमुकाम कलैया सहित कैयौं नगरपालिकाले छुटाछुटै सूचना जारिगर्दै जनवरी २२ अर्थात् माघ ८ गते सोमबारका दिन आआफ्नो नगरक्षेत्र भित्र विभिन्न देवी देवताको प्राण प्रतिष्ठा , पूजा ,हुने भएकाले जीवजन्तु हत्या,मासु,माछा, मदिरा बिक्री वितरण माथि रोक लगाएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपघाटु नाँच संरक्षणमा सोरबिस्नाका गुरुङ
जेठ ६, २०८१ आइतबार
दुःखबाट मुक्ति पाउन मोहिनी एकादशी पर्व मनाइँदै
जेठ ६, २०८१ आइतबार
छिन्नमस्ता जयन्ती किन मनाइन्छ, यसको महत्व के छ ?
बैशाख ३१, २०८१ सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार