चिसो छल्न रारा आएका पाहुना चराको गणना गरियो
नेपालबहस संवाददाता
माघ ९, २०८० मंगलबार १३:३४:५५
९ माघ, रारा । चिसो छल्न रारा आएका पाहुना चराको गणना गरिएको छ । रारा राष्ट्रिय निकुञ्जको कार्यालय मुगुले सोमबार नेपालकै ठूलो ताल रारामा चिसो छल्न आएका पाहुना चराको गणना गरेको हो ।
गणना कार्यमा निकुञ्जका कर्मचारी, नेपाली सेना, मध्यवर्ती समितिका पदाधिकारी र स्थानीयको सहयोग सहभागिता रहेको थियो । चरा गणना गर्न निकुञ्जले चार समूह बनाएर चराको सधैं बसोबास गर्ने र तैरिने तालका निश्चित ठाउँमा खटाई सोमबार बिहान ९ देखि ११ बजेसम्म गणना गरिएको निकुञ्ज कार्यालयका वरिष्ठ संरक्षण अधिकृत राजु घिमिरेले जानकारी दिए ।
चारवटै टोलीले ल्याएका चराको सङ्ख्या, प्रजातिलाई छुट्याउँदा यो मौसममा साइबेरिया र मानसरोवरबाट चिसो छल्न सोमबारसम्म कोम्मोन कोड (मरुल) एक सय ७८, टुप्टेड डक (कालिजुरे हास) ८१, खोया हास तीन, हरियो टाउके हाँस एक, सुनजुरे हाँस एक सय १७ र सिउरी डुबुल्के हाँस १२ गरी कूल तीन सय ९२ पाहुना चरा रारा आएको पाइएको वरिष्ठ संरक्षण अधिकृत घिमिरेले बताए ।
उनका अनुसार चिसो छल्न सयौँ चरा कैयौँ माइलको यात्रा गर्दै आउने क्रममा धेरै चराको समूहबाट छुटेर, बाटो बिराएर, थाकेर बाटोमै मृत्यु हुने गरेको र पुस तथा माघमा रारा पुगेका पाहुना चरा चार÷पाँच महिनाको रारा बसाइपछि फर्किन्छन् ।
पुस र माघको चिसोमा रारा तालको पानी तातो हुने, पर्याप्त आहारा पाइने भएकाले चरा रारा आउने गरेका हुन् । पाहुना चरा निकुञ्जको मिलीचौर, ठाकुरज्यू मन्दिर, ओखरबोट, निजार क्षेत्रमा खोयाहाँस, कपनकुटलगायत चरा प्रशस्त देख्न सकिन्छ ।
तालमा मिसिएका स–साना हिमखोलातिर पनि यी चरा उक्लिने गरेका छन् । चरा राति बास बस्न ताल नजिकका ढुङ्गेओढार र रूखमा आउने गरेका छन् । मङ्सिर सुरु भएपछि राराको तालदेखि जङ्गल क्षेत्रमा विभिन्न प्रकारका ठूला–साना चराचुरुङ्गी देखिनाका साथै चिरबिर आवाज सुनिने गरेको मुर्मा गाउँका स्थानीय नन्दसिङ रोकायाले बताए ।
प्रत्येक वर्ष विश्वका विभिन्न चिसो ठाउँबाट चिसो छल्न रारामा विभिन्न प्रजातिका पाहुना चरा आउने गरेका छन् । कुन वर्ष कति पाहुना चरा आए भनेर निकुञ्जले चराको गणना गर्ने गर्दछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजिल्ला अस्पताल हुम्लामा औषधि अभाव, बिरामी खाली हात फर्किन बाध्य
जेठ ७, २०८१ सोमबार
रुडु बन्चु प्रचारप्रसार र संरक्षण अभावले ओझेलमा
जेठ ६, २०८१ आइतबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
नेपालबहस संवाददाता
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
विनोद त्रिपाठी
जेठ ८, २०८१ मंगलबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
गृहमन्त्री रवि लामिछानेको दोहोरो पासपोर्टको अनुसन्धान कहिले ? : सिरोहिया
जेठ ८, २०८१ मंगलबार
सेक्युरिटी प्रिन्टिङ खरिदमा भ्रष्टाचार : विकललाई २ वर्ष कैद, २५ करोड जरिवाना
जेठ ८, २०८१ मंगलबार
राहुघाटको ‘प्रेसर साफ्ट’ ‘ब्रेक थ्रु’
जेठ ८, २०८१ मंगलबार
तरकारी खेतीबाट वार्षिक रु आठ लाखको बचत
जेठ ८, २०८१ मंगलबार
सानिमा बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदै, वितरण योग्य नाफामा पहिरो
जेठ ८, २०८१ मंगलबार