अयोध्याको राम मन्दिरमा अझै ११ वटा मन्दिर बनाउन बाँकी
नेपालबहस संवाददाता
माघ ११, २०८० बिहिबार ११:१२:३०
११ माघ, अयोध्या । गत २२ जनवरीमा रामललाको प्राण प्रतिष्ठा कार्यक्रम सम्पन्न भयो । जसअनुसार हिजो देखि सर्वसाधारणका लागि रामललाको दर्शन सुरु भएको छ । नयाँ राम मन्दिरमा दर्शन गर्न भक्तजनको भीड लागेको छ ।
तर नयाँ राम मन्दिर निर्माणमा अझै धेरै काम बाँकी छ । जानकारी अनुसार दोस्रो तला निर्माण हुन बाँकी छ । शिखरको काम र जडान भइसकेका मूर्तिकला पनि केही हदसम्म सकाएर पालिस गर्नुपर्ने भएको छ ।
शिखरको काम र जडान भइसकेका मूर्तिकला पनि केही हदसम्म सकाएर पालिस गर्नुपर्ने भएको छ । दोस्रो तल्लामा राम परिवार स्थापना हुन बाँकी छ । जानकारी अनुसार राम–सीता दोस्रो तलामा बस्नेछन् । साथमा भारत, लक्ष्मण, शत्रुघ्न र हनुमानजीको मुर्ति स्थापना गरिने छ ।
श्री रामजन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका कोषाध्यक्ष स्वामी गोविन्द देव गिरीजी महाराजका अनुसार नयाँ राम मन्दिर परिसरमा जम्मा १३ वटा मन्दिर निर्माण गरिने बताए । जसमा पाँच प्रमुख देवताहरू (गणपति, सूर्य, शिव, विष्णु र देवी) को मन्दिरहरू समावेश छन्। नयाँ राममन्दिर परिसरमा ६ वटा मन्दिर र कम्प्लेक्स बाहिर ७ वटा मन्दिर निर्माण गरिने उनले बताए ।
हनुमानजीको छुट्टै मन्दिर बनाइने छ । सीता रसोई रहेको ठाउँमा अन्नपूर्ण माताको स्थापना हुनेछ । त्यहाँबाट सर्वसाधारणले मन्दिरको प्रसाद पाउनेछन् ।
श्री रामजन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका कोषाध्यक्ष स्वामी गोविन्द देव गिरीजीका अनुसार अहिलेसम्म करिब ११०० करोड रुपैयाँ खर्च भइसकेको छ भने पूरै मन्दिर निर्माणमा १४ सय करोड रूपैयाँ खर्च हुने अनुमान गरिएको छ । उनका अनुसार अझै ३०० करोड रूपैयाँ बाँकी रहेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपघाटु नाँच संरक्षणमा सोरबिस्नाका गुरुङ
जेठ ६, २०८१ आइतबार
दुःखबाट मुक्ति पाउन मोहिनी एकादशी पर्व मनाइँदै
जेठ ६, २०८१ आइतबार
छिन्नमस्ता जयन्ती किन मनाइन्छ, यसको महत्व के छ ?
बैशाख ३१, २०८१ सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार