सहकारीका संस्थापक भरतप्रसाद लम्साललाई बधाई तथा सम्मान
नेपालबहस संवाददाता
माघ १५, २०८० सोमबार १२:५८:०
प्रकाश डोटेल
१५ माघ, स्याङ्जा । स्याङ्जा सदरमुकामको प्रतिष्ठित सहकारी रोयल बचत तथा ऋण सहकारी संस्था लि. ले सहकारीका निर्वतमान अध्यक्ष, बौद्धिक व्यक्तित्व, सहकारीका संस्थापक भरतप्रसाद लम्साललाई बधाई तथा सम्मान गरेको छ ।
विकास बैंक तर्फको नेपालकै उत्कृष्ट बैंक मुक्तिनाथ विकास बैंकको हालै सम्पन्न १७ औं साधारण सभाबाट लम्साल संचालकमा निर्वाचित भएका थिए । संस्थाका निर्वतमान अध्यक्ष बैंकको संचालकमा चयन भएकोमा सहकारीले उनलाई सहकारीकै सभाहलमा बधाई तथा सम्मान गरेको हो ।
सम्मान कार्यक्रममा बोल्दै लम्सालले पछिल्लो समय नेपालको आर्थिक क्षेत्र प्रभावित बन्दा नागरिकको दैनिक महँगो बन्दै गएको बताए । उनले लामो समयदेखि विभिन्न देशमा चलेको युद्ध र कोभिडका कारणले नेपालको आर्थिक क्षेत्र प्रभावित बनेको जिकिर गरे ।
बधाई तथा सम्मानका अवसरमा रोयल सहकारीका उपाध्यक्ष विष्णुप्रसाद पोखरेल, सूर्यज्योति लाईफ ईन्स्योरेन्स कम्पनी पुतलीबजार शाखाका प्रमुख सुजन पोखरेल लगाएतका वक्ताहरुले लम्सालको व्यक्तित्व र बौद्धिकताको प्रयोगले बैंकले थप प्रगति गर्नेमा शुभकामना व्यक्त गरे ।
सहकारी संस्थाका अध्यक्ष नारायण प्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको संचालन संस्थाका सचिव प्रकाश डोटेलले गरेका थिए भने धन्यवाद ज्ञापन प्रबन्धक शान्ति ढकाल अर्यालले गरेकी थिईन ।
२०५६ मा स्थापित रोयल सहकारी संस्था स्याङ्जाका संस्थापक र जिल्लाका व्यवसायीहरुको सक्रियतामा २०६३ मा मुक्तिनाथ विकास बैंक स्थापना भएको हो । बैंकको प्रमुख लगानी र नेपाल भरका ८ सय भन्दा बढि लगानीकर्ताको लगानीमा २०७४ मा मुक्तिनाथ कृषि कम्पनी संचालनमा आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वर्णलक्ष्मी सहकारीका ५२८ जना पीडितले कालिमाटी प्रहरीमा दिए उजुरी
बैशाख १६, २०८१ आइतबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
देवकुमार नेपाली कहाँ छ, रवि दाइलाई थाहा छः पीडित
बैशाख १०, २०८१ सोमबार
इलाम-२ मा मतगणनाको तयारी, सर्वदलीय बैठक बस्दै
बैशाख १६, २०८१ आइतबार
पूर्वराजा ज्ञानेन्द्र सडकमा आउने मुहूर्त
बैशाख १६, २०८१ आइतबार
जुगल गाउँपालिका-७ का वडाध्यक्ष पक्राउ
बैशाख १६, २०८१ आइतबार
लगानी सम्मेलन : पहिलो दिन १४ सयभन्दा बढी सहभागी, दुई सम्झौता सम्पन्न
बैशाख १६, २०८१ आइतबार
बझाङमा एमालेका भण्डारी लाई ६७७ मतको अग्रता (अपडेट)
बैशाख १६, २०८१ आइतबार
रिग्मो गाउँ
बैशाख १६, २०८१ आइतबार
मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा
बैशाख १६, २०८१ आइतबार
आज राति देशका केही स्थानमा हावाहुरीको सम्भावना
बैशाख १६, २०८१ आइतबार