विद्यार्थी भर्नासँगै दार्चुलाका अधिकांश विद्यालयमा पाठ्यपुस्तक
इन्द्र रिजाल
बैशाख ७, २०७६ शनिबार २०:१९:५१
नरेन्द्रसिह कार्की
दार्चुला । यो वर्ष समयमै दार्चुलाका अधिकांश विद्यालयमा पाठ्यपुस्तक पुगेको छ । संविधानत माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय तहलाई दिएपछि यो वर्ष समयमै पाठ्यपुस्तक पुगेको छ ।
विद्यालयले अहिले विद्यार्थी भर्नासँगै पाठ्युपस्तक विद्यार्थीको हातहातमा दिने गरेका छन् । नौगाड गाउँपालिकास्थित गणेश विनायक मावि सिप्टीले विद्यार्थी भर्ना अभियानसँगै पाठ्यपुस्तक वितरण शुरु गरेको छ । नौगाड गाउँपालिका–४ का वडाअध्यक्ष नन्दनसिंह धामीको उपस्थितिमा विद्यार्थीलाई पाठ्यपुस्तक वितरण शुरु गरिएको शिक्षक जगत्सिह चैसिरले जानकारी दिए ।
नयाँ शैक्षिक सत्रको शुरुमै विद्यार्थीको हात हातमा किताब पुगेपछि विद्यार्थी उत्साहित छन् । झण्डै आठ सय विद्यार्थी अध्ययनरत सिप्टीमा सबैको लागि पाठ्यपुस्तक पुगेको छ । मालिकार्जुन गाउँपालिकास्थित बालकल्याण आधारभूत विद्यालयले विद्यार्थी भर्नामा अभिभावकको उपस्थिति गराएको छ ।
अभिभावकै उपस्थितीमा विद्यार्थीलाई पाठ्यपुस्तक वितरण गरिएको शिक्षक भुवन पन्तले बताए । “पहिलो पटक अभिभावकसहित विद्यार्थीलाई पाठ्यपुस्तक वितरण गरिएको छ”, उनलेभने । अहिले जिल्लाका दुई नगरपालिका र सात वटै गाउँपालिकाका सबै विद्यालयमा भर्ना अभियानसँगै पाठ्यपुस्तक वितरण भइरहेको छ ।
“पहिलो चरणमा भर्ना अभियान र पाठ्यपुस्तक वितरण गरिरहेका छाँै”, अपी हिमाल गाउँपालिकाअन्तर्गत महादेव मावि घुसाका प्रधानाध्यापक शेरसिह धामीले भन्नुभयो, “अहिले भर्ना अभियानमा छुटेकालाई घरदैलोमार्फत भर्नामा ल्याउँछौँ ।”
यो वर्ष ‘हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पु¥याऔँ’ भन्ने नाराका साथ जिल्लाका नौ वटै स्थानीय तहमा विद्यार्थी अभियान शुरु भएको छ । गाउँपालिका तथा नगरपालिकाका सबै विद्यालयमा उत्साहका साथ विद्यार्थी अभियान सञ्चालन भएको छ ।
विद्यालयबाहिर रहेका विद्यालय जाने उमेरका बालबालिकालाई औपचारिक शिक्षा दिलाउने उद्देश्यले विसं २०६१ देखि विद्यार्थी भर्ना अभियान थालिएको थियो ।
पहिलो चरणमा सो अभियान वैशाख १५ गतेसम्म रहनेछ । त्यसपछि अभियानमा छुटेका विद्यार्थीको खोजी गरिनेछ । शिक्षा विकास तथा समन्वय एकाइ दार्चुलाको विगतको तथ्याङ्कअनुसार जिल्लामा झण्डै तीन प्रतिशत बालबालिका विद्यालयबाहिर छन् । जिल्लाभरिमा २१९ प्राथमिक विद्यालय, ५९ निम्नमावि, ४२ मावि, २५ उच्चमावि र १७ वटा संस्थागत विद्यालय गरी जम्मा ३६२ वटा विद्यालय छन् ।
