सिनेमाको हिरो खोजिरहेको नेपाली समाजले बुझ्नुपर्ने जेलेनेस्की पाठ
भुवनेश्वर अर्याल
माघ ९, २०८० मंगलबार १५:९:२६
“जनालाई त जाउ टीका सानु अझै भन्छ यो मनले नजानु” -राजु परियार
“जाँदैछु म केइ नि नदेखेर, अब हुन्न रोकेर छेकेर” -टीका सानु
के देशमा केही पनि नभएकै हो ? माथिको गीतको टुक्का मेरा मन मुटुका लोकगायक राजु परियारलाई अर्की लोकप्रिय गायिका टीका सानुले विदेश जाने वाध्यता बारे गाएको हो । दोहरी गीतमा विषयवस्तु अनुरूप खेल्दै जाने कुरा भइहाल्छ । गायिकाको प्रतिउत्तरमा मैले पनि दोहोरी खेलेको थिए , “श्रीमती रछन् दुइटा छोरा तिम्राे चित्त बुझाँउला के भो र ?” जसले देशकै नेतृत्व सम्हालेको छ, उसैले आफ्ना छोरा-नाति अमेरिका, बेलायत या स्विट्जरल्यान्ड सेट गरिरहेको छ । ऊ देश बनाउने उद्देश्यले होइन विदेशीको ईशारामा देश खरानी पारेर विदेशी प्रभुत्व सुनिश्चित गर्ने अभियानमा लागेको जस्तो अनुभूति सहजै भइरहेको छैन र ?
हामी त्यस्तो अभागी देशका तथाकथित गणतन्त्रका रैती हौँ जहाँ आधा दर्जन दुष्ट नेताहरूले जे भन्छन् या जे गर्छन् त्यो नै सर्वोपरि हो । गणतन्त्र भए त हामी नागरिक हुन्थ्यौं नि त ! संविधानको किताबमा लेख्दैमा केही हुँदैन । हामी दलीय सिण्डीकेट र लुटतन्त्रका पीडित भयौँ । तिनले गरेको निर्णय यस्तो अकाट्य छ जुन विषयमा अदालतमा मुद्दा लाग्दैन या दर्ता नै हुँदैन किन कि अदालतका न्यायाधीश नै तिनका झोले कार्यकर्ता हुन् । हिजो म केही नभएको सुकुम्बासी सर्वहारा हुँ भनेर सार्वजनिक स्वघोषणामा गरेको, आफूलाई आम भूईंमान्छेको मसिहा हुँ भन्नेको राजधानी र देशका ठूला शहरमा करोडौंका महल, करौडौंको गाडी घोडा अनि थुप्रै उद्योग, वित्तीय संस्था, हाइड्रोपावर अनि होटलहरूमा शेयर लगानी कसरी भयो ? जब कि उसले जीवनमा देखिने गरि कुनै उद्यम गरेकै छैन ।
युद्धबाट झण्डै सखाप भइसकेको देश युक्रेनका राष्ट्रपति जेलेनेस्की एउटा टेलिभिजन कार्यक्रमका हिरो थिए । त्यो देशका जनताले उनको कलाकारिताको लोकप्रियतालाई जन अनुमोदन गरेर राष्ट्र नै सुम्पिए । उनी कलाकारितामा सफल भएपनि राजनीतिमा सफल हुन सकेनन् । उनले देशलाई शक्ति सम्पन्न राष्ट्र रुससँग युद्धमा धकेले र आज युक्रेनको अवस्था के छ, वर्णन गरिरहनु परेन ।
एउटा तपस्वी रामबहादुर बमजनको दुई चार करोड श्रद्धालुहरुले दिएको दान अवैध भयो भन्नेहरू नेपाली जनतालाई नक्कली शरणार्थी बनाएर बेचेकाहरूको सम्पत्ति जाँच । प्रथम चरणमा ०४६ साल पछि प्रधानमन्त्री, मन्त्री , उच्च राजनीतिक नियुक्ति, भन्सार राजश्वका प्रमुखहरुको सम्पत्ति छानविन गरे देशदाई चाहिने सम्पूर्ण विकास बजेटको निमित्त विदेशीसँग पसारिनु नै पर्दैन नि !
