‘अगस्त्य च्याप्टर १’ टिजर र फस्टलुकले उच्च हाइप
नेपालबहस संवाददाता
माघ १६, २०८० मंगलबार १६:१६:२०
१६ माघ, काठमाडौं । फिल्म ‘अगस्त्य च्याप्टर १’को सार्वजनिक टिजरले चौतर्फी तारिफ पाएको छ । फिल्मको फस्टलुक सार्वजनिक भएदेखि नै चासोको विषय बनेको यो फिल्मले टिजर रिलिज भएदेखि थप हाइप पाएको छ । टिजर सार्वजनिक भएसँगै मिलेको सकारात्मक प्रतिक्रियाबाट निर्माण पक्ष थप उत्साहित बनेको छ ।
फिल्ममा सौगात र नाजिरको एक्सनलुक्स र प्रमोद अग्रहरिको भिलेन लुक्सले पनि फिल्मको महत्व बढाइदिएको छ । यो फिल्मकै लागि नाजिरले २० किलो तौल बढाउनु र सौगातले तौल घटाउनुले पनि यी दुई कलाकार आफ्नो चरित्रका लागि कति मेहनत गरेका छन् भन्ने प्रस्ट्याउँछ ।
अभिनेता सौगातको चरित्रमा देखिएको विविधताले दर्शकको मन झनै जितेको छ । टिजर हेर्दा उनलाई रोमान्टिक, एक्सन र मानसिक सन्तुलन गुमेको चरित्र गरी तीनवटा अवस्थामा देखाइएको छ । टिजरको अन्तिममा मेशिनगन लिएर प्रस्तुत भएका नाजिर हुसेनको प्रभावशाली चरित्रले होस् या प्रमोद अग्रहरी र निश्चल बस्नेतको झलकले सबैको ध्यान तान्न सफल भएको छ । टिजरमा प्रयोग गरिएको व्याकग्राउन्ड स्कोर उत्तिकै दमदार छ ।
टिजरमा समावेश ‘मानव सभ्यताको शुरूवात जङ्गलबाट भयो, जङ्गल जङ्गल मासेर गाउँ बन्यो, गाउँबाट शहर सबै कुरा बद्लियो यहाँ, तर बद्लिएन मान्छे भित्रको जनवार’भन्ने संवादलाई दर्शकले औधी मन पराएका छन् ।टिजर सार्वजनिक भएको ३ दिनमै युट्युबमा करिब तीन लाखजनाले हेरेका छन् । करिब १३ सय जनाले ‘उत्कृष्ट’, ‘आगो’, ‘बबाल’ र ‘बहुमुखी अभिनेता सौगात मल्ल’ भन्दै प्रतिक्रिया दिएका छन् । यस हिसाबले फिल्म आम दर्शकका लागि फागुनको १८ गते प्रतीक्षित बन्न सफल भएको देखिन्छ ।
फिल्मका लेखक तथा निर्देशक सौरभ चौधरी र उनको टिमले टिजर बनाउन धेरै मिहिनेत गरेका थिए । जस अनुसार फिल्म क्षेत्रका मेकरहरुले सकारात्मक प्रतिक्रिया र दर्शकहरुको टिजर प्रतिको उत्सुकताले आफूलाई थप जिम्मेवार बनाएको उनीहरुको तर्क छ । साथै, फिल्मको सार्वजनिक हुन बाँकी रहेको ट्रेलरमा थप माया र साथ पाउनेमा टिम आशावादी देखिएको छ । फागुन ३ गते सार्वजनिक गरिने ट्रेलरले दर्शकलाई फिल्मप्रति अझै उत्सुकता पैदा गराउन निर्देशक चौधरी बताउँछन् ।
विश्व गौचन र अभिषेक चौधरी कार्यकारी निर्माता तथा प्रकाश मल्ल, अनिस तामाङ र विनोद पौडेल निर्माता रहेको फिल्ममा सञ्जय लामाको छायांकन, निर्देशक चौधरी स्वयंको लेखन, निमेष श्रेष्ठको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र एसडी योगीको संगीत छ ।
डार्क हर्स इन्टरटेनमेन्ट र सेभेन सिज इन्टरटेनमेन्टको प्रस्तुती रहेको यो फिल्म फागुनको १८ गते नेपालसँगै विश्व भरबाट रिलिज हुनेछ । फिल्म अमेरिका र बेलायतमा ८ सयदेखि एक हजार शो, क्यानडामा १ सय ५० शो, युरोपका अन्य देशसँगै जापान, कोरिया, हङकङ र थाइल्यान्डमा १ सय ५० शो, अष्ट्रेलिया र न्युजिल्याण्डमा पाँच सय शो र मध्यपूर्वका देशहरुमा ७ सय ५० शोमा रिलिज हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिनेमाघर एपमा रिलिज भयो ‘चपली हाइट ३’, विश्वभरबाट हेर्न सकिने
जेठ २, २०८१ बुधबार
चलचित्र ‘मोदीबेनी’ श्रावण १८ गते रिलिज हुने
जेठ १, २०८१ मंगलबार
सौगात र बेनिशाको ‘सिटामोल’ को जापानमा प्रदर्शन अधिकारको सम्झौता
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा भोलि सुनुवाइ हुने
जेठ १, २०८१ मंगलबार
नागरिक पहिलो अभियानकाे गैर दलीय राजनीतिक अभियान बारे
जेठ २, २०८१ बुधबार
अबैध मकै, गहुँ र चिनी सहितको ट्रक नियन्त्रणमा
जेठ २, २०८१ बुधबार
सन्दीपको मुद्दामा फैसला सुनाउन उच्च अदालत पाटनमा कडा सुरक्षा
जेठ २, २०८१ बुधबार
क्रुज जहाज मार्फत चीन भित्रिने पर्यटकलाई भिसा मुक्त प्रवेश अनुमति
जेठ २, २०८१ बुधबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
जेठ २, २०८१ बुधबार
बिहिबारदेखि काठमाडौंका यी क्षेत्रमा ६ घण्टा विद्युत अवरुद्ध हुने
जेठ २, २०८१ बुधबार