राप्ती लोकमार्ग सडक दैनिक नौ घण्टा बन्द हुने
इन्द्र रिजाल
बैशाख ७, २०७६ आइतबार १:११:५१
काठमाडौं । राप्ती लोकमार्गअन्तर्गत तुलसीपुर–सल्यान खण्डमा दैनिक नौ घण्टा सडक अवरुद्ध हुने भएको छ । राम्री घुम्तीमा तेइस विद्यार्थीको मृत्यु भएकाले त्यसलाई विस्तार गर्न तुलसीपुर उपमहानगरपालिका–३ को उक्त स्थानमा शनिबारदेखि वैशाख २५ गतेसम्म दैनिक नौ घण्टा सडक बन्द गर्ने सहमति भएको तुलसीपुर ट्राफिक प्रहरी कार्यालयका प्रमुख चन्द्र केसीले बताए ।
उनका अनुसार बिहान ११ बजेदेखि ४ बजेसम्म र राति १ बजेदेखि बिहान ५ बजेसम्म सडक बन्द गरेर काम गर्ने सहमति भएको हो ।सडक विस्तार गर्ने स्थल साँघुरो हुँदा बन्द गरेरै काम सुरु गर्न लागिएको हो ।
अब दैनिक १५ घण्टा राम्री मोड हटाउन कार्य हुनेछ । त्यस स्थानमा पटक–पटक गरी चारवटा सवारी साधन दुर्घटना भएको छानबिन समितिले निष्कर्ष निकालेपछि घुम्ती विस्तार गर्न लागिएको हो ।
सडक डिभिजन कार्यालयले घुम्ती विस्तार गर्नका लागि उज्ज्वल निर्माण सेवासँग सम्झौता गरेको छ । भ्याटसहित रु ५६ लाखको लागतमा चालू आर्थिक वर्षको असारभित्र सक्ने गरी निर्माण सुरु गरिएको उक्त कार्यालयका इञ्जिनियर लिलाबहादुर भण्डारीले बताए ।
उनका अनुसार चैत २९ गतेदेखि काम सुरु भएको र असार २५ गतेभित्र सक्ने गरी सम्झौता भएको हो । त्यहाँको घुम्ती काट्नाका साथै खाल्डाखुल्डी पुर्ने, र पर्खाल लगाइने छ । निर्माण कम्पनीका दीपक न्यौपानेका अनुसार दैनिक १५ घण्टा यही गतिमा काम गरे १० दिनमै पूरा हुने छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपजोमसोम–कागबेनी सडक कालोपत्र गरिँदै
जेठ ९, २०८१ बुधबार
कान्तिलोकपथ एक हप्ताभित्र सञ्चालन गरिने
जेठ ८, २०८१ मंगलबार
धुलिखेल-खावा सडक : दुई दिन राजमार्ग बन्द गरेर विस्तारको काम
जेठ ८, २०८१ मंगलबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
नेपालबहस संवाददाता
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
विनोद त्रिपाठी
जेठ ८, २०८१ मंगलबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
गृहमन्त्री रवि लामिछानेको दोहोरो पासपोर्टको अनुसन्धान कहिले ? : सिरोहिया
जेठ ८, २०८१ मंगलबार
कोलकोता आइपिएलको फाइनलमा
जेठ ९, २०८१ बुधबार
कैलाश सिरोहियालाई आजै अदालतमा पेश गरिने
जेठ ९, २०८१ बुधबार
क्यानडामा पर्यटन प्रवर्द्धन कार्यक्रम
जेठ ९, २०८१ बुधबार
जोमसोम–कागबेनी सडक कालोपत्र गरिँदै
जेठ ९, २०८१ बुधबार
कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बस्दै
जेठ ९, २०८१ बुधबार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
जेठ ९, २०८१ बुधबार