नागरिक बन्न सकेनौं हामी
हामीले स्कुलले शिक्षा लिने बेला नागरिकका विषयमा पढाइ हुन्थ्यो । देशका नागरिकहरूको अधिकारका साथमा कर्तव्यको पनि ज्ञान दिइन्थ्यो । समाज र राष्ट्र निर्माणमा नागरिकको अहंम भूमिकालाई के हामीले पूरा गरेका छौं ? देशमा भ्रष्टाचार भयो, कुशासनले जरा गाड्यो अनि राज्यका स्रोत साधनमा केही नेता, तिनका दलीय लुटतन्त्र र सिण्डीकेटधारीहरुको हदैसम्मको लुट स्थापना भएको जान्दा जान्दै हामी नागरिकहरूले कुनै संगठित भूमिका पूरा गर्न किन सकेनौं भन्ने आजको मूल प्रश्न हो । अझैपनि आम नागरिकहरू आफ्नो नागरिक कर्तव्यलाई ख्याल नगरेर चुपचाप बस्यौं भने भोलि अझै अँध्यारो हुन सक्छ ।
एउटा हिरोको खोजी समाधान होइन
काल्पनिक कथा र सिनेमाहरूमा एउटा हिरो उत्पन्न गरिन्छ । हिरो एक्लैले साराका सारा भिलेनहरुलाई सखाप पार्छ । एकै रातमा ठूला ठूला भौतिक संरचना बनाएर देखाउँछ । उसको जयजयकार गरिन्छ अनि समाज खुशी सुखी र आजाद देखाइन्छ ।
पटक पटकका व्यवस्था र संविधान परिवर्तनबाट पनि मुलुक हिजो भन्दा आज झनै तल तल खस्किरहँदा आम नेपाली समाज एउटा हिरो खोजिरहेको छ । त्यो सर्वथा उचित समाधान होइन । उदाहरणको निमित्त आजको युक्रेनलाई लिन सकिन्छ । युद्धबाट झण्डै सखाप भइसकेको देश युक्रेनका राष्ट्रपति जेलेनेस्की एउटा टेलिभिजन कार्यक्रमका हिरो थिए । त्यो देशका जनताले उनको कलाकारिताको लोकप्रियतालाई जन अनुमोदन गरेर राष्ट्र नै सुम्पिए । उनी कलाकारितामा सफल भएपनि राजनीतिमा सफल हुन सकेनन् । उनले देशलाई शक्ति सम्पन्न राष्ट्र रुससँग युद्धमा धकेले र आज युक्रेनको अवस्था के छ, वर्णन गरिरहनु परेन ।
नेपालमा पनि हिरो जन्माउने कोसिस भैरहेको छ । तर ती हिरोहरुले विद्यमान व्यवस्थाको सञ्चालन गलत छ भन्ने कुरा प्रमाणित गरे पनि सफल छैनन् । उदाहरणको निमित्त रवि लामिछाने हरेक दिन विवादमा छन् । उनको जीवनशैली, उनले संगत गरेका पात्रहरू हाम्रो समाजले पचाइरहेको छ त ? देश विधि र पद्धतिले चल्नु पर्छ । आजको युगमा व्यक्ति भन्दा विधि पद्धति अनि निष्ठा र नैतिकताको आधारमा चल्नु पर्छ । त्यसैले व्यक्तिको नायकीकरण सिनेमा खेल या कला संस्कृतिमा मात्र हुन्छ, राजनीतिमा हुँदैन । नेपाली समाजले यो कुरा बेलैमा बुझेको राम्रो ।
नागरिक बनौं पहिला
हिजो हामी राजाको पालामा रैती थियौं । व्यवस्था परिवर्तन हुँदै जाँदा जनता या नागरिक भनेपनि हामी नागरिक कहिल्यै भएनौँ । बरु दलीय सिन्डिकेटको कारण दलका अन्धभक्त या झोले भयौं । हामीले आशा र भरोसा गरेका नेताहरूले हामीलाई सत्तामा उक्लने भर्याङको रुपमा उपयोग गरे । कुन दलले कति गरे त्यसको हिसाब हुँदै गर्ला तर शासन चलाउने तरिका, विधि र पद्धति सबैको एउटै रहेन र ? ओली, नेपाल, देउवा या पुष्पकमल सबैले मिलेर या झगडा गरेजस्तो गरेर आम नेपालीको शोषण, दमन र अत्याचार थप्ने बाहेक के पो गरे र ?
