४२ हजार ५२४ पीडितमध्ये २७ हजार भूकम्पपीडितले पाए पहिलो किस्ताको राहत
नेपालबहस संवाददाता
माघ ६, २०८० शनिबार ११:२६:६
६ माघ, जाजरकोट । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पबाट प्रभावित मध्ये हालसम्म २७ हजार ९१ जनाले अस्थायी आवासका लागि पहिलो किस्ताको रकम पाएका छन् । ४२ हजार ५२४ पीडितमध्ये २७ हजार ९१ पीडितले मात्र पहिलो किस्ताको रकम पाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हरिश्चन्द्र शर्माका अनुसार भेरी नगरपालिकाका जम्मा पीडित ६ हजार ६३४ मध्ये चार हजार ६४२ ले पहिलो किस्ताको रकम पाएका छन् । नलगाड नगरपालिकाका जम्मा आठ हजार ९७ जना पीडितमध्ये सात हजार १५० जनाले पहिलो किस्ता रकम प्राप्त गरेको जानकारी गराएको छ । छेडागाडमा आठ हजार २०५ मध्ये दुई हजार १८८ जनाले मात्र रकम पाएको उल्लेख गरिएको छ ।
बारेकोटमा पाँच हजार ५८६ मध्ये चार हजार ६८७ जनाले पहिलो किस्तावापतको रकम पाएका छन् । कुशे गाउँपालिकाका पाँच हजार २८७ परिवारमध्ये चार हजार १५४ परिवारले पहिलो किस्ताको रकम पाएका छन् ।
जुनिचाँदे गाउँपालिकामा पाँच हजार ६०६ मध्ये एक हजार ११३ परिवारलाई पहिलो किस्ता उपलब्ध गराएको छ । शिवालय गाउँपालिकामा तीन हजार ३०९ जनामध्ये तीन हजार १४७ परिवारलाई पहिलो किस्ता उपलब्ध गराएको जानकारी दिइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘संविधानको अक्षरश : पालनाबाट नागरिक अधिकार सुनिश्चित’
असोज ३, २०८१ बिहिबार
बाटो पहिरो आएर भत्किँदा दुई दिनदेखि विद्यालय बन्द
भदौ २९, २०८१ शनिबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
नेपालबहस संवाददाता
असोज ४, २०८१ शुक्रबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
असोज ४, २०८१ शुक्रबार
सहकारीको नामबाट गोरखा मिडियाको खातामा आएको साढे २२ करोडमा रवि लामिछाने संलग्न
असोज ४, २०८१ शुक्रबार
बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना
असोज ५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
असोज ५, २०८१ शनिबार
यस वर्ष दशैंको टीकाको साइत बिहान ११ः३६ बजे
असोज ४, २०८१ शुक्रबार
सांस्कृतिक आदानप्रदान र दिगो विकासमा पर्यटनको भूमिका महत्वपूर्णः पर्यटनमन्त्री
असोज ४, २०८१ शुक्रबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
असोज ४, २०८१ शुक्रबार
नागढुङ्गा-नौबीसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिने सहमति
असोज ४, २०८१ शुक्रबार