भिजिट भिसामा नयाँ मापदण्ड लागू, ६ बुँदे कार्यविधि जारी
नेपालबहस संवाददाता
माघ ९, २०८० मंगलबार १७:३२:२१
९ माघ, काठमाडौं । सरकारले भिजिट भिसामा मंगलबारदेखि नयाँ मापदण्ड लागू गरेको छ । पुरानो १७ बुँदे मापदण्ड खारेज गरी ६ बुँदे नयाँ कार्यविधि कार्यान्वयनमा ल्याएको हो । पुरानो मापदण्डअनुसार वार्षिक न्यूनतम पाँच लाख आय तथा १२ कक्षा उत्तीर्ण गरेको शैक्षिक प्रमाणपत्र आवश्यक हुने प्रावधान थियो ।
अब दुईतर्फी टिकट, होटेल बुकिङ र पाँच सय अमेरिकी डलर चाहिनेछ । साथै, युएई, बहराइन, कुवेत, कतार, ओमन र साउदी अरेबिया जानका लागि स्वघोषणा गर्नुपर्ने नयाँ प्रावधान राखिएको छ । भिजिट भिसामा जानेलाई १४ बुँदे यात्रा परामर्श पनि जारी गरिएको छ । भिजिट भिसामा हुने बेथिति रोक्ने र वास्तविक रूपमा घुम्न जानेलाई मात्र प्रस्थान अनुमति दिन नयाँ कार्यविधि लागू गरिएको अध्यागमन विभागले जनाएको छ ।
दुई वर्षदेखि अध्यागमनमा सचिवस्तरीय निर्णयबाट १७ बुँदे मापदण्ड लागू गरिएको थियो । यसबाट नक्कली कागजपत्रको कारखाना खुलेको र सेटिङ बढेको भन्दै त्यसलाई हटाइएको छ । प्रहरीले हालै गरेको अनुसन्धानले डेढ लाख रुपैयाँसम्म लेनदेन गरी भिजिट भिसामा सेटिङ हुने गरेको देखाएको छ । जसमा संलग्न अध्यागमन अधिकृत नरवीर खड्कासहितका गिरोहलाई प्रहरीले थुनामा राखी अनुसन्धान गरिरहेको छ ।
भिजिट भिसामा यात्रा अनुमति दिँदा अवलम्बन गर्नुपर्ने कार्यविधि:
१. कम्तीमा ६ महिनाको वैध अवधि भएको राहदानी ।
२. गन्तव्य देशको प्रवेषाज्ञा (भिसा) वा अन अराइभल भिसा प्राप्त हुने मुलुक भए प्रवेषाज्ञा नचाहिने ।
३. दुईतर्फी हवाई टिकट ।
४. भ्रमण अवधिभर होटेल बुकिङ गरेको प्रमाण वा होटेल बुकिङ नभई आफन्तसँग रहने भएमा एकाघरका तीन पुस्ताभित्रको नाता खुल्ने नागरिकता प्रमाणपत्र वा अन्य कुनै प्रमाणपत्र ।
५. भ्रमणको सम्पूर्ण खर्च व्यहोर्ने सरकारी तथा गैरसकारी संस्थाको निमन्त्रणापत्र वा सो नभएमा कम्तीमा पाँच सय अमेरिकी डलरबराबरको नगद सटही भएको प्रमाण (नगद वा डेबिट–क्रेडिट कार्ड)
६. संयुक्त अरब इमिरेटस्, बहराइन, कुवेत, कतार, ओमन र साउदी अरेबियामा भिजिट भिसामा भ्रमण गर्दा स्वघोषणा गर्नुपर्नेछ। स्वघोषणामा संलग्न विवरणको प्रमाणको भार (बर्डन अफ प्रुफ) सम्बन्धित व्यक्तिमा रहनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदूरसञ्चार प्राधिकरणले अन्य बक्यौतासहित २० अर्ब नतिरेसम्म एनसेलको लाइसेन्स नवीकरण नगर्ने
जेठ १८, २०८१ शुक्रबार
कैलालीमा दश महिनामा छ सय ६१ घरेलु तथा साना उद्योग दर्ता
जेठ १६, २०८१ बुधबार
‘लहान एक्पो’ मा एक करोड ५९ लाखभन्दा बढी कारोबार
जेठ १४, २०८१ सोमबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
नेपालबहस संवाददाता
जेठ १८, २०८१ शुक्रबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
जेठ १८, २०८१ शुक्रबार
बजेट सच्याउने निर्णय गराएर करका दरमाथि खेल्दै अर्थमन्त्री, 'टाइपिङ इरर' भएको बहाना
जेठ १८, २०८१ शुक्रबार
गृहमन्त्रीको नजरः सुन तस्करीमा संलग्न निजामतिलाई काखा, प्रहरीलाई पाखा
जेठ १८, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १९, २०८१ शनिबार
समयमै क्यासिनो नवीकरणको आवेदन नदिए इजाजतपत्र खारेज हुने
जेठ १८, २०८१ शुक्रबार
स्वास्थ्य क्षेत्रको समस्या समाधान गर्न मन्त्री यादवद्वारा समिति गठन
जेठ १८, २०८१ शुक्रबार
वाग्मती प्रदेशको नीति तथा कार्यक्रम स्वीकृत
जेठ १८, २०८१ शुक्रबार
अत्यधिक गर्मीले बर्दियाका विद्यालय थप ६ दिन बन्द
जेठ १८, २०८१ शुक्रबार
दुबईबाट फर्केर तरकारीखेती
जेठ १८, २०८१ शुक्रबार