प्रधानमन्त्रीको समय मिले आजै एनसेल बिक्रीसम्बन्धी प्रतिवेदन बुझाइने
नेपालबहस संवाददाता
माघ १५, २०८० सोमबार १३:३०:२
१५ माघ, काठमाडौं । निजी क्षेत्रको दुरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर बिक्रीबारे छानबिन गर्न गठित उच्चस्तरीय समितिले १५ दिन म्याद थपेर प्रतिवेदन तयार पारको छ । डेढ महिना बढी समय लगाएर तयार पारेको प्रतिवेदन आज बुझाउने तयारीमा समिति छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समय नमिलेका कारण कति बेला बुझाउने भन्ने टुंग्यो छैन, तर, साँझ बालुवाटारमा भएपनि प्रतिवेदन आज बुझाउने तयारीमा समिति रहेको समितिका सदस्य सुजन काफ्लेले जानकारी दिएका छन् ।
मलेसियन कम्पनी आजियाटाले एनसेलको शेयर नेपाल सरकार र नियामक निकायलाई जानकारी नदिइ बेलायती कम्पनी स्पेक्ट्रलाईटलाई बेचेको थियो । सो खरिद–बिक्री सम्झौतापछि राजनीतिक दलदेखि संसदसम्म छानबिनको माग उठेपछि सरकारले समिति गठन गरेको थियो । मंसिर २१ गते ५ सदस्यीय छानबिन समिति गठन गरेको थियो । यो समितिले पुस २४ गते भित्रमा प्रतिवेदन बुझाउन भनिएको थियो ।
तर, समय नपुगेपछि १५ दिनको म्याद थपिएको थियो । एनसेल खरिद–ब्रिक्रीमा जोडिएका व्यक्तिसँग प्रधानमन्त्रीदेखि प्रमुख राजनीतिक दलका नेताको उठबस रहेको पाइएको छ । समितिले यी सबै विषयलाई समेटर प्रतिवेदन बनाएको जनाएको छ । एनसेलको ८० प्रतिशत शेयर न्यून मूल्यांकन भएको र कर छलि भएको कुरा प्रतिवेदनले औल्याएको छ ।
छानबिन समिति नियामक निकायलाई ओभरल्याप गर्नका लागि गठन गरिएको भन्दै आलोचना पनि भएको थियो । छानबिन समितिले कर मात्रै नभई विदेशी लगानी ल्याउने र राजश्वमा पर्ने असरका विषयलाई खुलाएको बताइएको छ ।
बेलायतमा कम्पनी खडा गरेर एनसेलको ८० प्रतिशत शेयर सिंगापुर निवासी सतिशलाल आचार्यले खरिद गरेका थिए । यसअघि नेपालस्थित कम्पनी रजिस्ट्रारको कार्यालयमा आचार्यकी श्रीमती भावना सिंह श्रेष्ठको नाममा २० प्रतिशत शेयर कायम छ । आफूले खरिद गरेको भन्दा निकै कम मूल्यमा आजियाटाले कसरी शेयर बिक्री गर्यो भन्ने प्रश्न उठेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभिजिबिलिटी कमजोर हुँदा हवाई उडान प्रभावित
जेठ १३, २०८१ आइतबार
आर्थिक मन्दीले मकवानपुरमा तीन सय ७४ साना उद्योग बन्द
जेठ ११, २०८१ शुक्रबार
सीता एयरको जहाजमा ठोक्किएर घाइते भएका भामलाई नेपालगञ्ज लगियो
जेठ १०, २०८१ बिहिबार
भारतीय मूलका विनोद चौधरीका कर्तुत खोजिँदै, कसरी छिरे नेपाल ?
नेपालबहस संवाददाता
जेठ ११, २०८१ शुक्रबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार
भारतीय कारखानामा विस्फोट : मृत्यु हुनेको संख्या ११ पुग्यो
नेपालबहस संवाददाता
जेठ ११, २०८१ शुक्रबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
जेठ १३, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १३, २०८१ आइतबार
अस्पतालमा आगलागी हुँदा सात नवजात शिशुको मृत्यु
जेठ १३, २०८१ आइतबार
सुक्खा पहिरोले आरुघाट–लार्के सडक अवरुद्ध
जेठ १३, २०८१ आइतबार
अत्यधिक गर्मी बढेपछि तीन दिन विद्यालय बन्द
जेठ १३, २०८१ आइतबार
निजामतीमा महिलाको प्रतिनिधित्व १३ दशमलव ६ प्रतिशत
जेठ १३, २०८१ आइतबार
स्वास्थ्य मन्त्रालयको बेरुजु ३ अर्ब
जेठ १३, २०८१ आइतबार
पत्नी बलात्कार मुद्दामा निलम्बित न्यायाधीश गिरी दोषी ठहर
जेठ १३, २०८१ आइतबार
ब्रोडब्यान्ड इन्टरनेट सेवाको पहुँच सबै स्थानीय तहको केन्द्रसम्म
जेठ १३, २०८१ आइतबार