मिराकल फिल्म्सद्वारा आयोजित अल वुमन डकुमेन्ट्री फिल्ममेकिङ वर्कशप सम्पन्न
नेपालबहस संवाददाता
माघ १५, २०८० सोमबार १३:०:५०
१५ माघ, काठमाडौं । मिराकल फिल्म्सले आयोजना गरेको अल वुमन डकुमेन्ट्री फिल्ममेकिङ वर्कशप सम्पन्न भएको छ । पुस २७ गतेदेखि माघ १४ गतेसम्म चलेको १६ दिने वृत्तचित्र निर्माण कार्यशालामा १८ देखि २५ वर्ष उमेर समूहका १२ जना महिला सहभागी रहेका थिए ।
‘कनेक्टहर फिल्म फेस्टिभल’ र ओस्कार फिल्म कलेजको सहयोगमा आयोजित कार्यशालामा वृत्तचित्र परिकल्पनादेखि निर्माण तथा वितरणसम्मको प्रशिक्षण दिइएको थियो । १४ दिने कार्यशालामा ८ जना प्रशिक्षकको मार्गनिर्देशनमा सहभागीहरुले ४ वटा वृत्तचित्र निर्माण गरेका थिए । पहिलो दिन कथा परिकल्पनाबाट सुरु भएको कार्यशालामा सहभागीहरुले पात्र छनोट, पटकथा लेखन, छायांकन तथा सम्पादनका बारेमा सिकेर बनाएका वृत्तचित्रको प्रदर्शन गर्दै कार्यशालाको समापन भएको थियो ।
कार्यशालामा रजिला श्रेष्ठले वृत्तचित्र परिकल्पना, राजन कठेतले कथा संरचना एवं प्रस्तुती र सुनिर पाण्डेले आइडिया पिचिङका बारेमा प्रशिक्षण दिएका थिए । यस्तै, शुभांगी खड्काले पात्रसँगको अन्तर्वार्ता, बबिन दुलालले छायांकन तथा दृश्य संयोजन, सुदिल धितालले ध्वनी तथा संगीत, किरण श्रेष्ठले भिडियो सम्पादन र नवनिधि दाहालले वृत्तचित्र वितरणका बारेमा प्रशिक्षण दिएका थिए । कार्यशालाको अन्तिम दिन कार्यशालाको दौरान सहभागीहरुले निर्माण गरेको वृत्तचित्रको ओस्कार फिल्म कलेजमा प्रदर्शन गरिएको थियो ।
कार्यशालामा चलचित्र वा वृत्तचित्र निर्माण र निर्देशनमा अनुभव नभएका महिलाहरुलाई सहभागी गराइ प्रयोगात्मक तालिम दिइएको मिराकल फिल्म्सकी संस्थापक तथा अल वुमन डकुमेन्ट्री वर्कशपकी संयोजक मिरा खड्काले बताइन् । ‘कहिल्यै डकुमेन्ट्री नबनाउनुभएका सहभागीहरु आफैंले कथा र पात्र खोजेर, स्क्रिप्ट लेखेर, आफैंले छायांकन र सम्पादन गरेर १४ दिनमा वृत्तचित्र तयार गर्नु चुनौतीपूर्ण काम थियो । तर, वहाँहरुले मेहनत र लगनका साथ वृत्तचित्र बनाउनुभयो, राम्रो पनि बनाउनु भएको छ,’ संयोजक खड्काले भनिन् ।
समापन कार्यक्रममा वृत्तचित्रहरुको पहिलो ड्राफ्ट मात्र प्रदर्शन गरिएको मिराकल फिल्म्सका सुरज कटुवालले बताए । पोस्ट प्रोडक्सनमा साउण्ड र कलरको काम छिट्टै सकेर औपचारिक कार्यक्रमसहित विशेष प्रदर्शनी गर्ने योजना रहेको पनि उनले बताए ।
यस्तै, वृत्तचित्र प्रदर्शनीका क्रममा कार्यशालाकी सह(संयोजक युबिना भट्टराईले १४ दिने कार्यशालाका उतारचढावहरु स्मरण गरिन् । छनोट गरिएका पात्रहरुले छायांकनको अनुमति नदिँदा र छायांकनका क्रममा सडक दुर्घटना भएका किस्साहरु सुनाउँदै उनले वृत्तचित्र बनाउन सहभागीहरूले गरेको मेहनतको प्रशंसा गरिन् ।
१४ दिने कार्यशालामा सम्पदा वाग्ले र मोनिका थापाले ‘अ फेमिनिस्ट ड्राइभ’ वृत्तचित्र बनाएका थिए भने रेबिका कुँवर, आरजु पराजुली र आँचल ढकालको टोलीले ‘स्टल नम्बर २’ निर्माण गरेको थियो । यसैगरी, प्रतिभा कुलुङ र शैली मल्लले ‘अ सङ फ्रम एबी’ वृत्तचित्र बनाएका थिए भने रुपासी दुलाल, रिदिमा कँवर क्षेत्री र सुस्मिता बोगटीले ‘ट्रिलियम’ वृत्तचित्र बनाएका थिए । सहभागीहरुले सो कार्यशालाबाट वृत्तचित्र बनाउन मात्र नभएर नयाँ आयामबाट आफ्नो र आफु वरपरका जीवनलाई हेर्न समेत सिकाएको बताए ।
नेपालको चलचित्र वृत्तमा महिला फिल्मकर्मीहरु कम भएको महसुस गरेका कारण सो कार्यशाला आयोजना गरिएको मिराकल फिल्म्सले बताएको छ । चलचित्र बनाउन रुची भएर पनि सुरु गर्ने बाटो नपाइरहेका महिलाहरूलाई वृत्तचित्र मार्फत् यस क्षेत्रमा प्रवेश गर्ने सेतुका रुपमा कार्यशाला आयोजना गरिएको सहसंस्थापक खड्काले बताइन् । वृत्तचित्र कार्यशालाको यो पहिलो संस्करण भएपनि यसको सफलताले भविष्यमा अझै सशक्त कार्यक्रमहरु आयोजना गर्ने उर्जा मिलेको उनले बताइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचलचित्र ‘मोदीबेनी’ श्रावण १८ गते रिलिज हुने
जेठ १, २०८१ मंगलबार
सौगात र बेनिशाको ‘सिटामोल’ को जापानमा प्रदर्शन अधिकारको सम्झौता
बैशाख ३०, २०८१ आइतबार
प्रदीप र दिव्याले सुरु गरे पोखराबाट ‘एक्टर’को छायांकन
बैशाख २८, २०८१ शुक्रबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
जेठ १, २०८१ मंगलबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
जेठ १, २०८१ मंगलबार
निर्वाचन आयोगविरुद्ध यादवले दायर गरेको रिट न्यायाधीश विनोद शर्माको इजलासमा
जेठ २, २०८१ बुधबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाईने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
सहकारी ठगी र गिरीबन्धु चिया बगानको भ्रष्टाचारविरुद्ध नेविसंघको प्रदर्शन
जेठ २, २०८१ बुधबार
मधेस प्रदेशका ९० प्रतिशत नागरिक बीमाको पहुँच बाहिर
जेठ २, २०८१ बुधबार