राष्ट्रिय सभामा निर्वाचित भएपछि सबैभन्दा पहिले कोइराला निवास पुगे सिटौला
नेपालबहस संवाददाता
माघ १२, २०८० शुक्रबार १६:३१:१२
१२ माघ, विराटनगर । राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएपछि नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला सबैभन्दा पहिले नेता डा. शेखर कोइरालाकाे निवासमा पुगेका छन् । सिटौला विराटनगरस्थित कोइराला निवास पुगेका हुन् । उनी निर्वाचित भएपछि सबैभन्दा पहिले कोइराला निवास पुगेका हुन् ।
सिटौलालाई राष्ट्रिय सभामा जिताउन शेखर कोइरालाले राम्रै साथ दिएका थिए । निर्वाचन नसकिएसम्म कोइराला विराटनगरमै रहे । कोइराला निवास पुगेको सिटौलालाई शेखरले निर्वाचित भएकोमा बधाई दिए । प्रतिनिधिसभामा दुई पटक पराजित सिटौला कोशीबाट राष्ट्रिय सभामा उम्मेदवार बनेसँगै चर्चामा आएका थिए ।
गठबन्धनमा फ्लोर क्रस हुँदा पनि सिटौलाले एमाले–राप्रपाको गठबन्धनका उम्मेदवार उद्धव पौडेललाई पराजित गरेका छन् । सिटौलालाई राष्ट्रिय सभाको सम्भावित अध्यक्षको रुपमा पनि हेरिएको छ । इतर पक्षको नेतृत्व गरिरहेका कोइरालाले पनि सिटौलालाई राष्ट्रिय सभाको अध्यक्ष बनाउनुपर्ने सार्वजनिक रुपमा बताउँदै आएका छन् । सिटौलाले भने अहिलेसम्म केही बोलेका छैनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बस्दै
जेठ ९, २०८१ बुधबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
नेपालबहस संवाददाता
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
विनोद त्रिपाठी
जेठ ८, २०८१ मंगलबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
गृहमन्त्री रवि लामिछानेको दोहोरो पासपोर्टको अनुसन्धान कहिले ? : सिरोहिया
जेठ ८, २०८१ मंगलबार
कोलकोता आइपिएलको फाइनलमा
जेठ ९, २०८१ बुधबार
कैलाश सिरोहियालाई आजै अदालतमा पेश गरिने
जेठ ९, २०८१ बुधबार
क्यानडामा पर्यटन प्रवर्द्धन कार्यक्रम
जेठ ९, २०८१ बुधबार
जोमसोम–कागबेनी सडक कालोपत्र गरिँदै
जेठ ९, २०८१ बुधबार
कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बस्दै
जेठ ९, २०८१ बुधबार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
जेठ ९, २०८१ बुधबार