सुर्खेतमा यातायात व्यवसायीबीचको झडपपछि अवरुद्ध राजमार्घ प्रहरीले खुलायो
नेपालबहस संवाददाता
माघ ६, २०८० शनिबार १२:१३:२०
६ माघ, काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरमा टिकट काउन्टरका विषयमा यातायात व्यवसायीबीच शनिबार बिहान झडप भएपछि अरुद्ध भएको रत्नराजमार्ग खुलेको छ । प्रहरीले बल प्रयोग गरेर राजमार्घ खुलाएको छ । विहान भएको झडपमा २ जना घाइते भएको प्रहरीले जनाएको छ । वीरेन्द्रनगर नगरपालिका–१० बुलबुले चोकमा रहेको भिजिट कर्णाली यातायात प्रालि र सयुक्त यातायात प्रालिका व्यवसायीबीच झडप भएको हो ।
यातायात व्यवसायीको आक्रमणबाट बुलबुले काउन्टरमा रहेका भिजिट कर्णाली यातायतका कर्मचारीसमेत घाइते भएको भिजिट कर्णाली यातायात प्रालिका अध्यक्ष प्रकाश शाहीले जानकारी दिए । आक्रमण हुँदा संरचनासहित कर्मचारी लोकेन्द्र शाही, गगनशाही लगायत चार जना घाइते भएका छन । बसपार्कबाट आएको यायायात व्यवसायीको हुलले आक्रमण गरेको थियो ।
यस्तै, अध्यक्ष शाहीले यातायात सञ्चालनका विषयमा कानुनी प्रक्रिया पूरा गरेर भिजिट कर्णाली यातायात प्रालिले गत पुस २४ गतेदेखि स्कार्पियो जिपबाट नागरिकहरूलाई सेवा दिइरहेको बताए । संयुक्त यातायात व्यवसायीमा आवद्ध केही व्यक्तिले हतियार प्रहार गरेर भिजिट कर्णालीका कर्मचारीलाई घाइते बनाएको भिजिट कर्णाली यातायात प्रालिको आरोप छ ।
यता, संयुक्त यातायात सेवाले भने भिजिट यातायात प्रालिलाई मनोमानी तरिकाले टिकट काटेको आरोप लगाएको छ । झडपपछि केही समय बन्द भएको रत्नराजमार्ग खुलेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार उक्त स्थानमा प्रहरी तैनाथ गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजिल्ला अस्पताल हुम्लामा औषधि अभाव, बिरामी खाली हात फर्किन बाध्य
जेठ ७, २०८१ सोमबार
रुडु बन्चु प्रचारप्रसार र संरक्षण अभावले ओझेलमा
जेठ ६, २०८१ आइतबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
प्रधानमन्त्रीसँग बिम्स्टेकका महासचिवको शिष्टाचार भेट
जेठ ८, २०८१ मंगलबार
कैलाश सिरोहियाको रिट दर्ता गर्ने वा नगर्ने भन्नेबारे भोलि निर्णय हुने
जेठ ८, २०८१ मंगलबार
समानीकरण अनुदान कटौती हुँदैन : प्रधानमन्त्री
जेठ ८, २०८१ मंगलबार
सेनाको पेट्रोल पम्पमा काम गर्ने कर्मचारीलाई 'अग्नि सुरक्षा सम्बन्धी' तालिम
जेठ ८, २०८१ मंगलबार
बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम जेठ १४ गते प्रस्तुत हुने
जेठ ८, २०८१ मंगलबार