विद्यार्थीलाई ‘होमवर्क डायरी’
अपी हिमाल गाउँपालिकाले विद्यार्थी भर्ना अभियानसँगै विद्यार्थीको हातहातमा पुग्ने गरी गृहकार्य पुस्तिका ९होमवर्क डायरी० दिने भएको छ ।
विद्यार्थी, अभिभावक र शिक्षकलाई जिम्मेवार बनाउने उद्देश्यले पुस्तिका दिइने भएको हो । गाउँपालिकाभरीका २१ वटै सामुदायिक विद्यालयमा पुस्तिका वितरण गरिने अपी हिमाल गाउँपालिका शिक्षा विकास शाखाप्रमुख करवीर बोहराले बताए । गत वर्षदेखि नै गाउँपालिकाले उक्त पुस्तिका वितरण गरे पनि थप प्रभावकारी बनाउँदै लगिएको उनले बताए।
गृहकार्य पुस्तिकाले विद्यालयमा पढाइ हुने हरेक घण्टीका शिक्षकले दिएको गृहकार्य, हस्ताक्षर, घरमा पुगेपछि विद्यार्थीले गरेको गृहकार्य तथा अभिभावले जाँच गरेको दस्तखतसमेत राखिएको छ । शिक्षक, विद्यार्थी र अभिभावकको सम्बन्ध बढाउनको लागि पनि गृहकार्य पुस्तिकालाई नियमित गरिएको अपी हिमाल गाउँपालिका अध्यक्ष धर्मानन्द मन्यालले बताए ।
सो पुस्तिकामा अभिभावकको सम्पर्क नम्बरसमेत राखिएको छ । कारणवश विद्यार्थी विद्यालयमा अनुपस्थित भएमा पुस्तिकाको सहयोगमा जानकारी हुने व्यवस्था गरिएको छ ।
विद्यार्थीले आफ्नो बालबालिका विद्यालयमा अनुपस्थित हुनाका कारणसहित उल्लिखित ढाँचामा निवेदन दिनुपर्ने प्रावधान गरिएको छ । शिक्षकले पढाएको विषयवस्तु र विद्यार्थी र अभिभावकले घरमा गरेको निगरानी देखाउन पनि गृहकार्य पुस्तिका बनाइएको अध्यक्ष मन्यालको भनाइ थियो
त्यस घटनामा एक सहचारीसहित दूतावासका अन्य अधिकारीहरूलाई नियन्त्रणमा लिइएको थियो। ती सहचारीलाई उनीहरूले आफू दोषी रहेको जबरजस्ती स्वीकार गराउने प्रयास गरेका थिए।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपगिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
सरकारको प्राथमिताः गोलीगठ्ठा उत्पादनमा स्वदेशमै आत्मनिर्भर
जेठ १, २०८१ मंगलबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा भोलि सुनुवाइ हुने
जेठ १, २०८१ मंगलबार
अबैध मकै, गहुँ र चिनी सहितको ट्रक नियन्त्रणमा
जेठ २, २०८१ बुधबार
सन्दीपको मुद्दामा फैसला सुनाउन उच्च अदालत पाटनमा कडा सुरक्षा
जेठ २, २०८१ बुधबार
क्रुज जहाज मार्फत चीन भित्रिने पर्यटकलाई भिसा मुक्त प्रवेश अनुमति
जेठ २, २०८१ बुधबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
जेठ २, २०८१ बुधबार
बिहिबारदेखि काठमाडौंका यी क्षेत्रमा ६ घण्टा विद्युत अवरुद्ध हुने
जेठ २, २०८१ बुधबार
सिनेमाघर एपमा रिलिज भयो ‘चपली हाइट ३’, विश्वभरबाट हेर्न सकिने
जेठ २, २०८१ बुधबार