बारामा ट्रकसहित ३१ लाख मूल्य बराबरको प्याज बरामद
नेपालबहस संवाददाता
माघ १०, २०८० बुधबार १४:४२:४३
१० माघ, काठमाडौं । बाराको पथलैयाबाट ३१ लाख मूल्य बराबरको अवैध प्याज र खुद्रा सामानसहित सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बुधबार मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर र प्रहरी चौकी पथलैया बाराबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष सूचनाको आधारमा बारा जीतपुर सिमरा उप– महानगरपालिका–१ पथलैया चोकबाट अवैध सामानसहित सवारीसाधनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए ।
उनका अनुसार वीरगञ्जबाट काठमाडौं र रौतहटबाट चितवन जाँदै गरेको सवारीसाधन चेकजाँच गर्दा विल विजकभन्दा बढी स्रोत खुलाउन नसकेको करिब ३१ लाख ६ हजार ३०६ रूपैयाँ बराबरको समानसहित सवारीसाधन नियन्त्रण लिएको हो ।
नियन्त्रणमा लिएको सामनसहित ट्रक र पिकअपलाई आवश्यक कारबाहीको लागि आन्तरिक राजश्व कार्यालय पथलैया बारा पठाइएको उनले जानकारी दिए ।
उनका अनुसार ना.३.ख.४५३० नम्बरको ट्रकमा २९ लाख ८२ हजार ३०६ रुपैयाँ बराबरको खुद्रा सामान, प्र।२–०३–००१ च.२३९४ नम्बरको पिकअपमा लोड गरिएको करिब १ लाख ४ हजार रुपैयाँ बराबरको अवैध २ हजार ६०० केजी प्याज र बा.प्र.–०३–००१ ख ०१८९ नम्बरको यात्रु बाहक बसमा लोड गरिएको २० हजार मूल्य बराबरको ४०० किलो प्याज प्रहरीले बरामद गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमधेशका विना विभागीय मन्त्री साहले वन मन्त्रालय नलिने
बैशाख १६, २०८१ आइतबार
कटहरियाको आकस्मिक कक्षमा डाक्टर नहुँदा बिरामीका आफन्तद्वारा तालाबन्दी
बैशाख १३, २०८१ बिहिबार
महोत्तरीको मटिहानीमा सयभन्दा बढी घरमा सल्कियो आगो
बैशाख १२, २०८१ बुधबार
इलाम-२ मा मतगणनाको तयारी, सर्वदलीय बैठक बस्दै
बैशाख १६, २०८१ आइतबार
बझाङको मतगणना १ बजेदेखि जिल्ला अदालत चैनपुरमा शुरु हुने
बैशाख १६, २०८१ आइतबार
जुगल गाउँपालिका-७ का वडाध्यक्ष पक्राउ
बैशाख १६, २०८१ आइतबार
लगानी सम्मेलन : पहिलो दिन १४ सयभन्दा बढी सहभागी, दुई सम्झौता सम्पन्न
बैशाख १६, २०८१ आइतबार
बझाङमा एमालेका भण्डारी लाई ६७७ मतको अग्रता (अपडेट)
बैशाख १६, २०८१ आइतबार
रिग्मो गाउँ
बैशाख १६, २०८१ आइतबार
मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा
बैशाख १६, २०८१ आइतबार
आज राति देशका केही स्थानमा हावाहुरीको सम्भावना
बैशाख १६, २०८१ आइतबार