जनमतले चेतावनी दिएपछि मधेस कृषि विश्वविद्यालयको शिलान्यास स्थलमा सुरक्षाकर्मी परिचालन
नेपालबहस संवाददाता
माघ ८, २०८० सोमबार १३:३२:४५
८ माघ, राजविराज । मधेस कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रम विवादीत बनेको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवलाई सहभागी गराएर शिलान्यास गर्न लागिएको भन्दै जनमत पार्टी विरोधमा उत्रिएपछि विश्वविद्यालयको शिलान्यास कार्यक्रमस्थलमा उच्च सुरक्षा व्यवस्था गरिएको छ ।
जनमत पार्टीले शिलान्यास रोक्न भनेको छ । तर जसपाका नेताहरुले शिलान्यास गरेरै छाड्ने तयारी गरेपछि त्यहाँ झडपको स्थिति बनेको छ । अहलिे सो क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी व्यापक रुपमा परिचालन गरिएको छ । अहिले शिलान्यासस्थलमा सुरक्षाकर्मीहरु अधिक मात्रामा छन् ।
जनमत पार्टीको विरोधकाबीच आज सप्तरीको राजविराजमा कृषि विश्वविद्यालयको शिलान्यास हुन लागेको हो । राजविराज नगरपालिका १३ मा करिब १२ विघा जग्गामा विश्वविद्यालयको आफ्नै भवन निर्माणको लागि शिलान्यास हुन लागेको हो ।
आज जसपा अध्यक्ष उपेन्द्र यादव, मुख्यमन्त्री सरोजकुमार यादव र शिक्षा तथा संस्कृति मन्त्रीले संयुक्त रुपमा भवन शिलान्यास गर्ने विश्वविद्यालयका रजिष्ट्रार भगवान ठाकुरले बताए । मुख्यमन्त्री सरोजकुमार यादवले आजैको मितिमा १२ बजेर ४० मिनेटमा शिलान्यास गर्ने निर्णय गरेकाले शिलान्यास हुने बताए ।
शिलान्यासका लागि जसपाका नेता कार्यकर्ता, मधेशका मुख्यमन्त्रीसहित जसपाका मन्त्रीहरु राजविराज पुगेका छन् ।
जनमत पार्टीबाट मधेश प्रदेशमा शिक्षामन्त्री बनेका महेश प्रसाद यादवले आइतबार विज्ञप्ति जारी गरी भवन शिलान्यास कार्यक्रम स्थगित गर्न भनेका थिए । ‘कार्यक्रम नरोकेमा कुनै किसिमको अप्रिय घटना घटेमा त्यसको जिम्मेवारी मन्त्रालय नहुने विश्वविद्यालयको भिसी, रजिष्ट्रार हुने जानकारी समेत गराउन चाहन्छु’, मन्त्री यादवले जारी गरेको वक्तव्यमा उल्लेख छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवन राज्यमन्त्री कार्की जसपाको संस्थापन पक्षमै यथावत
बैशाख २४, २०८१ सोमबार
सभामुखले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरुलाई छलफलमा बोलाए
बैशाख २४, २०८१ सोमबार
अशोक राईसँगको 'ब्रेकअप'ले राजनीतिक यात्राको कमजोर घुम्तीमा उपेन्द्र !
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
नेपालबहस संवाददाता
बैशाख २२, २०८१ शनिबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
जसपापछि नेकपा एसलाई फूटाउने कोसिस
बैशाख २३, २०८१ आइतबार
चोरीमा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ
बैशाख २४, २०८१ सोमबार
सर्लाही कारागारमा कैदीबन्दी व्यवस्थापनको समस्या
बैशाख २४, २०८१ सोमबार
सार्वजनिक बसमा प्रहरीको चेकजाँच, गाजाँसहित २ जना पक्राउ
बैशाख २४, २०८१ सोमबार
मङ्गोलियामा आगलागीको घटना बढ्यो
बैशाख २४, २०८१ सोमबार
अफगानिस्तानमा वर्षा र बाढीले १४ जनाको ज्यान लियो
बैशाख २४, २०८१ सोमबार