चुनाव ! नेतालाई देश लुटने लाइसेन्स
नेपालबहस संवाददाता
माघ ७, २०८० आइतबार १५:५८:४
राजनीतिमा त्यागले दिने सन्तुष्टिलाई भ्रष्टाचारबाट आर्जित सम्पत्तिले जित्न सक्दैन । किसुनजीको राजनीतिमा देखिएको त्यागलाई शेरबहादुर देउवाजीको बुढानिलकण्ठको आलिशान महलले जित्न सकेन । शैलजा दिदीले कमाउनु भएको राजनीतिक निष्ठा र इमान्दारिता आरजु भाउजुको द्रब्य मोहले पाउन सकेन । गणेशमानजीले नेपाली राजनीतिमा देखाएको त्याग र गर्नुभएको समर्पणलाई गिरिजाबाबुको पटक पटकको प्रधानमन्त्री पदले समेत कहि कतै भेट्टाउन सकेन । महेन्द्र नारायण निधि तथा बलबहादुर राई जस्ता होनहार नेताको विश्वास र परिश्रमलाई नक्कली शरणार्थीका नाममा मामाघर जाँदै आउँदै गर्ने खाँण दाईले आर्जन गर्न सकेनन् ।
रामबाबु र भरतबाबु, तुर्सा हेमरम र जेठो सतार जस्ता प्रजातन्त्रका हस्तीहरूको जिउँदो बलिदानीलाई अहिले देखिएका ठूटे राजनीतिज्ञहरूको पुंग न पुच्छरको भाषण र गालीगलौचका वक्तव्यबाजीले चिर्न सकेन । वास्तवमै सहि र निष्पक्ष भएर मुल्यांकन गर्ने हो भने समग्रमा त्याग र समर्पणबाट प्राप्त हुने चरम आनन्द, पदलोलुपता र अर्काको सम्पत्तिमा देखिने गिद्धेदुष्टिले कहिल्यै पनि जित्न सक्दैन भन्ने कुरा अहिले आएर शत प्रतिशत सार्थक भइरहेको छ ।
गाउँ समाजमा रहेर सामाजिक क्षेत्रमा अहोरात्र खटिरहनु भएका सामाजिक अभियन्ताहरुको त्याग, आफूलाई राजनीतिज्ञको संज्ञा दिएर समाज रुपान्तरणमा अग्रसर भएका राजनीतिक नेतृत्व बर्गमा देखिने त्याग, विभिन्न पेशा, वर्ग, क्षेत्र, समुदाय आदिमा रहेर निःस्वार्थ रुपमा गरिने त्याग र समर्पणलाई अत्यन्तै महत्वका साथ हेर्ने गरिन्छ । तर नेपालको वर्तमानको राजनीति गतिबिधिमा मात्र हैन, सामाजिक, सांस्कृतिक , धार्मिक लगायतका क्षेत्रमा गरिने त्याग र समर्पणको भावना मर्दै गएको मात्रै देखिँदैन । त्यसको स्थानमा भ्रष्टाचारी, घुसखोरी र कालोधन संंकलनले आफ्नो वर्चस्व स्थापित गरिसकेको देखिन्छ । जसले गर्दा निःस्वार्थ, त्याग र समर्पण जस्ता शब्दहरु अहिले नेपाली शब्दकोषबाट बिस्तारै लोप भएर जाने अवस्थामा पुगेका छन् ।
घर परिवार राम्रो बनाउन अभिभावकको आचरण असल हुनुपर्छ । अभिभावक नै खराब आचरण, गलत बिचार, गलत सोच र गलत कार्यमा संलग्न छ भने त्यो परिवार कहिल्यै असल परिवार बन्नै सक्दैन । त्यसै गरी गाउँ, समाज र सिंगो राष्ट्रको उन्नती र प्रगति गर्नका लागि सिंगो समाज र राष्ट्रलाई नेतृत्व गर्ने नेतृत्व बर्गको सोच, बिचार आचरण र व्यवहार पनि सहि हुनुपर्दछ । सधैं लुटने, सोहोर्ने थुपार्ने र आफु मात्रै मोज गर्ने प्रवृत्तिका व्यक्तिहरूको देशमा नेतृत्व रहुञ्जेल गाउँ, समाज र सिंगो राष्ट्रलाई कहिल्यै सबल, सक्षम र प्रगतिशिल बनाउन सकिँदैन ।