अन्तमा
हामी निरपेक्ष विरोध या समर्थन कसैको नगरौं । एउटा सानो उदाहरण आफ्नो कर्म गर्दा गर्दै देशको कुनैपनि नागरिक बिरामी भएर ढल्यो । सबैभन्दा पहिला उसको उपचार गर्नुपर्यो । उसको उपचारपछि सञ्चो भएर उसैले उपचार गर्नसक्ने रहेछ भने तिरिहाल्छ यदि नसक्ने रहेछ भने त्यहाँ राज्यको उपस्थिति होस् । संक्षेपमा यही नै हो नागरिकको पहिलो अभियान भनेको । एउटा निमुखा गरिबको छोरा पढाइमा अब्बल छ, उसको क्षमताले डाक्टर, इन्जिनियर, संगीत साहित्य वा कानुन पढ्न भ्याउँछ । उसलाई घरको आर्थिक अवस्थाले वाधा नगरोस् । यो नै हो नागरिकको पहिलो अभियान भनेको । सार रुपमा राज्य नागरिकमैत्री बन्ने व्यवस्था नै आजको युगमा उचित व्यवस्था हो । मित्रहरू ! जीवन मरेर जाने नै त हो, त्यसैले बाँकी जीवन यो अभियानमा समर्पित गरौं ।
भुवनेश्वर अर्याल
लेखक अर्याल नेपाली राजनीतिलाई नजिकबाट नियाली रहेका एक व्यवसायी, समाजसेवी र राजनीतिकर्मी हुन् ।
लेखकबाट थपपूर्वराजा ज्ञानेन्द्र सडकमा आउने मुहूर्त
बैशाख १६, २०८१ आइतबार
राष्ट्रिय सम्पत्ति जलिरहेको छ, देशको वास्तविकता ख्याल नगरी कस्ता योजना आउने होलान् ?
बैशाख १५, २०८१ शनिबार
लोकतन्त्र दिवसको सान्दर्भिकता
बैशाख ११, २०८१ मंगलबार
इलाम-२ मा मतगणनाको तयारी, सर्वदलीय बैठक बस्दै
बैशाख १६, २०८१ आइतबार
बझाङको मतगणना १ बजेदेखि जिल्ला अदालत चैनपुरमा शुरु हुने
बैशाख १६, २०८१ आइतबार
जुगल गाउँपालिका-७ का वडाध्यक्ष पक्राउ
बैशाख १६, २०८१ आइतबार
लगानी सम्मेलन : पहिलो दिन १४ सयभन्दा बढी सहभागी, दुई सम्झौता सम्पन्न
बैशाख १६, २०८१ आइतबार
बझाङमा एमालेका भण्डारी लाई ६७७ मतको अग्रता (अपडेट)
बैशाख १६, २०८१ आइतबार
रिग्मो गाउँ
बैशाख १६, २०८१ आइतबार
मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा
बैशाख १६, २०८१ आइतबार
आज राति देशका केही स्थानमा हावाहुरीको सम्भावना
बैशाख १६, २०८१ आइतबार