जुनसुकै मुलुकलाई नेतृत्व गर्ने काममा राजनीतिक दलको अहम् भूमिका हुन्छ । राजनीतिलाई जहिल्यै पनि मुलुकको विकास र प्रगतिमा अग्रसर गराउन सक्नु राजनीतिक दल र ति दलहरुलाई नेतृत्व गर्ने नेतृत्वकर्ताहरुको जिम्मेवारी हुन आउँछ । त्यही जिम्मेवारी र भूमिका पनि निःस्वार्थ अनि देश विकास तर्फ डोरिएको हुनुपर्दछ । नेता त्यो हो जसले आफूलाई मिटाएर पनि देशको विकास र प्रगतिका खातिर मात्रै आफ्नो सम्पूर्ण ध्यान केन्द्रित गरेको हुन्छ । आफ्ना लागि भाग छुट्याएर कमिशनको गोलचक्करमा मात्रै ध्यान केन्द्रित गर्ने व्यक्ति यथार्थमा नेता होइन वास्तवमै भन्ने हो भने त्यो देशद्रोही हो, देश प्रतिको गद्धारी हो । मुलुकलाई अधोगति तर्फ डोर्याउने एक अपराधी हो । त्यस्तो नेताले आफूलाई मात्रै बर्बाद पार्दैन त्यसले सिंगो देश, देशभित्रका तमाम कर्मचारी वर्ग र देश विकासमा लागेका व्यक्तिहरूलाई पनि भ्रष्ट बनाउँछ । एउटा भ्रष्ट व्यक्तिलाई गरिने कारबाहीभन्दा त्यस्ता भ्रष्ट नेतालाई गरिने कारबाही पनि दोब्बर हुन पर्दछ भन्ने मेरो ठम्याई हो ।
मुलुकले पटक पटक आन्दोलन र ठूला राजनीतिक परिवर्तनहरु गर्याे । नागरिकहरूको बलमा सत्तामा रहेकालाई सडकमा र सडकमा रहेकाहरूलाई सत्तामा पुर्यायो । पटक पटकका व्यवस्था परिवर्तनले पनि नागरिकको अवस्थामा परिवर्तन भने ल्याउन सकेन । मुलुकमा बेथिति, बेरोजगारी र भ्रष्टाचारको संख्या घटेन । देश छोडेर विदेशिने युवा जनशक्तिको लर्को लाग्छ, नेपाल आमाका आँखामा आँसु अब कहिल्यै रोकिने छैनन् नेतृत्वमा पुग्ने बित्तिकै सडक छाप नेताहरूको राष्ट्र दोहन गर्ने र अकुत सम्पत्ति सोहोर्ने बानी कहिल्यै हटेन बरु अझै बढोत्तरी हुँदै गयो । यसले गर्दा नेता झन झन धनि र जनता झन झन गरिब हुँदै गए ।
नेपाली जनतामा रहेको धनी र गरिब बीचको खाडल पुर्ने कुनै बहादुर नेता मुलुकले अहिलेसम्म पाउनै सकेन । पाएका नेतालाई पनि मुलुकले कि त बचाउन सकेन कि त सत्तामा लामो समयसम्म टिकाउन सकेन । जसका कारण मुलुकमा गरिबीको खाडल झनझन चौडा, फराकिलो र गहिरो बन्दै गयो । देश बनाउन भनेर निस्किएका नेताहरू आफू र आफन्त कै भरण पोषणमा मात्रै अल्मलिए । मुलुककै भरी देश बनाउने ज्यामीभन्दा हेर्दै पनि लाज लाग्ने गरी पार्टीका झोले कार्यकर्ताहरूले भरिए ।
दलका नेतालाई चुनाव भनेको देश लुटने जनताद्वारा अनुमोदित लाइसेन्स हो भन्ने भान पर्यो । पार्टीका कार्यकर्ताहरू चुनावमा खटनु भनेको आफ्नो दलको विकास र प्रगतिसहितको घोषणापत्र र नीति तथा कार्यक्रमको प्रचारप्रसारभन्दा आफ्नो दललाई, मण्डल, डनवान, गनवान, कुण्डले र धनवान लगाएर भएपनि चुनाव जित्नै पर्ने प्रक्रियाको अवलम्बन गर्ने र चुनाव जितेपछि जसरी पनि मुलुक लुटने सोच मात्रै राख्ने अपराधी लुटेरा झै देखिए । जसका कारण मुलुकमा दलमात्रै बदनाम भएनन् सिंगो प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र सहितको निर्वाचन संसदीय निर्वाचन प्रणाली नै बदनाम भयो ।
अब फेरी एक पटक दलका दलका ईमान्दार र निष्ठाको राजनीति गर्ने नेतृत्व बर्गले दलभित्रका आशलाग्दा युवा बर्गले, नयाँ सोच र देश विकासको स्पष्ट खाका तैयार गर्न सक्ने क्षमता भएका व्यक्तिहरुले नेतृत्व लिएर दुर्गन्धित बनेको दलीय राजनीतिलाई उजिल्याउनु पर्दछ । बिग्रिएको काम सपार्न सक्ने व्यक्तिलाई मात्र अबको नेता मान्नु पर्दछ । १४ बर्ष जेल बसेको भनेर गलत काममा शारीरिक यातना पाएको भन्दै अब मुलुक लुटने प्रक्रियालाई निरन्तरता दिने कार्यलाई जनताले ब्रेक लगाउनै पर्छ । नत्र भोलि ज्यान मारेर, भ्रष्टाचार गरेर, बलात्कार गरेर या अनैतिक काम गरेर १५ वर्ष जेल बसेर आएको अर्को व्यक्तिलाई पनि हामीले प्रधानमन्त्री भन्न पर्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपूर्वराजा ज्ञानेन्द्र सडकमा आउने मुहूर्त
बैशाख १६, २०८१ आइतबार
राष्ट्रिय सम्पत्ति जलिरहेको छ, देशको वास्तविकता ख्याल नगरी कस्ता योजना आउने होलान् ?
बैशाख १५, २०८१ शनिबार
लोकतन्त्र दिवसको सान्दर्भिकता
बैशाख ११, २०८१ मंगलबार
इलाम-२ मा मतगणनाको तयारी, सर्वदलीय बैठक बस्दै
बैशाख १६, २०८१ आइतबार
बझाङको मतगणना १ बजेदेखि जिल्ला अदालत चैनपुरमा शुरु हुने
बैशाख १६, २०८१ आइतबार
जुगल गाउँपालिका-७ का वडाध्यक्ष पक्राउ
बैशाख १६, २०८१ आइतबार
लगानी सम्मेलन : पहिलो दिन १४ सयभन्दा बढी सहभागी, दुई सम्झौता सम्पन्न
बैशाख १६, २०८१ आइतबार
बझाङमा एमालेका भण्डारी लाई ६७७ मतको अग्रता (अपडेट)
बैशाख १६, २०८१ आइतबार
रिग्मो गाउँ
बैशाख १६, २०८१ आइतबार
मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा
बैशाख १६, २०८१ आइतबार
आज राति देशका केही स्थानमा हावाहुरीको सम्भावना
बैशाख १६, २०८१ आइतबार